Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते ९अक्टोबर २६० बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ । यसैगरी भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ ९कात्तिक ९ गते० बिहान ११ः०५,  केन्टुकीमा बिहान ११ः०७, टेक्सासमा बिहान ११ः५७ र क्यालिफोर्नियामा ११ः४५ बजेको साइत दिइएको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले बताउनुभयो । यसैगरी बेलायतको लण्डनका लागि बिहान ११ः३९, क्यानडाको टोरन्टोका लागि बिहान ११ः४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११ः३७ र  फ्रान्सको पेरिसका लागि बिहान ११ः४१ बजे…

Read More

काठमाडौं ः विश्व बैंकको पछिल्लो दक्षिण एशियास्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले आर्थिक गतिविधिमा नराम्रो असर परेको जनाएको छ । प्रतिवेदनमा विशेषगरी पर्यटन क्षेत्रमा पुगेको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२१ मा मात्रै ०.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । बैंकले आज सार्वजनिक गरेको अर्धवार्षिक अपडेट अनुसार महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एशियामा यस वर्ष हालसम्मकै सुक्ष्म मन्दीमा डुबेका छ । जसका कारण अनौपचारिक क्षेत्रका कामदार सबैभन्दा बढी मारमा परेका छन् भने लाखौं दक्षिण एशियाली नागरिक चरम गरिबीमा धकेलिँदै गएको छ । पछिल्ला पाँच वर्षहरूमा…

Read More

काठमाडौं : सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) मा आज दोस्रो दिनसम्ममा साढे ५ लाखले आवेदन भरेका छन । दोश्रो दिन बेलुका ५ बजेसम्ममा ५ लाख ६१ हजार ७ सय जना आवेदकले १ अर्ब २४ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ७० हजार ९ सय कित्ताको लागि आवेदन दिएका सीडीएसले जानकारी दिएको छ । यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई हेर्दा ४ दशमलब ५६ गुणा धेरै आवेदन हो । कम्पनीले हिजो (असोज २१ गते, बुधबार) देखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको…

Read More

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ । मन्त्रालयका अनुसार ४ जना महिला र ८ जना पुरुषको कोरोनाले मृत्यु भएको छ । काठमाडौंमा एक महिला र २ पुरुष, ललितपुर, भक्तपुरमा र सुर्खेतमा १-१ जना महिलाको मृत्यु भएको छ । त्यसैगरी चितवनमा ३ जना पुरुष, सुनसरी, धनुषा र कास्कीमा १-१ जना पुरुषको मृत्यु भएको छ ।

Read More

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ। यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ। मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ। त्यस्तै आज देशभरमा संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना रहेका छन्। पछिल्लो २४ घण्टामा थप १८ हजार ४७३ पीसीआर परीक्षण भएसँगै ११ लाख ३१ हजार ९५८ अहिलेसम्म भएको परीक्षणको संख्या पुगेको छ। त्यस्तै आज थप २ हजार ६७५ कोरोना संक्रमित निको भएका छन्।…

Read More

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २,५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना गरी जम्मा २,५४० जना संक्रमित थपिएका छन् । यसअघि बुधबार (हिजो) काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना गरी जम्मा १,६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Read More

काठमाडौँ : साताको अन्तिम दिन आज ९बिहीबार० शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ११.३४ अंकले घटेर १५८९.६३ मा पुगेको छ । नेप्से ०।७१ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १।६५ अंकले घटेर ३१४।७४ मा पुगेको छ । कूल १९३ वटा कम्पनीको एक करोड ११ लाख ६४ हजार ५ सय ६ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९ सय ६६ रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, स्टकका अनुसार बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ३ वटा उपसमूहको शेयर बढेको छ…

Read More

काठमाडौं : नेकपाले पार्टी एकीकरणको बाँकी काम असोज अन्तिमसम्ममा सम्पन्न गर्ने भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच बिहीबार भएको छलफलमा एकताको बाकी काम असोज अन्तिमसम्म सकाउने समझदारी बनेको हो। ‘उहाँहरुबीच आज भएको छलफलमा पार्टी एकीकरणको बाकी काम यहि महिनाभित्र सम्पन्न गर्ने सहमति बनेको छ, अब दुई अध्यक्ष र महासचिवले त्यसबारे थप तयारी गर्नु हुनेछ,’ प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेको २८ महिनासम्म ३ आयोगसहित ३२ विभागको एकता प्रक्रिया टुङ्गिएको छैन। बुधबार बसेको बैठकमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सहमति गरेका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालले एकताको बाँकी काम…

Read More

काठमाडौं: पछिल्लो चौबीस घण्टामा उपत्यका भित्रिने र बाहिरिनेको संख्या हाराहारीमा देखिएको छ । गएको चौबीस घण्टामा विभिन्‍न नाका प्रयोग गरी ४ हजार ५ सय ३१ वटा सवारीसाधनमा १९ हजार ६८८ यात्रु उपत्यका भित्रिएका छन् । सोही अवधिमा ४ हजार ४६६ सवारीसाधनमा १९ हजार ७८६ यात्रु उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चौबीस घण्टाकै अवधिमा उपत्यकामा ३३ वटा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । यस्तै उपत्यकामा जोर गते जोर नम्बरका सवारीसाधन सञ्चालनमा छन् । यही जोरबिजोरको उल्लङ्‍घन गर्ने १५५ वटा सवारीसाधनलाई उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको…

Read More

काठमाडौं: सुनको मूल्य लगातार घट्न थालेको छ। अघिल्लो दिनको भन्दा तोलामा सुन २ सय रुपैयाँले घटेको छ। प्रति तोला ९३ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधवार तोलामा ८ सय रुपैयाँले घटेर तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँ कायम भएको छ। बुधवार तोलामा २५ रुपैयाँले घटेर तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा नै सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेको छ। आज सुन प्रति औंस १८८७.७१ डलरमा कारोबार भएको छ।

Read More