Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
- भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
- ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
- बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
- मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
- दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
- ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
- होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: सरकारले प्रधानमन्त्री केपी ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको ‘भ्यु टावर’ निर्माण गर्न लागिएको हो। सहरी विकास मन्त्रालयले दमक नगरपालिका–६ ढुकुरपानीमा अत्याधुनिक कम्प्लेक्ससहितको भ्यु टावर निर्माण गर्न डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन) तयार पारेको छ। टावर बनाउन दुई अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ। भ्यु टावरसहितको पार्क बनाउन कुल २१ हजार एक सय ९७.२१ वर्गमिटर क्षेत्रफल छुट्याइएको छ। त्यसमध्ये एक हजार ३८ स्क्वायर मिटरमा ७२ मिटर अग्लो (१८ तले स्थायी भवन) भ्यु टावर निर्माण हुनेछ। त्यसमाथि २८ मिटरको स्टिल टावर राखिनेछ। उक्त १८ तले…
काठमाडौं: माछापोखरीस्थित नेपाल गुणस्तर तथा नापतौल विभाग पस्ने वित्तिकै देखिन्छ आकर्षक नारा । लेखिएको छ– गुणस्तरीयता, सन्तुष्टि, सुरक्षा र विश्वसनीयता । तर, विभागका कर्मचारीले मापन गरेवापत खुलमखुला घुस लिने गरेका छन् । आइतबार विहान ११ :२० बजे ट्याक्सीको मिटरमा सिल लगाइदिने कर्मचारीले चालकसँग घुस मागे । सरकारी पोषक लगाएका ती कर्मचारीले भने, ‘चिया खर्च दिनुस् ।’ चालक अनकनाए । कमाइ नभएको भन्दै गुनासो गरे । तर ती कर्मचारीले चालकलाई छाड्दै छाडेनन् । चालकले ५० रुपैयाँ थमाएपछि बल्ल छाडे । ती चालक विभागभित्र काम सकाएर गेटतर्फ मोडिए । गेट नजिकै पुगे तर गेट खोलिएन । गेटमा बस्ने कर्मचारी उनको नजिक आए…
काठमाडौँ: विश्वभर हवाई यात्रुको सङ्ख्या क्रमशः बढ्दै गएको छ । यात्रु सङ्ख्या बढेसँगै यसका चुनौती पनि चुलिदै गएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०१७ मा विश्वव्यापी नियमित उडानका यात्रु आवागमन अघिल्लो वर्षको तुलनामा सात दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । हवाई ट्राफिक आवागमनका दृष्टिले एशिया प्रशान्त क्षेत्र विश्वकै सर्वाधिक हवाई यात्रु आवागमन हुने क्षेत्रमा परेको छ । जसले कूल हवाई ट्राफिकको ३४ प्रतिशत अंश ओगटेको छ । त्यस्तै हवाई ट्राफिक वृद्धिका दृष्टिले यस क्षेत्रमा सन् २०१६ को तुलनामा सन् २०१७ मा सर्वाधिक अर्थात १० दशमलव ७ प्रतिशत वृद्धि भएको छ । नेपालमा पनि…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले आगामी दश दिनभित्र एकता प्रक्रियामा बाँकी रहेका काम टुङग्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता प्रक्रियामा बाँकी रहेका काम टुङग्याउने गरी प्रतिवेदन दिन कार्यदललाई संयुक्त रुपमा निर्देशन दिनुभयो । कार्यदलले केन्द्रीय सदस्यको जिम्मेवारी, जिल्ला कमिटीका अध्यक्ष एवम् सचिवको चयन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति र जनवर्गीय सङ्गठनको एकताका विषयमा सुझाव दिनेछ । यस्तै प्रदेश कमिटी गठन गर्दा देखिएका केही असन्तुष्टिलाई समेत सम्बोधन गर्न कार्यदललाई जिम्मा दिइएको छ । नेकपाको हालै सम्पन्न स्थायी समितिको बैठकले…
काठमाडौँ: नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीअनुसार काम नगरेको भन्दै विभिन्न चार क्यापिटललाई कारवाहीस्वरुप जरिवाना गरेको छ । बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार बोर्डले स्थलगत निरीक्षणका क्रममा व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा कूल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा भए पनि ती क्यापिटलले अधिक लगानी गरेको पाइएकाले कारवाहीस्वरुप जरिवाना गरिएको हो । लगानीको क्षेत्र अनुसारको सीमाभन्दा अधिक हुने गरी लगानी गरी धितोपत्रसम्बन्धी ऐनको व्यवस्था उल्लङ्घन गरेकाले जरिवाना गरिएको बोर्डको भनाइ छ । प्रवक्ता गिरीका अनुसार एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, सिबीआईएल क्यापिटल लिमिटेडलाई रु ३५ हजार र एनआईसी एशिया क्यापिटललाई रु २५ हजार जरिवाना गरिएको…
काठमाडौँ: नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना विगत छ वर्षयताकै उच्च देखिएका छन् । फ्रिडम फोरमले सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म गरेको मिडिया अनुगमनका क्रममा प्रेस स्वतन्त्रता उल्लङ्घनका ९८ घटना हुँदा त्यसबाट २२३ भन्दाबढी पत्रकार तथा सञ्चारकर्मी प्रत्यक्ष प्रभावित भएका छन् । आज सार्वजनिक गरिएको मिडिया प्रतिवेदनअनुसार सन् २०१३ मा ५९, २०१४ मा २७, २०१५ मा ८३, २०१६ मा २५ र २०१७ मा ६७ घटना भएका थिए । प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना बढेर जानुमा पत्रकारविरुद्ध हुने हिंसासम्बन्धी दण्डहीनता कायममै रहनु, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता सङ्कुचित पार्ने कानून तथा नीति बन्नु, पत्रकारमाथि हातोत्साह, आधारहिन आरोप, स्वस्थ आलोचनामाथि प्रहार, मिडिया नीति तथा कानून…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार जग्गा दाखिला खारेज गर्दा नियमानुसार लाग्ने दस्तुर सनिश मिश्रको नाममा काटेको तर राजश्व खातामा भने जम्मा नगरी रु पाँच लाख ६८ हजार २०८ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । एकै आर्थिक वर्षमा एउटै नम्बरको फरक फरक रसिद भेटिएको छ । बस्नेतले काटेको रसिद नम्बर २१९७४ विसं २०७३ असार २६ र विसं २०७२ फागुन १६ गतेको रसिद एउटै देखिएको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ । एउटै रसिद काटी राजश्वमा दाखिला गर्नुपर्ने रकमसमेत उपलब्ध नगराएकाले…
काठमाडौँ: साताको दोस्रो कारोवारको दिन सोमबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव २६ अंकले घटेर एक हजार १८७ दशमलव २८ अंकमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ८४ अंकले घटेर २५२ दशमलब १७ अंकमा झरेको छ । आइतबार नेप्से १० दशमलव ६२ अंकले घटेर एक हजार २०४ दशमलव ५४ बिन्दुमा पुगेको थियो । आज कूल १६७ कम्पनीका ११ लाख ७९ हजार ४३ कित्ता शेयर ४० करोड ३ लाख १२ हजार ३८५ मूल्यमा खरीद बिक्री भएका छन् । आइतबार नेप्सेमा…
काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टककाअनुसार आज हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन भएको हो । हिमालयन बैंकको पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु ४८९ मा समायोजन भएको छ । मूल्य समायोजनपछि बैंकको औसत आधार मूल्य रु ६७४ रहेको छ । स्टकमा आजै मेगा बैंकको पनि एक प्रतिशत शेयर लाभांश दिएपछि प्रतिकित्ता रु १८० मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधारमूल्य रु २१७ रहेको छ । पूर्णिमा विकास बैंकको पनि पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु १५९ मा मूल्य समायोजन भएको…
काठमाडौँ: सरकारले कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्ने अठोट व्यक्त गरेपनि भू–उपयोग नीति, २०७२ कार्यान्वयनमा ल्याउन नसक्दा कृषि क्षेत्रमा आशालाग्दो प्रगति हुनसकेको छैन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले तीन वर्ष अघि जारी गरेको भू–उपयोग नीतिमा खेतीयोग्य र गैरखेतीयोग्य जमीनको वर्गीकरणलाई कार्यान्वयन गर्न नसक्दा कृषिमाथिको परनिर्भरता बढेको हो । सरकारले २०६९ को भू–उपयोग नीतिलाई पुनरावलोकन गरी भू–उपयोग नीति २०७२ तर्जुमा गरेको भए पनि कार्यान्वयनमा भने आएको देखिँदैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नयाँ ऐन बनाउनुका साथै पुराना नीति, कार्यविधि, ऐन र नियमलाई पटक/पटक संशोधनसमेत गरेको पाइन्छ बढ्दो जनसङ्ख्या, आन्तरिक बसाइँसराइ अव्यवस्थित र बढ्दो शहरीकरणले कृषियोग्य र सार्वजनिक जग्गा…
