Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ :संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले कला विश्वविद्यालयको अवधारणा ल्याउन लागेको बताएका छन् । ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिका पहचिान’ भन्ने नाराका साथ नृत्य निर्देशक संघ नेपालको दोस्रो राष्ट्रिय नृत्य महोत्सव २०७५ को आज यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले विश्वविद्यालयमार्फत कला, संस्कृति विषयमा उच्च शिक्षा हासिल गर्ने र त्यसमार्फत नयाँनयाँ प्रतिभा उत्पादन हुने विश्वास व्यक्त गरे । उनले सांस्कृतिक एकता नै नेपालीको राष्ट्रियता भएको बताउँदै महोत्सव हिमाल, पहाड, तराई सबै ठाउँमा फैल्याउन आग्रहसमेत गरे । कला र संकृतिमा नेपाल संसारकै धनी भएको बताउँदै नेपाली कला, संस्कृति र सम्पदालाई संसारभर फैल्याउनुपर्ने उल्लेख गरे । उनले राष्ट्रिय नृत्य…
काठमाडौँ : भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको छ । भर्खरै भुटानको थिम्मुमा सम्पन्न खेलमा नेपालले सातौँ मिनेटमै अग्रता लिन सफल भयो । नेपालका लागि अनुष्का शेर्पाले साताँै मिनेटमा पहिलो गोल गरिन् । खेलको १३ औँ मिनेटमा सविता रानामगरले दोस्रो गोल गरिन् । सविताले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालका लागि ५६ औँ मिनेटमा सविताले दोस्रो व्यक्तिगत गोल गर्दै नेपालको अग्रता कायमै गरिन् । त्यस्तै रजनी थोकरले ५९ औँ मिनेटमा अर्को गोल गर्न सफल भइन् । यो जितसँगै नेपालले समूहचरणमा…
काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा व्यापारिक सम्बन्ध वृद्धि गर्ने विषयमा केन्द्रित भएर छलफल हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारहरुले जोड दिएका छन् । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारका वक्ताले दुई दशक लामो बिम्स्टेकको बडापत्र नभएको, सदस्य मुलुकबीच व्यापार, पर्यटन, आर्थिक क्षेत्रमा प्रगति हुन नसकेको टिप्पणी गरेका छन् । पर्यटनको क्षेत्रमा बिम्स्टेकको दुई वटा मन्त्रिपरिषद्को बैठक बसे पनि प्रगति नभएको भन्दै बुद्ध परिपथको विकासका लागि सम्मेलनमा पहल हुनुपर्नेमा उनिहरुको जोड थियो । पूर्वराजदूत डा शंकर शर्माले सदस्य मुलुकमा पाँचदेखि सात प्रतिशतमात्र व्यापारमा लगानी भएको तथा भारतबाहेक अरु मुलुकको दृष्टिकोण प्रष्ट नभएको बताए…
काठमाडौँ :पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षा तथा पश्चिमका केही स्थान र पूर्व र मध्यका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बद्ली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ भने रातको समयमा पनि बद्ली र वर्षा हुनेछ । आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बद्ली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने तथा रातको समयमा पश्चिमका केही स्थान र मध्य र पूर्वका एक÷दुई स्थानमा भारी…
काठमाडौँ: सरकारले सुकुम्बासीलाई विद्युत् मिटर उपलब्ध गराउने बताएको थियो, तर मिटर नपाएका कारण बिजुली बाल्न पाएनौँ, समस्याको समाधान हुन्थ्यो कि मन्त्री ज्यू । यो भनाइ हो टीकापुरकी कमला विश्वकर्माको । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा नलाग्ने नम्बरमा जनताको गुनासा सुन्ने र समस्याको सम्बोधनसमेत गर्ने जानकारी पाएपछि उनले ११५१ नम्बरमा फोन लगाइन् । फोन उठाउनेमा थिए ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन । आफ्नो नाम बताउँदा कापेको जस्तो स्वर भए पनि कमलाले समस्या भने प्रष्टसँग राखिन् । उनले भनिन्, “हाम्रो जग्गा जमीन छैन, तर जहाँ बसिरहेका छौँ, हामीले बिजुली बाल्न पाउँदैनाँै र मन्त्री ज्यू ।” कमलाको समस्या सविस्तार सुनेपछि मन्त्री…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिबद्ध एवं क्रियाशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले सबै क्षेत्रको समस्यालाई समाधान गर्न सरकारले योजनाबद्धरुपमा प्रयास गरिरहेको बताए । औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल भएको र केही समयभित्रै पूर्णरुपमा परिणाम आउने प्रधानमन्त्रीको कथन थियो । प्रधानमन्त्री ओलीले भने, “उद्योग, शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषिलगायत क्षेत्रको सुधार गर्दै समग्ररुपमा मुलुकको आर्थिक अवस्थाको सुधारमा सरकार लागिपरेको छ । त्यसमा निजी क्षेत्रको साथ जरुरी रहन्छ ।” स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न शीर्षकमा लगाएको करका कारण व्यवसायी…
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले केही औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचनामार्फत ढल्केवर–मुज्जफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनलाई यही साउन २८ गतेदेखि ३१ गतेसम्म स्तरोन्नति गर्न लागिएको जनाएको छ । हाल सो प्रसारण लाइन १३२ केभीमा सञ्चालन भइरहेकामा स्तरोन्नति गरी २२० केभीमा सञ्चालन गर्न लागिएको छ । यही साउन २८ गते सोमबारदेखि ३१ गते बिहीबारसम्म स्तरोन्नतिका लागि सो प्रसारण लाइनबाट आयात भइरहेको विद्युत् कटौती हुनेछ । त्यहाँबाट औद्योगिक क्षेत्रमा प्रवाह भइरहेको विद्युत् ती दिनमा साँझ ७ बजेदेखि राति ९ बजेसम्म दुई घण्टा काटिने प्राधिकरणले जनाएको छ । कोहलपुरदेखि दुहबीसम्म ग्रीड…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीलाई प्रस्ताव गरेका छन । प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि मागको सीमामा मात्रै अल्झिनु पर्छ भन्ने पक्षमा आफू नभएको बताउँदै प्रधानमन्त्रीले नेतृत्व लिएर काग गर्न आग्रह गरे । आफ्ना माग पूरा गर्न पहलकदमी लिएकामा धन्यवाद दिन भन्दै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएका डा केसीलाई उहाँले भन्नुभयो, “म प्रधानमन्त्री भएका बेला तपाईं अनशन नै बस्नुपर्ने थिएन । माग पूरा गराउन अरु धेरै विकल्प थिए र छन् ।” “जनताको स्वास्थ्य सेवासँग गासिएका विषयमा तपाईंसँग…
काठमाडौँ :विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी बासिङटन डिसीबाट आज स्वदेश फर्केपछि अर्थमन्त्री डा युवराज खतिवडाले त्यस्तो जानकारी दिए । सो बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत थप सहायता रकम उपलब्ध हुनलागेको हो । अमेरिकाबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले सन् २०१८ मा प्राप्त भइरहेको भन्दा दोब्बर सहायता रकम नेपालले प्राप्त गर्ने विश्वास व्यक्त गरे । बैंकले नेपालमा हाल करीब रु दुई अर्ब ७० करोड डलर अर्थात रु दुई खर्ब ७० अर्ब बराबरको लगानी विभिन्न…
बनेपा काभ्रेपलाञ्चोक: भूकम्पले भत्किएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि फारम भर्न जाँदा वडा कार्यालयमा खटिएका प्राविधिकले म्याद सकियो भनी फर्काएको पीडितले गुनासो गरेका छन् । बनेपा नगरपालिका–१३ बुढाथोकी गाउँकी मीठु बुढाथोकी पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ताको फारम भर्न एक साताअघि वडा कार्यालय पुगिन् । वडा कार्यालयमै खटिएका सहायक इञ्जिनियर प्रवीणकुमार यादवले म्याद सकियो भनेपछि आफू फर्किएको उनले बताइन। रासससँग कुरा गर्दै इञ्जिनियर यादवले दोस्रो किस्ताको फारम नभर्नु भन्ने खबर माथिबाट आएकाले नभरिएको जानकारी गराए । गत असार मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको गत चैतको बैठकले गरेको थियो । प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतको…