Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सुन तस्करबारे छानविन गर्नबनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ । करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुन काण्ड बनेको थियो । तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च तहको नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ । समितिले ३ सय भन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको कुरा बाहिर आएको थियो । केही चर्चित व्यक्ति समेत फस्ने…

Read More

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रदेश नं ५ का सांसदसँगको छलफलमा उनले भने, “वर्तमान सरकारले विकास निर्माणका ठूला योजनाको प्रभावकारी कार्यान्वयनमा लागेकाले देशको आर्थिक अवस्थामा छिट्टै सुधार आउनेछ ।” प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको पालामा देश गम्भीर आर्थिक सङ्कटमा पुगेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारलाई जनताले विश्वास गरेर सुविधाजनक बहुमत दिएको हुँदा आफूहरु देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउने दृढता व्यक्त गरे । छलफलमा सहभागी सांसद नन्दलाल रोकाया क्षेत्रीले प्रदेश नं ५ को विकास निर्माण, पछाडि परेका समुदायको उत्थान लगायत क्षेत्रमा सरकारको…

Read More

काठमाडौँ :वानेश्वर क्षेत्रमा सञ्चालित होस्टल (छात्रावास) लाई मर्यादित र व्यवस्थित बनाउन सचेतनात्मक अभियान शुरु गरिएको छ । महानगरीय प्रहरी वृत बानेश्वरको अगुवाइ तथा स्थानीय जनप्रतिनिधि, होस्टल एशोसिएशनका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र र टोल सुधार समितिको संयुक्त टोलीले सो अनुगमन गरिएको हो । बानेश्वर तथा आसपास क्षेत्रमा सञ्चालित होस्टलमा विकृति देखिएको, अमर्यादित गतिविधि, होहल्ला, झैझगडा, दुव्र्यसनी सेवन आदिको जनगुनासो र उजुरीका आधारमा होस्टलको विकृति नियन्त्रण गर्न अभियान चलाएको बानेश्वर प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्दराज काफ्लेले बताए । ‘बानेश्वरको टोल–टोलमा प्रहरी अभियान’ अन्तर्गत होस्टलको संयुक्त अनुगमन गरिएको र त्यहाँ विकृतिजन्य क्रियाकलाप पाइएको उनले उल्लेख गरे । विभिन्न ३९ वटा…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्किएको विषयमा छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । नहरको गुणस्तरमाथि नै प्रश्न उठेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आयोगले गम्भीरताका साथ ध्यानाकर्षण भएको उल्लेख गर्दै यस विषयमा छानबिनका लागि आयोगका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । सो आयोजना निर्माणमा हालसम्म भएको काम कारवाहीको विषयमा यसअघि आयोगबाट भइरहेको अनुसन्धान कार्यलाई समेत एकीकृत गरी विस्तृत अनुसन्धानको कार्यलाई तीव्रता दिइएको आयोगले जनाएको छ । अध्ययन समितिले स्थलगत अध्ययन गरेको र विस्तृत अनुसन्धानको कार्य अगाडि बढाइसकेकोसमेत प्रवक्ता दंगालले जानकारी दिए ।

Read More

काठमाडौँ : शंकरापुर नगरपालिका वडा नं ३ स्थित ३० रोपनी जग्गामा रोपिएको गाँजाका बिरुवा नष्ट गरिएको छ । नगरपालिकाको सक्रियतामा प्रहरी वृत्त बौद्धका प्रमुख श्यामकुमार राईको नेतृत्वमा गएको टोलीले गाँजाखेती नष्ट गरेको नगर प्रमुख सुवर्ण श्रेष्ठले आज जानकारी दिए । गाँजाका बिरुवा नष्ट गर्न विद्यार्थी, प्रहरीलगायत समाजका प्रबुद्ध व्यक्ति गरी ३०० भन्दा बढी व्यक्ति सहभागी थिए । नगरपालिकाको दुर्गम स्थानमा गाँजाखेती गरिएको उनले बताए । नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ८ मा गाँजाखेती गरिएको थियो । दुव्र्यसनले धेरै व्यक्तिको जीवन बरबाद गरेकाले नागरिकको जीवन सुधार्न गाँजाखेती नष्ट गरिएको नगरपालिकाले जनाएको छ । अरु वडामा भइरहेको गाँजाखेती…

Read More

काठमाडौँ :बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका वरिष्ठ पदाधिकारीको विशेष बैठक शनिबार यहाँ बस्दैछ । आगामी भदौ १४ र १५ गते नेपालमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीका लागि एक दिवसीय सो बैठक बिहान ९ बजेदेखि शुरु हुँदैछ । सचिव आउन नसक्ने अवस्थामा बैठकमा सदस्य राष्ट्रकै अन्य उच्चस्तरीय प्रतिनिधित्व हुने मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए । विशेष बैठकले शिखर सम्मेलन र त्यसअघि बस्ने मन्त्रिस्तरीय बैठकका लागि आवश्यक तयारी गर्नेछ । शिखर सम्मेलनअघि काठमाडौँमै भदौ १२ गते वरिष्ठ पदाधिकारीस्तरीय नियमित बैठक र भदौ १३ गते मन्त्रिस्तरीय बैठक हुने तय भएको छ । बिम्स्टेक सदस्य…

Read More

काठमाडौँ :‘एशियन गेम्स’को तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोली आज त्यहाँको यू–२३ टोलीसँग ४–० ले पराजित भएको छ । आज अपराह्न बैङ्ककस्थित थाम्मासत विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल ४–० गोलअन्तरले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालले भदौ २ गतेबाट औपचारिक रुपमा शुरु हुने एशिया र त्यसलगत्तै भदौ १९ बाट बङ्गलादेशमा शुरु हुने साफ च्याम्पियनसिपको तयारीका नेपाली फुटबल टोलीलाई थाइल्याण्ड पठाएको थियो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट यही साउन २९देखि हुने एशियन गेम्सका लागि इण्डोनेशियामा जानेछ । यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो ।…

Read More

काठमाडौँ: कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईएको बताएका छन् । उनले भने,‘वर्तमान सरकारले कर बढायो र जनतालाई ठूलो मारमा पार्यो भनेर अफवाह फैलाईयो । तर, बाहिर अफवाह फैलाईएकोजस्तो कर बढाईएको छैन । स्थानीय, प्रदेश र केन्द्र सरकारले छुट्टाछुट्टै कर लगाउन आँट्यो भनिएको छ, यो अफवाहमात्रै हो । यो त सरकारको आलोचना गर्ने बहानामात्रै हो।’ शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले जग्गाको हदबन्दी लगाउन खोज्यो भनेर तराईका मालपोत कार्यालयहरुमा जग्गा बेच्नेको भीड बढेको सुनाउँदै भने,‘सरकारले जग्गाको हदबन्दी लगाउन थाल्यो भनेर पनि जथाभावी हल्ला फैलाईएछ । ४ विघाभन्दा बढि जग्गा…

Read More

काठमाडौँ :काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने विषय साँचो नभएको स्पष्ट पारेको छ । कामपा भौतिक पूर्वाधार पुनःनिर्माण विभागका प्रमुख राम थापाका अनुसार केही दिनअघि पुरातत्व विभागसँग भएको बैठकमा निर्माणका क्रममा सेनाको पनि सहयोग लिने कि भन्ने विषयमा मात्र छलफल भएको हो । बाहिर आएको हल्लाजस्तो पुनःनिर्माण स्थानीय तहले गर्न नसकेर पूर्ण रुपमा सेनालाई दिने विषयमा कुरा पनि नभएको थापाले स्पष्ट पारे । बैठकमा कामपा प्रमुख विद्यासुन्दर शाक्य पनि उपस्थित थिए । “ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि न त कामपाले सेनालाई जिम्मा दिन खोजेको छ, न सेनाले नै निर्माण गर्न इच्छा देखाएको छ, त्यसैले यो कुरा साँचो होइन…

Read More

काठमाडौं: काठमाडौं महानगरपालिका–२८ कालिकास्थानस्थित पाथ सेट कन्सलटेन्सी अफिस पछाडि सुनसरी ईटहरी उपमहानगरपालिका–६ घर भई हाल काठमाडौं अनामनगर बस्ने स्वेता उप्रेतीले पार्किङ गरी राखेको बा.५० प ७६६३ नम्बरको स्कुटर र सो स्कुटरको डिक्की भित्र रहेको नगद ९ लाख रुपैयाँ बिहीबार चोरी भएको हो । फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More