Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सोलु, सल्लेरी: शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी आज तालमा डुबेर बेपत्ता भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो तालमा डुबेर उनीहरु बेपत्ता भएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए । खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी शुक्रबार भ्रमणमा निस्केका थिए । तालमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अन्दाजी १७ वर्षीय पेम्बा दोर्जे शेर्पा, अन्दाजी १६ वर्षीय पेम्बा नुरु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका–५ का अन्दाजी १६ वर्षीय सुनील बराइली रहेका छन् । घटनासम्बन्धी सूचना प्राप्त हुनासाथ सिम्रिक एयरको हेलिकप्टरमार्फत स्थानीयसहित प्रहरी चौकी खुम्जुङबाट खटिएको प्रहरी…

Read More

भक्तपुर: शनिबार रातभरीको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी भक्तपुरका राधेराधे लगाएत स्थानका बस्तीमा बाढी फेरी पसेको छ । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्मका बस्तीमा पानि पसेको स्थानीयवासीले बताएका छन् । गट्ठाघरको सागबारी क्षेत्रमा पनि बस्तीमा पानि पस्ने आबस्थामा पुगेको छ । स्थानीयवासीहरु घारमा पानि पस्ला भनेर सतर्क आवस्थामा रहेको स्थानीय रामकुमार काफ्लेले बताए । उनले भने- ‘केहि हप्ता अघिको जस्तो खोलामा पानि बढेको छैन । तर पानीको तह केहि बढेमा घरघरमा पानि पस्ने डर भने छ’ । झन्डै एक महिना अघि मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन्। मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि…

Read More

काठमाडौँ: प्रधानन्यायाधीश हुन संविधानले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा ३ वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकेको छ । संवैधानिक परिषद् ऐनको दफा ५ मा ‘परिषद्ले कुनै व्यक्तिलाई संवैधानिक निकायको कुनै पदाधिकारीको पदको नियुक्तिका लागि सिफारिस गर्दा त्यस्तो पदमा नियुक्त हुन संविधान तथा प्रचलित कानुनमा उल्लेख भएको योग्यता र उपयुक्तताको कारण र आधारसमेत स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ,’ भनिएको छ । सोही दफाको उपदफा २ मा कुनै व्यक्तिलाई नियुक्तिका लागि सिफारिस गर्दा निजको सामाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमानदारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेसागत अनुभवसमेतलाई विचार गर्नुपर्ने भनिएको छ । न्यायपरिषद्ले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश हुनका लागि योग्य न्यायाधीशको नाम…

Read More

काठमाडौँ: तस्करी समहुले नेपालको पहाडी क्षेत्रबाट गाईगोरु संकलन गरी बंगलादेशतर्फ तस्करी गर्ने गरेको खुलेको छ । नुवाकोट प्रहरीले सिन्धुलीको सिन्धुलीगढी २ का अनिल मोक्तानलाई दुई ट्रक गाईगोरुसहित देवीघाटबाट पक्राउ गरेपछि यस्तो तत्य खुलेको हो । प्रहरीका अनुसार उनले नुवाकोटको लिपु, गुप्तेश्वर, शिवपुरीलगायतका क्षेत्रबाट गाईगोरु जम्मा गरी बंगलादेशतर्फ लैजान लागेका थिए ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।

Read More

काठमाडौं: सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था आएको हो । अहिले मन्त्रालय, विभाग र महाशाखा अधाभन्दा बढी कटौती भएपछि त्यसमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने भएको हो । सरकारले ६५ विभागबाट आधाभन्दा धेरै कटौती गरेको छ । मन्त्रालयका महाशाखाहरूसमेत कटौती भएपछि कर्मचारीको संख्या घटाउनुपर्ने भएको हो । केन्द्र सरकारले सञ्चालन गर्दै आएका परियोजना प्रदेश तथा स्थानीय सरकारले सञ्चालन गर्ने…

Read More

काठमाडौँ: नयाँदिल्लीबाट गतसाता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको छ । उद्धार गरिएका ७१ नेपाली महिलामध्ये ६८ जनालाई दिल्ली हुँदै अरब पठाउन लागिएको पुष्टि भएको हो । उनीहरूमध्ये १६ जनालाई मंगलबार काठमाडौं ल्याइएको छ, ३६ जनालाई शनिबार साँझ दिल्लीबाट भैरहवातर्फ ल्याइएको छ । बाँकी १६ जनालाई मंगलबार मात्रै दिल्लीबाट नेपाल फर्काउने तयारी छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले दिल्ली महिला आयोग र दिल्ली प्रहरीको समन्वयमा तीन स्थानमा छापा मार्दा ७१ नेपाली महिला भेटिएको बताए । उनका अनुसार १४ साउनमा दक्षिण दिल्लीको मुनिरकामा १६, १५ साउनमा मैदानगढीमा १६ र १६ साउनमा पहाडगन्जमा…

Read More

काठमाडौँ :प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायालयको स्वच्छता, निष्पक्षता र प्रभावकारितालाई निस्तेज तुल्याउने काम नगर्न सुझाव दिएको छ । नेपाली काँग्रेस संघीय संसदीय दलको आज बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृतको विषय व्यक्तिको नभई न्यायालयमाथिको प्रहार भएको निष्कर्ष निकालेको जनाएको छ । प्रधानमन्त्री स्वयंबाट प्रस्तावित प्रधानन्यायाधीशको नाम विधिपूर्वक योग्यताका आधारमा संसदीय सुनुवाइका लागि पठाएकामा प्रधानमन्त्रीकै पार्टीको ह्विपले त्यो निर्णय उल्टाइएको आरोप लगाउँदै काँग्रेसले यसबाट न्यायालयको निष्पक्षता र स्वतन्त्रतालाई बढ्ता नै प्रभाव पार्ने काम भएको टिप्पणी गरेको हो । बैठकपछि संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिपक्षले राखेका तर्क र आधारलाई अस्वीकार गर्दै सुनुवाइ समितिबाट भएको निर्णय व्यक्तिको अस्वीकृत होइन, संस्थामाथि…

Read More

काठमाडौँ : उपत्यकाबाट उत्पन्न हुने फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि काठमाडौँ महानगरपालिकाले पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाको प्रमुख समस्याका रुपमा रहेको फोहर व्यवस्थापनका लागि कामपाले उक्त समिति गठन गरेको हो । ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन महानगरका सह–सचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वका पाँच सदस्यीय अध्ययन समिति गठन गरेको हो । समितिको सदस्यमा ललितपुर महानगरसहित उपत्यका सबै नगर समेटिने गरी प्रमुख प्रशासकीय अधिकृत रहने छन् । समितिलाई फोहर व्यवस्थापनमा नगरपालिकाहरुको लागत सहभागिता सिफारिश गर्ने जिम्मा दिइएको छ । समितिले ल्याण्डफिल साइटको दीर्घकालीन समाधान कसरी निकाल्ने र वर्षौँसम्म निर्माण हुन नसकेको बञ्चरे डाँडाको…

Read More

काठमाडौँ: सरकारले कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक आगामी भदौ १५ गतेभित्र कालोपत्र गरिसक्ने भएको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीय बासिन्दा पीडित भएको चर्को गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा नै ती सडक आगामी भदौ १५ गतेभित्र निर्माण सम्पन्न गर्न लागिएको हो । प्रधानमन्त्री ओलीले यही साउन १५ गते सरोकार भएका सबै मन्त्रालयका मन्त्री, सचिव र सम्बद्ध सबै संस्थाका पदाधिकारीलाई बोलाएर सडक मर्मतमा ध्यान दिन र तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । वर्षाका समयमा पानी परेर सवारी आवागमनमा समस्या भएको भन्दै स्थानीय बासिन्दाले तत्काल मर्मतमा ध्यान दिन आग्रह गरेपछि ती सडक कालोपत्र गर्ने…

Read More

काठमाडौं: शुक्रबार प्रधानन्यायाधीशमा अस्वीकृत भएका दिपकराज जोशीले शनिबार आफ्नो शैक्षिक प्रमाणपत्रमाथि स्वतन्त्र छानविन हुनु पर्ने माग गरेका छन् । आज उनले एक प्रेस बिज्ञप्ति जारी गर्दै उनले सो कुराको माग गरेका हुन् । सुनुवाईका क्रममा आफूले समितिसमक्ष शैक्षिक प्रमाणपत्रहरु पेश गरेको तर, आधिकारिक निकायबाट अध्ययन अनुसन्धान नै नगरी धारणा बनाउँदा आफू अन्यायमा परेको जोशीको गुनासो छ । आफूले परीक्षा दिएको परीक्षा बोर्डबाट रुजु नै नगरी हचुवाको भरमा चर्चा गरिएको र त्यसको आधारमा धारणा बनाउँदा आफूसँगै बोर्ड र न्यायपालिकाकै मानमर्दन भएको जोशीको तर्क छ । यता जोशी आइतबारबाट विदा बस्ने भएका छन् । सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार जोशी तत्कालका…

Read More