Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: देशभर समयमा नियमित वर्षा हुँदा साउन १७ गते सम्म लगभग ९० प्रतिशत रोपाई भएको छ । कृषि, भुमि ब्यबस्थापन तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ८९ दशमलब ७२ प्रतिशत भएको जनाएको छ । साउन १७ गते सम्म१३ लाख ९२ हजार ९५२ हेक्टर जमिनमा रोपाई भएको जनाएको छ । नेपालमा १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमा धन खेति हुनेगरेको छ । समयमा देशभर राम्रो वर्षा भएको यो वर्ष गत वर्षको भन्दा राम्रो रोपाई भएको मन्त्रालयका सह प्रबक्ता शंकर सापकोटाले बताए । उनले भने- ‘देशभर रोपाई राम्रैसंगै चलिरहेको छ । मध्य साउन सम्म ९० प्रतिशत रोपाई हुनु धेरै राम्रो हो ।…

Read More

काठमाडौँ: यो सात सेयरबजारमा ठुलो उतारचढाब आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलब ५१ अंकले घटेर अन्तिम दिन १ हजार १९१ दशमलब ३१ अंकमा झरेको छ । यस साता निर्जीवन बीमा, जीवन बीमा, होटल, समूहको परिसूचकमा भारी गिरावट आएको छ भने बाणिज्य बैंक, उत्पादन मूलक समूहमा सामान्य सुधार आएको छ । सबै भन्दा बढी निर्जीवन बीमा समूहको ६४ दशमलब ६३ अंक, जीवन बीमा ४५ दशमलब ३४ अंक र होटल समूह १८ दशमलब १७ अंकले घटेको छ । बाणिज्य समूह र उत्पादन मूलक सामुहको परिसूचकमा क्रमश: २ दशमलब ०७ अंक र २ दशमलब ३३ अंक वृद्धि भएको…

Read More

रत्ननगर:चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ–¬मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेकोे छ । पहिरो पन्छाउने काम शुरु भएकाले सडक खुल्न केही घण्टा लाग्ने स्थानीय ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए । राति परेको वर्षाका कारण सडक चौडा पार्ने क्रममा भित्तो खनिएको स्थानबाट पहिरो खसेको हो । पहिरोले चितवनबाट काठमाडौँ र पोखरा जाने तथा काठमाडौँ र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरोको जोखिम छ । यसअघि साउन…

Read More

काठमाडौँ: मन्त्रिपरिषद्को आजको बैठकले खाद्य तथा पोषण सुरक्षा परियोजना कार्यान्वयनका निम्ति विश्व बैंकबाट प्राप्त हुने २२.७ मिलियन अमेरिकी डलर स्वीकार गर्ने र त्यस निम्ति अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा वार्ताटोली गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी एशियाली विकास बैंकबाट पूर्वपश्चिम राजमार्ग सुधारका निम्ति प्राप्त हुने १८० मिलियन सहुलियतपूर्ण ऋणका लागि पनि वार्ताटोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । उखु किसानलाई गत जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय बैठकले गरेको छ । केन्द्रीय कानून पुस्तकालयलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने, स्थानीय निर्वाचनका क्रममा…

Read More

काठमाडौँ — आफ्नै घरेलु मैदानमा नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेल नेपालले १ रनले जितेको छ । नेपालले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य पच्छ्याउँदै मैदानमा जवाफी व्याटिङमा उत्रिएको नेदरल्यान्ड्स ५० ओभरमा अलआउट हुँदा नेपालले यो खेल आफ्नो पोल्टामा पार्न सफल भयो । नेपालका लागि सन्दिप लामिछानेले ३, ललित भण्डारीले २, सोमपाल कामी, पारस खड्का, दिपेन्द्रसिं ऐरी तथा बसन्त रेग्मीले एक एक विकेट झारे । यसअघि पहिलो इनिङमा नेपालका कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाए । कप्तान पारसले ६९ बलमा ६ चौका र २ छक्कासहित ५१ रन बनाए भने सोमपालले ४६ बलमा ५ चौका र ३ छक्काको मदतले ६१ रन…

Read More

काठमाडौँ: राष्ट्रिय गौरवको सिक्टा सिचाइ आयोजनाको पश्चिम मूल नहरको अधिकांश कार्य सहित करिब ५५ प्रतिशत पूर्वाधार निर्माणको कार्य सम्पन्न भएको छ । शाखा नहरहरुको निर्माणको क्रममा सिधनिया शाखा नहरको निर्माण कार्य सम्पन्न हुने क्रममा रहेको र डुंडुवा शाखा नहरको निर्माण तथा पुनस्र्थापनाको कार्यका साथै पुर्वी मूलनहर निर्माणको कार्य समेत भैरहेको छ । अन्य शाखा नहरहरुको निर्माणको लागि समेत आबश्यक तयारीका कार्यहरु भैरहेका उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयले जनाएको छ । बांके जिल्लाको करिब ४२,००० हेक्टर कृषियोग्य जमीनमा भरपर्दो सिचाइ सेवा पुर्याई खाद्य उत्पादनमा महत्वपूर्ण टेवा पुर्याउने योजनको उद्घेश्य रहेको छ राप्ती नदीमा बाँध निर्माणको कार्य सम्पन्न भए संगै मूल नहरको…

Read More

काठमाडौँ: नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानून निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले आगामी असोज २ गतेभित्र सबै कानून निर्माण नगरे मुलुकमा संवैधानिक र कानूनी जटिलता आउन सक्ने पक्षलाई मध्यनजर गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे । कानून निर्माणले गति लिन नसक्दा संघीय संसद् ‘विजनेश’विहीन भएको बताउँदै उनले मन्त्रालयका तर्फबाट यसमा विलम्ब भयो भन्ने कुराको प्रश्न उठाउन नदिनेतर्फ आफू लाग्ने र त्यसका लागि सबैको सहयोग जरुरी रहेको उल्लेख गरे । नसोचेको परिस्थितिपछि आफू यस मन्त्रालयमा आएको बताउँदै उनले बोल्नेभन्दा पनि…

Read More

काठमाडौँ :दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई २१७ रनको चुनौती दिएको छ । नेदरल्यान्ड्सस्थित एमस्टलभिन मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल बनायो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेका हुन् । त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पनि अर्धसतक प्रहार गरे । ६९ बल खेलेका उनले दुई छक्का र ६ चौका प्रहार गरे । सुवास खकुरेल १९, दीपेन्द्रसिंह ऐरी १९, अरिफ शेख १६, उपकप्तान ज्ञानेन्द्र मल्ल…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । दुवै जना नेकपाबाट प्रतिनिधिसभामा निर्वाचित(मोरङ र स्याङ्जा) हुन् । यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय, २२ मन्त्री (प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित)र तीन राज्यमन्त्री भएका छन् । मन्त्रिमण्डलमा नेकपा र सङ्घीय समाजवादी…

Read More

बनेपा : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजबाट मोबाइल एप्लिकेशन शुरु गरेको छ । देशभरिमा नै पहिलो पटक प्रयोगमा ल्याएको मोबाइल एप्लिकेशन धुलिखेल नगरपालिकाबाट शुरु भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा मोबाइल एप्लिकेशन तयार गरी प्रयोगमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए । यो स्थानीय तहका लागि बनाएको साझा मोबाइल एप्स हो । जसलाई प्रधानमन्त्री केपी ओलीले काठमाडौँमा आज आयोजित सूचना प्रविधिसम्बन्धीको बृहत् गोष्ठीको आयोजनासँगै शुभारम्भ गरेका हुन् । एन्ड्रोइट मोबाइलमा सञ्चालन हुने सो एप्लिकेशन प्रविधिको प्रयोग गर्न जान्नेका लागि नगरपालिकाले गरेका विभिन्न जानकारी र सेवामूलक सूचना आदानप्रदान गर्ने माध्यमका रुपमा प्रयोगमा ल्याएको बरालले बताए ।…

Read More