Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका जनसंगठनको एकता यही साउनभित्र हुने भएको छ भने प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रिया लम्बिने देखिएको छ । पार्टी सचिवालयबाट विधान र नियमावली पारित हुनमा ढिलाइ भएका कारण एकता घोषणाका दिन सार्वजनिक गरिएको तीन महिनाको अवधिमा सबै तहको एकता प्रक्रिया पूरा नहुने भएको हो । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भई नेकपा घोषणा हुँदा तीन महिना (भदौ ३) भित्र आधारभूत तहसम्म एकता गरिसक्ने जनाएकामा पार्टीको विधान र नियमावली तय नहुँदा प्रक्रिया अघि बढ्न सकेको थिएन । नेकपा स्थायी कमिटीको सुझावका आधारमा यही साउन १ गतेको सचिवालय बैठकले विधान…
काठमाडौँ: सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले ती विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । यस्तै बैठकले कृषि तथा पशुपक्षी, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संगठन संरचना स्वीकृत गरेको छ । केही दिन पहिलेमात्रै ती दुई मन्त्रालय गठन गरिएको थियो । तत्कालका लागि दुई वटै मन्त्रालयको कार्यभारसमेत कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाललाई जिम्मा दिइएको छ । यस्तै बैठकले नेपाल र भारतबीच सन् २००९ मा भएको वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी पहिलो…
काठमाडौँ: नेपालको पहिलो पेमेन्ट गेट वे ‘इसेवा फोन पे र नेपाल वायुसेवा निगमबीच अनलाईन टिकटिङका लागि सम्झौता भएको छ। सम्झौता पत्रमा इसेवाका तर्फबाट सिओओ रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै इसेवाबाट सोमबारदेखि नै वायुसेवा निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिने व्यवस्था छ यसअघि इसेवाबाट बुद्ध एयर, श्री एयरलाइन्स्, यति एयरलाइन्स्, सिम्रिक एयर, सौर्य एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्थ्यो । नेपाल एयरलाइन्स्ले हालैमात्र २ सय ७४ सिटका वाइडबडि जहाज सञ्चालनमा ल्याएको छ । निगमको बजार विस्तारलाई अनलाइन टिकटिङले पनि सहयोग पुर्याउने विश्वास लिइएको छ । इसेवामा वायु सेवा निगमको…
काठमाडौँ: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले यही साउन १६ गते देखि व्यावसायिक उडान शुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सो विमानलाई उडान अनुमति (एओसी) प्रदान गरेपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार निगमको पहिलो वाइड बडी जहाजले राति १० बजे उडान गर्नेछ । निगमको जहाजले सातामा तीन उडान गर्नेछ । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमानले पुरानो गन्तव्य कतारको राजधानी दोहाबाट आफ्नो पहिलो उडान भर्न लागेको निगमले जनाएको छ । दोहाका लागि निगमको २७४ सिट नै भरिसकेको छ ।…
राजविराज :सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत आज १३ जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाका विभिन्न ठाउँमा आज गरेको अनुगमनका क्रममा विद्युत् पोलमा हुकिङ गर्ने १३ जनालाई पक्राउ गरिएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताए । पक्राउ परेकाको साथबाट एक थान विद्युतीय मिटर, एक थान पंखा र एक थान एलईडी टिभी बरामद गरिएको प्रमुख साहले जानकारी दिए। उनीहरुलाई विद्युत् ऐनअनुसार रु १५ हजार ५०२ जरीवाना असुल गरी छाडिएको प्रमुख साहले बताए ।
काठमाडौँ: शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राई र नेपालका लागि जापानी राजदुत मासामिचि साइगोबीच आज शिष्टचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा राजदुत साइगोले आफ्नो कार्यकालमा नेपालकोसँगको सम्बन्धलाई थप मजवुद बनाउन पहल गर्ने बताएका छन्। राजदुत साइगोले नेपालको पुर्वाधार बिकास, र भूकम्पपछिको पुनर्निर्माणमा जापानले इमान्दारी पुर्वक सहयोग गरेको भन्दै शहरी बिकास मन्त्रालयसँग समन्वय गरी आगामीदिनमादिगो पुनर्निर्माण र पुर्वाधार बिकासमाथप सहयोग बिस्तार गर्ने बताएका छन् । भेटमा मन्त्री राईले नवनियुक्त राजदुतका रुपमा नेपालआएकोमाबधाई दिदै उहाँको कार्यकालमाआफ्नो मन्त्रालयसँग सम्बन्धितकार्यमाजापानको सहयोग अपरिहार्य हुने बताए । मन्त्री राईले जापान सरकारले नेपालको आर्थिक, सामाजिक र मानवीयबिकासमा पु¥याएको योगदानको नेपाल सरकारले उच्चमुल्याङकन गरेको बताए ।…
काठमाडौँ : भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेन । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले थप छलफल गर्नु आवश्यक भएको हुँदा बैठक बुधबार दिउँसो ३ः३० बजे बस्ने गरी स्थगित भएको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए । जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित्तबुझ्दो जवाफ नदिएको र कतिपय प्रश्नको जवाफ नै नदिएको समितिका सदस्यहरुको ठम्याइ छ । भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ…
काठमाडौँ: नेपालका लागि जापानका राजदुत मासामिची साइगोले परिवर्तित अवस्थामा नेपालको आर्थिक र व्यापारिक अवस्था सुदृढ गर्नलाई जापानले थप लगानी गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त राजदुत साइगोको स्वागतमा आयोजित “समसामयिक जापान–नेपाल आर्थिक सम्बन्ध“ बिषयक छलफल कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । नेपालले सन् २०२० लाई “नेपाल भ्रमण बर्ष“को रुपमा मनाउन गैरहेकोले यस सम्बन्धि नेपाल सरकारको लक्ष्य पुरा गर्न जापानले पर्यटन क्षेत्रमा टेवा पुग्ने गरि आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न आह्वान गरिने उनले बताए । नेपालको आर्थिक बिकासको लागि उत्पादन र बजारीकरणमा आफ्नो देशले हाँशिल गरेको अनुभव नेपाली उद्योगी–व्यवसायीहरुसंग आदान–प्रदान गर्ने वातावरण तयार गर्न आफुले सघाउने कुरा…
काठमाडौँ: सेयर बजारमा आज सोमबार सामान्य गिरावट आएको छ । नेप्से परिसूचक शुन्य दशमलब ४४ अंकले घटेर १ हजार १९४ दशमलब ३८ अंकमा झरेको छ । आजको कारोबारमा सबैभन्दा बढी जीवन बिमा समुहको परिशुचक २० दशमलब ५१ अंक र निर्जीवन बीमा२ १४ दशमलब ७२ अंक र होटल ९ दशमलब ९९ अंकले घटेको छ । यधपी, उत्पादन मूलक समूहको परिशुचक ४ दशमलब ६६ अंक र बित्त समूहको परिशुचक ४ दशमलब १८ अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३ हजार ६६४ कारोबारबाट २९ करोड ६१ लाख ५६ हजार २५२ रुपैयाँ बराबरका १२…
काठमाडौं: उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी इजरायली राजदूत बेन्नी ओमेरबीच भेटवार्ता भएको छ । उर्जा मन्त्रालयमा भएको भेटमा उर्जामन्त्री पुनले नेपालमा नयां संविधान जारी भइसकेपछि स्थायीत्वको युग सुरु भएको भन्दै इजरायली लगानीकर्तालाई उर्जा क्षेत्रमा लगानीको वातावरण बनाइदिन राजदूत ओमेरसंग आग्रह गरे । मन्त्री पुनले भने ‘हामीलाई १० बर्षमा १० हजार मेगावाट विजुलीको आवश्यकता छ अहिले लगानीको राम्रो वातावरण समेत बनेको छ । तपाईमार्फत नेपालको उर्जा क्षेत्रमा लगानी गर्न म इजरायली लगानीकर्ताहरुलाई आग्रह गर्छु ।’ उनले इजरायलसंग धेरै लामो कुटनितिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ मजबूत बन्ने विश्वास समेत व्यक्त गरेका छन् । लामो समयदेखी…