Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: सरकारले अपेक्षअनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कार्यक्षमता र शैलीप्रति असन्तुष्ट बनेका छन् । सरकारविरुद्ध प्रतिपक्षी दलले सडक र सदन तताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रीहरुको कार्यक्षमता मूल्यांकन गर्न थालेको हो । मूल्यांकन राम्रो नआए मन्त्रिपरिषद सदस्यहरुको जिम्मेवार हेरफेर गर्ने मनस्थिततिमा प्रधानमन्त्री पुगेको उनको सचिवालयका एक सदस्यले बताएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । आशा गरिएका मन्त्रीहरु समेत परिणाममुखी काममा भन्दा व्यक्तिगत प्रचारमा केन्द्रित भएको र सरकारको ‘स्पिड’लाई आत्मसाथ नगरेको प्रधानमन्त्रीको बुझाइ छ । प्रधानमन्त्री ओलीले कार्यक्षमतामा कमजोर देखिएका मन्त्रीहरुलाई छुट्टाछुट्टै बोलाएर सचेत गराउन सुरु गरका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका…
काठमाडौँ: ललितपुर खुमलटारस्थित ४२ रोपनी सरकारी जग्गा निजी कम्पनीलाई भाडामा दिएपछि स्थानीयले विरोध गरेका छन्। रेडियो नेपालको स्वामित्वमा रहेको उक्त जग्गा निजी कम्पनीलाई हाउजिङ निर्माणका लागि भाडामा दिएको विरोधमा स्थानीय आन्दोलित भएका हुन्। उक्त जग्गामा प्राकृतिक विपत्तिका बेला स्थानीयले आश्रय लिँदै आएका छन्।,यो खबर आजको नागरिक दैनिकमा छ । एक वर्षअघि सूचना तथा सञ्चार मन्त्रालय र रेडियो नेपाल सञ्चालक समितिले उक्त जग्गा भाडामा दिने निर्णय गरेका थिए। त्यतिबेला निजी क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि जग्गा भाडामा नदिने सम्झौता भएको थियो। तर, सम्झौता उल्टाउँदै निजी क्षेत्रलाई जग्गा दिएपछि स्थानीयवासी आक्रोशित भएका हुन् । स्थानीयको विरोधपछि कुनै पनि संरचना बनेका छैन। २०७४ जेठ…
कञ्चनपुर: भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको रहस्यमय मृत्यु भएको छ । बिहीबार दिउँसैदेखि हराएकी उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका–२ र १८ को सिमानामा पर्ने निम्बुखेडाको पत्थर खोलाछेउ उखुबारीमा शव भेटिएको हो । घटनास्थल उनको घरबाट एक किलोमिटर दूरीमा छ । स्थानीय सरस्वती उच्चमाविको कक्षा ९ मा अध्ययनरत निर्मलाको हत्या भएको आशंका प्रहरी र आफन्तले गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीका अनुसार उनको बाहिरी शरीरमा कहीं पनि घाउचोट छैन । उनको मृत्युको कारण खोजी भइरहेको डीएसपी सेठीले जानकारी दिए । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ । आमा दुर्गादेवीका अनुसार निर्मलाले चलाएको…
काठमाडौं: प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गरिसकेका दीपकराज जोशीका शैक्षिक प्रमाणपत्र थप शंकाको घेरामा परेका छन् । जोशी र निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको ‘प्रोग्रेस रिपोर्ट’ का केही आधारभूत विवरण शंकास्पद भेटिएका हुन् । आजको कान्तिपुरले पृष्ठ ३ मा यो समाचार छापेको छ । ‘दुवै जनाले पेस गरेका ल क्याम्पसका प्रोग्रेस रिपोर्ट भिडाउने हो भने एउटा गलत निस्कन्छ,’ दुवै जनाको अभिलेख रहेको संवैधानिक परिषद सचिवालय स्रोतले भन्यो, ‘संसदीय सुनुवाइका क्रममा उठेको यस्तो गम्भीर प्रश्नको छानबिन हुनुपर्छ ।’ बिहीबारको संसदिय सुनुवाइमा सांसद योगेश भट्टराईलगायतले जोशीको शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भेटिएको बारे प्रश्न उठाएका थिए । सचिवालय स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको प्रतिलिपिअनुसार…
बुटवल: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई रु ३६ लाख घुससहित शनिवार पक्राउ गरेको छ । आयोगले इन्जिनियर ठाकुरलाई रु ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मेलि टोलबाट सुराकीको आधारमा पक्राउ गरेको अख्तियार बुटवल शाखाका अधिकृत शुरेस भुसालले जानकारी दिए । नगद रु १२ लाख पचास हजार र रु २४ लाखको बैंक भौचरसहित प्रमुख ठाकुरलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ । ठाकुरले घुसको नगदसँगै रु २४ लाखको भौचर श्रीमतीलाई राख्न दिएको र उनी ट्याक्सिमा जाँदै गर्दा हेटौडामा पक्राउ गरिएको अधिकृत भुसालले जानकारी दिए । भैरहवामा रहेको कार्यालयले रुपन्देही,…
क्यालिफोर्निया: अमेरिकाको क्यालिफोर्निया राज्यमा कार फायर नाम दिइएको डढेलोका कारण दुई अग्निनियन्त्रकले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित बनेका छन् । डढेलोले पाँच सयभन्दा बढी संरचना ध्वस्त बनाएको छ भने हजारौँ घरहरू जोखिममा परेका छन् । वेगसाथ चलेको हावाहुरीका कारण त्यहाँ आगोका लप्काहरू आँधीजस्तो फैलिएको बताइएको छ । शास्टा क्षेत्रमा फैलिएको आगोलाई उच्च वेगको हावाले आँधीको स्वरूप दिएको छ जसले रुखहरू ढालिदिएको छ अनि गाडीहरूलाई सडक किनारामा लडाइदिएको छ । आगलागी नियन्त्रणका लागि अग्निनियन्त्रकहरू अनवरत खटिरहेका भएपनि आगोको प्रभाव खासै नियन्त्रणमा ल्याउन सकिएको छैन । सोमवार सुरु भएको डढेलो त्यो भनेको सान फ्रान्सिस्को शहरको क्षेत्रफल बराबर अर्थात् ४८ हजार…
काठमाडौँ: नयाँ बसपार्क क्षेत्रका होटल व्यवसायीले गोँगबु, नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति, विसंगति हटाउन व्यवसायी एकजुट भएका छन् । नयाँ बसपार्क क्षेत्रमा हुने लुटपाट, लागुऔषध, तेस्रोलिङ्गी, यौन व्यवसाय, ट्याक्सीको मनोमानी, होटल गाइडलाई हटाउन व्यवसायी एकजुट भएका हुन् । नेपाली होटल व्यवसायी संघ, काठमाडौँ होटल व्यवसायी संघ, बालाजु होटल व्यवसायी संघ र संयुक्त होटल व्यवसायी संघले आज एक कार्यक्रमको आयोजना गरी गोँगबु क्षेत्रमा देखिएको विकृति हटाउन सबै क्षेत्र एकजुट हुनुपर्ने बताएका हुन् । कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले समाज परिवर्तन र मुलुकको विकासका लागि आफैँ अगाडि बढ्नुपर्ने बताए । “सबै समस्या प्रहरीले चाहेरमात्र समाधान…
काठमाडौँ: धितोपत्र बजारमा यस साता एक अर्ब ६२ करोड ९१ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल एक सय ७९ कम्पनीको ३९ लाख ४५ हजार सात सय ६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७ दशमलव ४१ प्रतिशतले कम हो । गत साता एक सय ८६ कम्पनीको रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार बराबरका ४७ लाख ५४ हजार पाँच सय २० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलव ५४ अंकले बढेर अन्तिम दिन एक हजार ९१० अंकमा…
विराटनगर: “चोरको हजार दाउ” भने जस्तै विराटनगरमा एक जनालाई सुनको सिक्री निलेर चोरी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मोरङको विराटनगरस्थित एक सुन पसलबाट प्रहरीले शुक्रबार साँझ सुनको सिक्री निल्ने एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–९ स्थित अरुणकुमार राठीले सञ्चालन गरेको राठी सुन पसलमा सिक्री किन्ने बहाना बनाई सुन किन्न आएका इटहरी उपमहानगरपालिका–२ बस्ने ३१ वर्षीय सुरजकुमार नेपालले पसलमा गएर सुनको सिक्री खरीद गर्ने भन्दै ऐना हेरी गलामा लगाउने बहानामा सिक्री निलेर पाइन्टको गोजीमा आफूसँग भएको नक्कली सुन निकालेर पसलमा फिर्ता गरेको अवस्थामा पक्राउ गरिएको हो । निज…
काठमाडौँ: तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार गर्न नसक्ने हो भने अबको तीन महिनामा काठमाडौँ उपत्यकाको फोहर पुनःसडकमा नै थुप्रिने खतरा बढेको छ । केही दिन अघि मात्र करीब एक महिनादेखि सडकमा थुप्रेको फोहर व्यवस्थापन गर्ने काम भएको छ । पछिल्लो समय उपत्यकामा फोहरको समस्या दिनानुदिन बढ्दै गएको छ । यसरी समस्या बढ्दै जाने हो र उपयुक्त व्यवस्थापनको पहल सम्बन्धीत निकायले नगर्ने हो उपत्यकावासीले फोहरको कारण ठूलो समस्या सामना गर्नुपर्नेमा शंका छैन । काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निस्कने गर्दछ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब…