Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रदेश २ मा आज एकैदिनमा थप १२० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रौतहट र बारामा गरी थप १२० जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश नम्बर दुईका स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत डाक्टर विजय झा जानकारी दिए। उनका अनुसार रौतहटमा मात्रै ७४ जना नयाँ संक्रमित भेटिएका हुन्। पछिल्लो समय प्रदेश २ मा दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित बढ्दै गएको छ। योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको छ। ‘आज ठूलो संख्यामा प्रदेश २ मा कोरोना संक्रमित भेटिएका छन्,’ प्रवक्ता झाले भने,‘हामी अहिले जिल्लागत र महिला पुरूष गरेर संख्या अहिले छुट्टयाउँदै…

Read More

काठमाडौँ: जुवाको खालबाट फक्राउ परेका ९ व्यवसायीलाई ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ। सोमबार साँझ काठमाडौं महानगरपालिका १ कमलादीस्थित रिजेन्सी बुटिक होटलको १०४ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जना व्यवसायी पक्राउ परेका थिए। मंगलबार ९ जनालाई नै ५ दिन हिरासतमा राख्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए। पक्राउ पर्नेहरुमा काठमाडौँका पुरुषोत्तम अग्रवाल, रामचन्द्र सनहाई, सुरेश अग्रवाल, नन्दकिशोर शर्मा, अशोक अग्रवाल, गोविन्द अग्रवाल, निकी जोगाई, ललितपुरका बिमल खेतान र भक्तपुर मध्यपुरका विमल अभुजा रहेका छन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले नगद २ लाख ७७ हजार ७ यस ७ रुपैयाँ,…

Read More

काठमाडौँ: भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई लाख नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ९८ हजार ७०६ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा आठ हजार १७१ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा पछिल्लो केही दिनयता निरन्तर आठ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि पाँच हजार ५९८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण २०४ जनाको मृत्यु भएको छ । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ७० हजारभन्दा बढी…

Read More

पोखरा: पोखरा महानगरले सर्वत्र आलोचना भएपछि बाह्य जिल्लाबाट तरकारी नल्याउने र आएको तरकारीलाइ नष्ट गरेको अव्यवहारिक निर्णयलाई फिर्ता लिएको छ । तरकारी भित्राउन रोक लगाइएको र आएको तरकारी नष्ट गरेकोमा व्यापक विरोधपछि महानगरपालिकाले सोमबार छुट्टै मापदण्ड तय गरेको हो । महानगरले कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारहरुमा फलफूल तथा तरकारी भित्राउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने निर्देशनात्मक ६ बुदे सूचना जारी गरेको छ । महानगरले कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारहरुमा फलफूल तथा तरकारी भित्रयाउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने निर्देशनात्मक सूचना जारी गरेको हो । पोखरा महानगरमा भएको सर्वपक्षीय बैठकको गत जेठ ११ गते एउटा निश्कर्ष गर्यो, पोखरा महानगरलाई कोरोनाबाट सुरक्षित बनाउन…

Read More

काठमाडौं: प्रहरीको यातनाले एक अश्वेत व्यक्तिको मृत्यु भएपछि गत सातादेखि अशान्त बनेको अमेरिकामा कर्फ्यू लगाउदा पनि प्रदर्शन रोकिएका छैनन् । प्रहरीको यातनाबाट जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको मृत्यु भएको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै अमेरिकाका वासिङ्टन डिसीसहित २३ राज्यका ७० भन्दा बढीमा शहरमा पुगेको बीबीसीले जनाएको छ । अश्वेत व्यक्तिको मृत्यु प्रकरण रंगभेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै ह्वाइट हाउससम्म प्रदर्शनकारीहरू पुगेपछि त्यहाँ सुरक्षा सतर्कता उच्च बनाइएको छ । प्रदर्शनका क्रममा झडप, लुटपाट, तोडफोड र आक्रमणका घटना भइरहेका छन् । उच्च सुरक्षा तैनाथीसहित कर्फ्यू जारी गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाट रोकेका छैनन् । वाशिंगटन,…

Read More

काठमाडौँ: राजनीतिक बेथिति र आर्थिक विपन्नताले बिदेसिएका नागरिक महामारीका वेला घर फर्कँदा क्वारेन्टाइनका नाममा गोठमा राखिएका छन्, संकटको वेला फजुल खर्च नगर्ने नीति लिएको सरकारले मन्त्रीनिवासमा जिमखाना बनाउन लकडाउनकै बीचमा ठेक्का दिएको छ । कोभिडविरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का दिएको छ । लकडाउनकै समयमा राष्ट्रपति कार्यालयमा महँगो गलैचा फेर्न लागेको सहरी विकास तथा भवन निर्माण विभागले नै मन्त्रीहरूका लागि जिमखाना बनाउने प्रक्रिया अघि बढाएको हो । पुल्चोकस्थित मन्त्रीनिवासमै जिमखाना बनाउन विभागले शनिबार…

Read More

एजेन्सी: डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको नयाँ संक्रमित फेला परेका छन् । यहाँ हालै जुन स्थानमा यो रोग फैलिएको थियो डिआरसी क्षेत्र त्यो भन्दा हजारभन्दा बढी किलोमिटर टाढा छ । स्वास्थ्यमन्त्री इटेनी लोंगोंडोले पश्चिमी शहर म्बानडाकामा भाइरसका कारण चारजनाको मृत्यु र दुई संक्रमित भएको जानकारी दिए । पाँचौं व्यक्तिको सोमबार मृत्यु भएको युनिसेफले जानकार दिएको छ । उनले प्रभावित क्षेत्रका लागि डाक्टर र औषधी पठाइएको जानकारी दिए । डेमोक्रेटिक रिपब्लिक अफ कंगोले अप्रिलमा इबोला महामारीको अन्त्यको घोषणा गर्ने तयारी गरिरहेका बेला यहाँ नयाँ संक्रमित भेटिएको थियो । डिआरसी इबोलाबाहेक दादुरा र कोरोना महामारीसँग पनि जुधिरहेको छ । स्रोतः…

Read More

लण्डन: (रासस) :नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीका लागि यस्तो व्यवस्था गरिएको राजदूतावासद्वारा सोमबार जारी सूचनामा जनाइएको छ । कोभिड–१९ महामारीको परिणामस्वरुप बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका बेलायत, आयरल्याण्ड र माल्टामा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको राजदूतावासले जानकारी…

Read More

काठमाडौँ: कोरोन संक्रमितको कुल संख्या १८११ पुगेको छ । अहिले ६:१५ बजे अध्यावधिक गरिएको तथ्याङ्कमा कुल संक्रमितको संख्या १८ सय नाघेको हो। अहिले साँझ मात्रै १३ वटा नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नयाँ संक्रमित हुनेहरुमा पाल्पाका दुइ जना, नवलपरासीमा एक जना बालक, गुल्मीमा एक, र कपिलवस्तुमा ७ जना, र रुपन्देहीमा ३ बालक र एक पुरुस छन्।

Read More

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् । थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ। हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।

Read More