Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए ) कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले राहत वितरण, स्वदेश फिर्ता र पुनस्र्थापनाको कार्यक्रमलाई युद्धस्तरमा अघि सारेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माका अनुसार ४१ देशमा १ सय ५० भन्दा बढी शहरमा ९ सयभन्दा बढी स्वयम सेवक राहतका लागि खटिएका छन् भने २४ हजारभन्दा बढी गैरआवासीय नेपालीले राहत सामाग्री प्राप्त गरेका छन् । संघका राष्ट्रिय समिति र अन्तराष्ट्रिय परिषदले स्थापना गरेको २४ औं घण्टे हटलाइनबाट ७ हजार भन्दा बढी नेपालीले परामर्श लिएको डा. शर्माले जानकारी दिएका छन् । ७० जनाभन्दा बढी मेडिकल डाक्टरले १ हजार २ सयभन्दा बढी नेपालीलाई स्वास्थ्यसम्बन्धी परामर्श…

Read More

रौतहट: रौतहटमा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भारतबाट चोरबाटो हुँदै नेपाल आएका रौतहटका दुईजनामा कोरोना पुष्टि भएको हो । देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय र वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीयमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको ती युवाको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । १६ जना सफल उपचारपछि घर फर्किएका छन् ।

Read More

काठमाडौँ: जारी लकडाउनका कारण थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) मा प्रसूति सेवा लिनेको सङ्ख्या केही कम भएको छ । अस्पतालसम्म आउन यातायातका साधन सहज नभएकाले यहाँ टाढाबाट बिरामी आउन नसकेको हुनसक्ने अस्पतालले जनाएको छ । अस्पतालमा १०० भन्दा बढी महिलाले दैनिक सन्तानलाई जन्म दिने गरेका छन् । काठमाडौँ र उपत्यका बाहिरबाट समेत सिफारिस भएर आउने गरेका थिए । लकडाउनयता दैनिक आठ÷दश जना कम भएको अस्पतालका निर्देशक डा जागेश्वर गौतमले बताउनुभयो । ती महिला अस्पतालसम्म पहुँच नभएकाले घरमै सन्तानलाई जन्म दिएको हुनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उनीहरु अरु स्वास्थ्य संस्था गए वा घरमै सन्तान जन्माए भन्ने बुझ्नुपर्छ…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि शुरु गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार अदालतले आजदेखि नयाँ रिट निवेदन दर्ता र सुनुवाइ शुरु गरेको हो । सर्वोच्च अदालतको यही वैशाख १४ गते प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको पूर्ण बैठकले आजदेखि रिट निवेदन दर्ता र सोको सुनुवाइ शुरु गर्ने निर्णय गरेको थियो । विपद्मा सामाजिक दूरी कायम गरी सुरक्षाप्रति सावधानी अपनाउनुपर्ने भएकाले रिट निवेदन दर्ता र सुनुवाइको क्रममा सेवाग्राही, कानून व्यवसायी तथा कर्मचारीसमेत आवागमन र उपस्थितिमा आवश्यक नियमन, नियन्त्रण र व्यवस्थापन अदालत प्रशासनले मिलाउने…

Read More

कास्की: गत वर्षको माघमा कास्की जिल्लास्थित अन्नपूर्ण गाउँपालिका वडा नम्बर–१ मा रहेको हिङकु केभ क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएका एक जना कोरियाली नागरिकको शव फेला परेको छ । हिमपहिरोमा परी तीनजना नेपाली गाईड तथा चार जना कोरियाली पर्यटकहरु बेपत्ता भएका थिए । जसमध्ये दुई जना नेपाली गाईड र दुई जना कोरियाली पर्यटकहरुको शव पहिल्यै फेला परिसकेको छ । नेपाली सेनाको पश्चिम पृतना हेड्क्वार्टरको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले सोमबार सो शव फेला परेको हो । शवलाई मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइपु¥याएको छ । खोजी कार्यमा खटिएको नेपाली सेनाको…

Read More

काठमाडौं: गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको प्रसार रोक्न गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ । पछिल्लो समय स्थानीय तहहरूले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरू गाउँमा लगेका छन् । विराटनगर महानगरपालिकाले अलपत्र परेकाहरू भन्दै सात वटा गाडीमा एक सय ६० जनालाई काठमाडौं उपत्यकामा आज बिहान पठायो जो अहिले थानकोट नाकामा अलपत्र छन्। साथै, सडकमा सवारी साधनको चाप पनि बढेको छ । लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको छ । …

Read More

काठमाडौँ: निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले एक महिनापछि अन्तर्राष्ट्रिय उडान गरेको छ। आइतबार साँझ मेडिकल सामाग्री लिन काठमाडौं-ग्वान्झाओ उडान भएको कम्पनीको एयरबस ३२० जहाज मेडिकल सामाग्रीसहित सोमबार बिहान १०:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ। कम्पनीको एन-एएलडब्लु कलसाइनको न्यारोबडी ‘एयरबस ३२०-२१४’ जहाजले मेडिकल किट्स ल्याउनका लागि सोमबार साँझ ५:३० बजे ग्वान्झाओतर्फ उडान गरेको थियो। ‘लकडाउनका कारण उडान प्रभावित भएको महिना दिनपछि हामीले मेडिकल सामाग्री ल्याउनका लागि अवसर पाएका हौँ। कोभिड-१९ नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामाग्री ल्याउनका लागि अत्यावश्यक सेवा दिन पाउँदा हामी खुसी छौँ’, कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भने । उनले नेपाल नागरिक उड्डयन…

Read More

काठमाडौँ: लकडाउनपछि उड्डयन व्यवसाय फेरि संचालन गर्नका लागि आन्तरिक उडान गर्दै आएको निजी वायुसेवा कम्पनी बुद्ध एयरले पूर्व तयारीका लागि निर्देशिका बनाएको छ। बुद्धले आन्तरिक उडान सुरु भए लगत्तै तत्कालका लागि जहाज भित्र दिइँदै आइएको शौचालय र क्याटरिङको सुविधा बन्द गर्ने प्रावधान बनाएको छ। कम्पनीले यात्रुको सुरक्षालाई मध्य नजर गर्दै यात्रुलाई बुद्ध एयरको कार्यालय, कार्गो, टिकट काउन्टरका साथै विमानस्थल परिसरमा रहँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशिकामा उल्लेख गरेको छ। कम्पनीले तयार पारेको निर्देशिकामा उल्लेख गरिए अनुसार यात्रुले उडानका लागि अपनाइने पहिलो प्रक्रिया अर्थात फ्लाइट चेक इन काउन्टरदेखि ब्यागेज बुझ्ने समयसम्म अनिवार्य मास्क लगाउनै पर्नेछ। कम्पनीले बजारमा उपलब्धताको आधारमा उचित…

Read More

काठमाडौँ: ओलम्पियन एवं एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायालाई लकडाउनको एक महिनासम्म खासै चिन्ता लागेन । जुम्ला सदरमुकाम खलङ्गामा उहाँ नियमितरूपमा व्यायाम गर्दै आउनुभएको छ । खेलाडीलाई पनि व्यायाम गराउँदै आउनुभएको छ । रोकायाले लकडाउनको ख्याल गर्दै बिहानको समयमा व्यायाम गराउँदै आउनुभएको हो । अब भने प्रशिक्षक रोकायालाई कोरोना भाइरस सङ्क्रमणको खतरा आभास हुन थालेको छ । उहाँ भन्नुहुन्छ, “अब खतरा बढ्यो, बाहिरबाट मान्छे गाउँमा ह्वारह्वारती आउन थाले ।” बाहिरबाट नयाँ मान्छे कोही नआउँदासम्म गाउँमा कोरोना भाइरस भित्रिन नसक्ने रोकायाको बुझाइ छ । एक सातायता जिल्लाभर बाहिरबाट सर्वसाधारण आउने क्रम ह्वात्तै बढेको उहाँले बताउनुभयो । “अहिलेसम्म त सुरक्षित नै थियौँ, अब…

Read More

काठमाडौँ: शङ्खमूल बस्दै आउनुभएकी शर्मिला तामाङले घरभेटीले पटकपटक ताकेता गरेपछि गत साता घर भाडा तिर्नुभयो । कहिले भारी बोक्ने त कहिले भाडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आउनुभएकी उहाँलाई खानै धौधौ परेको थियो । काठमाडाँैको बसाइ कठिन भएपछि उहाँ गत साता सिन्धुली जिल्ला दुधौलीस्थित घर तीन सन्तानलाई लिएर जाने तयारी गर्दै हुनुहुन्थ्यो । घरबेटीले जानुअघि चैतको भाडा नतिरी फर्किन नदिएको उहाँले बताउनुभयो । “घर गएपछि फर्किने हो कि होइन भनेर भाडा तिरेर मात्रै जान दिए”, सन्तानसहित घर फर्कने गाडी कुर्दै लोकन्थलीमा भेटिनुभएकी तामाङले भन्नुभयो, “एक जना दाजुसँग उधारो मागेर भाडा तिरेर घर जाँदैछु ।” गत चैत १६…

Read More