Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष एम एम नरवणे शुक्रबार बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत सोलुखुम्बु जिल्लाको खुम्जुंग गाउँपालिकामा रहेको स्याङ्ग्बोचे बिमाअन्स्थलका लागि उडेका छन्। उनीहरु अहिले माउन्टेन फ्लाइट मार्फत सगरमाथाको दृश्यावलोकन गर्न त्यस तर्फ लागेको सेनाको सैनिक जनास्मपरका निर्देशनालयले जनाएको हो। हिजो नै गर्ने भनिएको सगरमाथाको दृश्यावलोकन उताको मौसम प्रतिकुलताका कारण स्थगन भएको थियो।

Read More

एजेन्सी: रिपब्लिकन पार्टीका उम्मेद्वार डोनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडन दुबै नै अमेरिकी राष्ट्रपति चुनावमा जीत हासिल गर्ने दाबी गरिरहेका छन् । अन्तिम नतिजा आउन बाँकी नै छ र दुबै पक्ष कानूनी लडाईंमा उल्झिनका लागि तयारीमा जुटेका छन् । इलेक्टोरल कलेजको संख्याको हिसाबले हेर्ने हो भने थुप्रै महत्वपूर्ण राज्यमा अहिले पनि मतगणनाको काम जारी छ । यही राज्यले चुनाव नतिजा निश्चित गर्नेछ । बीबीसीले मिशिगन र विस्कन्सिनमा ट्रम्पभन्दा जो बाइडन अघि बढिरहेको अनुमान गरेको छ । पेन्सिल्वेनियाको नतिजा अहिलेसम्म आएको छैन । विस्कन्सिन, मिशिगन र पेन्सिल्वेनिया राज्यको नतिजाले जो बाइडनको जीत सुनिश्चित गर्न सक्छ । ट्रम्पका प्रतिनिधिले नेवाडा,…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३१ पुगेको छ । बैंकले भोजपुरको जिल्लाको सदानन्द गाँउपालिका वडा नं। ११, झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा ङंदिरा घले र धनुषा जिल्लाको कमला नगरपालिका वडा नं। ७, हाथमुण्डामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा धर्मेन्द्र कुमार महतोलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा…

Read More

काठमाडौँ: धितोपत्र बजारमा २२ अर्ब रुपैयाँ बराबरको संस्थागत ऋणपत्र थपिने भएको छ । ९ बैंक तथा वित्तीय संस्थाले ८.५ देखि १०.५ प्रतिशतसम्म ब्याजदर दिने गरी ऋणपत्र निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पूँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको थियो । कारोना भाइरसका कारण यो व्यवस्थालाई केन्द्रीय बैंकले अनिवार्य भने गरेको छैन । तरपनि ऋणपत्रको शतप्रतिशत रकम कर्जा प्रवाहका लागि उपयोग गर्नसक्ने व्यवस्थाले डिजेञ्चर निष्काशन गर्ने क्रम नरोकिएको हो । धितोपत्र बोर्डमा २०७६ साल पुस देखि २०७७ कात्तिकसम्मका आवेदन पाइपलाइमा…

Read More

एजेन्सी: दोस्रो लहरको संक्रमण बढेसंगै इटालीमा फेरि लकडाउन भएको छ । इटालीका विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले (आज) शुक्रबारदेखि दुई हप्तासम्म लकडाउन गरिएको हो । इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ। कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा कोरोनाले बढेको चाप कम गर्न लकडाउन गरिएको इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बताएका छन् । यसअघि इटालीमा पहिलोपटक गत मार्च महिना लकडाउन गरिएको थियो । लकडाउनको रेड जोन घोषणा गरिएका प्रदेशहरूबाट मानिसहरुलाई आउजाउ गर्न रोक लगाइएको छ । स्वास्थ्यसहितका अत्यावश्यक काममा भने सेल्फ प्रमाणीकरणको सर्टिफिकेटसहित…

Read More

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो । पुसमा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उत्तीर्ण गरी ट्रान्स्क्रिप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने त्रिविले जनाएको छ । आवेदन फाराम अनलाइनबाट आउँदो मङ्सिर १ गतेभित्र भरिसक्ने भनिएको छ । समारोहमा भाग लिनका लागि स्नातक तहले तीन हजार ७००, स्नातकोत्तर तह र एमफिलले चार हजार २०० र…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरूद्धमा चलखेल भएको भन्दै त्यसलाई निस्तेज पार्ने चेतावनी दिएका छन्। बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको सुरूमै आफ्ना धारणा राख्दै प्रधानमन्त्री ओ‌लीले अस्थिरता निम्त्याउने गरी षडयन्त्र भइरहेको समेत आरोप लगाए। उनले आफूलाई पदबाट हटाउनका लागि विभिन्न चलखेल भइरहेको दाबी समेत गरेको एक मन्त्रीले बताए। ‘कोटेश्वरमा विभिन्न खालका चलखेल भइरहेका छन्। ती चलखेलको सामना गर्न तयार छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘विश्वास अविश्वासका विभिन्न खालका चलखेलहरू भइरहेका छन्।’ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा कानुन व्यवसायीहरूसँग परामर्श…

Read More

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे, PVSM, AVSM, SM, VSM, ADC लाई आज मिति २०७७ कार्तिक २० गते राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो । उक्त समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । नेपाल–भारतबीचको अनुपम साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरुप दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान…

Read More

काठमाडौं : कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। आज बिहीबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एक इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो। भागवत अर्यालसमेतले कक्षा ११ मा यस वर्ष नयाँ पाठ्यक्रम लागू नगर्ने आदेश जारी हुनुपर्ने माग गर्दै पाठ्यक्रम विकास केन्द्रविरुद्ध उत्प्रेषण मुद्दा दायर गरेका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो। सरकारले गत वर्ष राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ स्वीकृत गर्दै २०७७ बाट लागू गरिने तयारी गरेको थियो। तर शैक्षिक सत्र सुरु हुने बेला लामो अवधिसम्म निषेधाज्ञा र लकडाउन भएकाले कक्षा ११ मा भर्ना…

Read More

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०५२ पुगेको छ ।

Read More