Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
- सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
- १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको छलफलपछि चिकित्सा क्षेत्रको सुधारका लागि अभियान चाल्दै आएका डा गोविन्द केसीले आफ्ना पूर्वघोषित कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलपछि आफूले घोषणा गरेको अनशनलगायतका कार्यक्रम स्थगित गरेको डा केसीले जानकारी दिए । सार्वजनिक पदमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानूनी व्यवस्था गर्ने, स्वास्थ्यराज्यमन्त्रीसँग जोडिएको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने सहमति भएको डा केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आन्दोलन टुङ्ग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा सचिव बैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने, पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न…
काठमाडौँ: भारतमा थप ३५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २०१ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २२ लाख ८५ हजार १०१ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७४ हजार १४४ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार ५५२ पुगेको छ ।
काठमाडौँ: दल विभाजनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि नेकपा एमाले नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी खोल्ने तयारी थालेको छ । आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब नयाँ अभ्यासमा जाने उद्घोष गरेका हुन् । उनले एजेण्डा मिल्नेहरूसँग एकताको ढोका भने सधैं खुल्ला राख्ने उल्लेख गरेका थिए । ‘हामीले फेरि नयाँ पार्टी खोलिहाल्यौंं भने एकताको ढोका खुल्ला हुनेछ,’ नेता नेपालले भेलालाई सम्बोधन गर्दै भने, ‘तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ ।’ सम्बोधनकै क्रममा उनले पार्टी विभाजनका लागि अध्यक्ष केपी ओली नै उद्दत भएको आरोप लगाए । ‘उहाँ पार्टी विभाजनका लागि उद्दत हुनुभएको…
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले दुई वर्षभित्र देशको सबै ठाउँमा विद्युत पहुँच पुर्याउने लक्ष्य त्यसअघि नै पूरा गर्नेगरी कार्ययोजना बनाएर अघि बढ्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएकी छन्। वर्तमान सरकारसँग सत्तामा रहने अवधि दुई वर्षभन्दा कम रहेकाले भुसालले त्यसअघि नै देशभर विद्युतीयकर गरिसक्ने कार्ययोजनाका लागि प्राधिकरणलाई निर्देशन गरेकी हुन्। प्राधिकरणको ३६औं वार्षिक उत्सवको अवसरमा बोल्दै उनले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सक्दो छिटो सबै जनतासम्म विद्युतको पहुँच पुग्ने गरि योजना बनाएर काम गर्न भनेकी हुन्। हालसम्म नेपालको कुल जनसंख्याको ९० प्रतिशतमा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत पुगेको दाबी प्राधिकरणको छ। यस्तै, विगतमा जस्तै गतवर्ष पनि विद्युत खपत…
काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश स्वीकृत गर्न नमिल्ने जनाएको छ । नेकपा एमालेका निर्वाचन विभाग प्रमुख अग्नि खरेलले दल विभाजन गर्ने यस अघि अध्यादेश आउँदा सार्वजनिक रूपमा राष्ट्रपति माथि प्रश्न उठाउने काम भएको स्मरण गराउँदै अव राष्ट्रपतिले त्यही कामलाई दोहो¥याउन नमिल्ने तर्क गरेका हुन् । मङ्गलवार अपराह्न न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अध्यादेश आउँदा राष्ट्रपतिले लुरुलुरु त्यसलाई स्वीकृत गर्नु हुन्न भनेको स्मरण समेत राष्ट्रपतिलाई गराए । पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलले भने, ‘दल नै विभाजन गर्ने जस्तो काम यस अघि हुँदा खेरी त राष्ट्रपतिमाथि प्रश्न उठाइएको…
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच वार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह पाँच बजेबाट वार्ता सुरु भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। स्वास्थ्य क्षेत्रका बेथिति र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको राजीनामा लगायतका माग राखेर अनशन बस्ने घोषणा गरेका डा. केसीलाई प्रधानमन्त्री देउवाले वार्ता गर्न बालुवाटार बोलाएका हुन्। डाक्टर केसी ३ गतेदेखि अनसन बस्ने तयारीमा थिए। प्रधानमन्त्रीले बोलाएपछि डा. केसी आफ्ना सहयोगीसहित वालुवाटार गएका छन्।
काठमाडौँ: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एकलौटी ढंगले गरेको निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएको छ । मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले अध्यक्ष ओलीले पछिल्लो समय गरेका निर्णयहरु तत्काल फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएको हो । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता विरोध खतिवडाले भने, “हामी २२ जना सांसदहरु भेटघाट गरेका हौँ, जसमा वर्तमान स्थितिको, अध्यादेश आएको विषयमा, केपी ओली गुटले २६० जना सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा पठाएर जालझेल गरेको, जालझेललाई कसरी क्रस गर्ने भन्ने विषयमा परामर्श भयो, हाम्रा…
काठमाडौँ: पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ६८९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। संक्रमितमध्ये काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जना थपिएका छन्। पछिल्लो २४ घण्टामा ११ हजार ५६५ जनाको पिसिआर र ६ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै १ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन्।
काठमाडौँ: पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । पार्टी विभाजन गर्ने तयारीमा रहेकाले माधव नेपालसहित १४ जनालाई कारबाही गरिएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। एमाले सचेतक शान्ता चौधरीले उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न निर्णय संसदीय दलले गरेको भन्दै संसद सचिवालयलाई सूचना दिएको जानकारी दिइन्। यी हुन् कारवाहीमा पर्ने सांसदहरू १. माधव नेपाल २. जीवनराम श्रेष्ठ ३. मुकुन्द न्यौपाने ४. विरोध खतिवडा ५. कृष्णलाल महर्जन ६. भवानी खापुङ ७. मेटमणी चौधरी ८. रामकुमारी झाँक्री ९. कल्याणी खड्का १०. लक्ष्मीकुमारी चौधरी ११. निरादेवी जैरु १२. पुष्पाकुमारी कर्ण १३. सरला…
काठमाडौँ: अफगानिस्तानबाट एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन्। तीमध्ये ११८ नेपाली र ९ जना भारतीय नागरिक नेपाल उत्रिएका छन् । अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उनीहरु प्राय अमेरिकी काबुलस्थित मिशनको कार्यालयमा कार्यरत थिए । उनीहरू जजिरा एयरलाइन्समार्फत् आज बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन्। काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा काठमाडौं पठाएको हो। उनीहरूको स्वागत गर्न काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए। उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी गरेको छ। ‘उहाँहरूलाई नेपाल सरकारको प्रोटोकलअनुसार सेनाको आइसोलेसन सेन्टरमा राख्न लागेका छौं। उहाँहरूको आजै एन्टिजेन्ट…
