Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल विना निष्कर्ष सकिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रचण्ड–माधव समूहले अब तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकाले छ । पार्टीमा पछिल्लो समय देखिएको विवादका विषयमा बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफल विना निष्कर्ष सकिएपछि प्रचण्ड–माधव समूहका सचिवालय सदस्य एवं स्थायी कमिटी सदस्यहरु खुमलटारमा भेला भएका थिए । बालुवाटारबाट प्रचण्ड र नेपाल फर्किएपछि खुमलटार भेलामा उनीहरुसहित सचिवालय सदस्यहरु झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल भेला भएका थिए । भेलामा सहभागी एक नेताले भने ‘तीन नेताबीच…
काठमाडौं: कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकहरु अब सरकारी खर्चबाट स्वदेश फर्किन पाउने भएका छन् । अलपत्र नागरिकलाई फिर्ता ल्याउने बनेको कार्यविधि २०७७ पारित भएसँगै सरकारी खर्चमा अलपत्र नागरिक फर्किन पाउने भएका हुन् । कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रबद्र्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय सरकारले गरेको प्रवक्ता डा। युवराज खतिवडाले बताए । स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कोषको रकम प्रयोग गरिने उनले बताए । त्यस्तै सरकारले नेपालमा लगानी गरेका लगानीकर्ता र उनका परिवार, नेपालमा शाखा खोलेर कारोबार…
काठमाडौं: बिहीबारदेखि देशभरिका जिल्ला अदालतहरूमा मुद्दा प्रक्रियाको फरक व्यवस्थापन सुरू भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले एक विज्ञप्ति जारी गर्दै साउन १ देखि ‘फरक व्यवस्थापन’ कार्यान्वयनमा ल्याइएको बताएका छन्। फरक व्यवस्थापन भनेको मुद्दा वर्गीकरण गरी दर्तादेखि फैसलासम्मको कार्यतालिका सेवाग्राहीलाई दिइने पद्धति हो। सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार, मुद्दा आएपछि कर्मचारीले त्यो मुद्दालाई एउटा सफ्टवेयरमा इन्ट्री गराउँछन्। अनि नियम र दिग्दर्शनको आधारमा सफ्टवेयरले उक्त मुद्दाको वर्गीकरण गर्छ। सर्वोच्च अदालतले मुद्दाको वर्गीकरण गर्ने दिग्दर्शन बनाइसकेको छ। मुद्दा सरल, सामान्य र विशेष प्रकृति गरि तीन थरीका हुन्छन्। ‘सफ्ट्वेयरमा इन्ट्री गरेपछि दिग्दर्शनले निर्धारण गरेको आधारमा रहेर मुद्दाको मार्ग पहिचान हुन्छ। अनि दर्तादेखि फैसलासम्मका मुख्यमुख्य…
काठमाडौं: लकडाउनका कारण उडान बन्द भएका वायुसेवा कम्पनीहरुलाई सरकारले राहत दिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले व्यवसायिक तथा मनोरञ्जनात्मक उडान भर्ने वायुसेवा कम्पनीहरुलाई त्यस्तो विमानको पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो । यो छुट चैत १ गतेदेखि लकडाउन खुलेको १ महिनासम्मको लागि लागु हुनेछ । त्यस्तै, आन्तरिक एवं अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र कम्पनीले भाडामा लिएर विभिन्न प्रकारका सेवा दिइरहेका पसलहरुको भाडा चैत १ गतेदेखि लकडाउन खुलेको मितिले १ महिनासम्म कोठा वा कवलको बहालमा र बहालकरमा ७५ प्रतिशका दरले छुट दिने निर्णय समेत गरिएको बिहीबारकाे पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । साथै, सो…
काठमाडौं: नेपाली कांग्रेसको इतर पक्षले हालै पार्टीका विभाग गठन र मनोनयनहरू भएकोमा आपत्ति जनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले विधान र निर्वाचन आचार संहिता विपरीत सभापति शेरबहादुर देउवाले विभाग गठन र मनोनयन गरिरहेको आरोप लगाउँदै आपत्ति जनाएका हुन् । उनीहरूले सभापति देउवा र निर्वाचन समितिको ध्यानकर्षण गराउँदै विभाग गठन र मनोनयनको काम तत्काल रोक्न माग गरेका छन् । आगामी फागुनका लागि निर्धारण भएको चौधौँ महाविधेशन प्रभावित पार्ने गरी मनोनयन गरेको उनीहरूको आरोप छ । तीनै जना नेताले संयुक्त हस्ताक्षर गरेर पार्टीको निर्वाचन समितिलाई विरोधपत्र बुझाएका छन् । पत्रमा भनिएको छ, ‘विधि पद्धति…
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले यस्तो बताएका हुन् । उनले विदेशबाट हवाइ तथा स्थलमार्गबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न मन्त्रालयल सक्षम रहेको जानकारी दिए । उनले भने, ‘ हवाई तथा स्थलमार्गबाट आउनेहरुको पीसीआर गराउन मन्त्रालय कटिबद्ध छ ।’ विदेशबाट आएकाहरु घटेको र क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि घटेका कारण परीक्षणको दायरा कम भएको बताए । उनले दैनिक १० हजारको पीसीआर परीक्षणको क्षमता भए पनि यो भन्दा बढीको पनि परीक्षण गर्न मन्त्रालय सक्षम रहेको बताए । संक्रमण…
काठमाडौ: नेपालमा विहीबार थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको परीक्षण भएकोमा १६७ मा कोरोना पुष्टि भएको हो पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २४९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म…
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल पनि बिना निष्कर्ष टुंगिएको छ । साढे २ घण्टा छलफल भए पनि ठोस सहमति नभएको बालुवाटर स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘साढे २ घण्टा छलफल भएको छ । ठोस कुनै सहमति भएको छैन ।’ यसअघि ओली र प्रचण्डले एक्लाएक्लै छलफल गर्दै आएका थिए। अध्यक्षद्वयले बुधवार पनि साढे दुई घण्टा छलफल गरेका थिए। पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला केही दिन एक्लाएक्लै छलफल गरेका ओली-प्रचण्ड ठोस निष्कर्षमा पुग्न सकेका छैनन्। यसअघि अध्यक्षद्वयले आफ्ना केही सहयोगी नेताहरुलाई छलफलमा सहभागी…
काठमाडौं : महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलिले मिति २०७७।०३।३१ गते अं। १२।०० बजेको समयमा जिल्ला काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं १० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय क्षत्रमा यातायात कार्यालय जाने सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भनी सार्वजनिक सडकमै सर्वसाधरण सेवाग्राहीलाई हैरानी दिने ४ जना ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जि। ओखलढुंगा चम्पादेवी गा।पा। वडा नं।०४ घर हुने बर्ष ३० को पुष्कर कटुवाल, जि। धनुषा हरीहरपुर गा।पा। वडा नं।०७ घर हुने बर्ष ३० को बिमल लामा, जि।धादिङ बेनीघाट रोराङ गा।पा। वडा नं।०६ घर हुने बर्ष २६ को बिनोद पुलामी, जि।लम्जुङ मर्स्याङदी गा।पा। वडा नं।०२ घर हुने बर्ष २६ को…
काठमाडौँ : प्रहरीले आज नेपाल टेलिकमको सेर्भर ह्याक गर्ने एक ब्यक्ती लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिवाकर देउजा रहेका छन । प्रहरीको बिस्तृत रिपोर्ट यस्तो छ नेपाल टेलिकमको मोबाईल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरी आफुले आर्थीक लाभ समेत लिई नेपाल टेलिकमलाई हानिनोक्सानी पुर्याएई कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुर्यानएको हुँदा कारबाही गरी पाउँ भनि नेपाल टेलिकमको मिति २०७७ असार १२ गतेको पत्र यस ब्यूरोमा प्राप्त भएकोमा अनुसन्धानको सिलसिलामा ह्याकरले उन्त्रकेअब्ले इन्तेर्नेत् प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक-पटक पहुँच बनाएको देखिई…
