Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सुर्खेत । कर्णाली प्रदेशमा केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फर्ता लिँदै संसद सचिवालयलाई जानकारी गराउने निर्णय समेत गरेको छ । हाल कर्णालीमा माओवादी केन्द्रको नेतृत्व रहेको छ । बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गर्नुका साथै अनुपस्थित नेपाल पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि गरेको छ। बैठकमा एमाले प्रदेश इञ्चार्ज यमलाल कँडेल सहित १० जना सांसदहरु सहभागि थिए । कँडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै अब प्रक्रियाबाट नयाँ सरकार गठनमा लागिने बताए । सांसद…

Read More

काठमाडौँ: नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारीका कारण पार्टी संकटमा फसेको बताएका छन्। नेपाल-खनाल समूहको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्। अहंकार र स्वेच्छाचारितामा डुबेर एमाले अध्यक्ष ओलीले मनपरीतन्त्र चलाउन थालेपछि अहिले सम्पूर्ण पार्टी नै संकटमा फसेको उनले उल्लेख गरे। नेता खनालले एमाले अध्यक्ष ओलीले पार्टीलाई विभाजन र विसर्जनको दिशामा अगाडि बढाएको आरोप पनि लगाए। ‘सर्वोच्चको फैसलापछि तीन वर्षअघि एकीकरण भएका दुई पार्टी साविककै अवस्थामा पुगिसकेका छन्,’ उनले भने,‘नयाँ परिस्थितिमा केन्द्रीय कमिटी बैठक बोलाएर छलफल गर्नुपर्ने थियो। तर, उहाँले फागुन २८ गते गुटको भेला बोलाएर पार्टीलाई विभाजनको दिशामा अगाडि…

Read More

काठमाडौँ: नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच आधारभूत सहमति जुटेको छ। फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि दलहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने कसरत चलिरहेको छ। अब चाँडै नै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने नेताहरुले बताएका छन्। सोमबारसम्म सरकारबारे अनिर्णित अवस्थामा रहेका दलहरु मंगलबार भने निष्कर्षमा पुगेको उनीहरुको भनाइ छ। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लामो छलफलपछि तीन दलबीच सहमति जुटेको खुलासा गरे। ‘कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपासहितको सहभागितामा सरकार बन्ने निश्चित भएको छ,’ सप्तरी पुगेका नेता सिटौलाले भने, ‘यसका निम्ति सबै तयारी पुरा भएको छ।’ सिटौलाका अनुसार चैत महिनाभित्रै…

Read More

काठमाडौँ: विभाजित भइरहेको एमाले मिल्छ होला भनेर देशभरका कार्यकर्ता हर्षित भए । तर, ‘मिल्न हैन, अल्मल्याउन प्रहसन रचियो’ भन्ने निश्कर्ष छ, झलनाथ–माधव समूहको । आइतबार रातको पौने ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई फोन गरे । त्यसबेला माधव ४ र ५ को राष्ट्रिय भेलाको विषयमा केही सहकर्मीसँग कुराकानी सकेर विश्रामको तयारीमा थिए । त्यहीबेला ‘नो नम्बर’ बाट फोन आयो । फोन रिसिभ हुनासाथ ‘हलो–हाई’ नभनी एकैचोटि स्वर गुञ्जियो, ‘भेटौँ न !’ माधवले केपीको स्वर चिनिहाले र जवाफ पनि दिइहाले, ‘हुन्छ’ । केपीले ‘बालुवाटार आउनु न त’ भनी निम्तो गरे । माधवले भने, ‘त्यहाँ त आउँदिन †…

Read More

काठमाडौँ: सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिर लैजाने संकेत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्रीहरू सहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पुनःस्थापनापछि पनि प्रतिनिधिसभा चल्न नसकेको कारण उल्लेख गर्दै फेरि निर्वाचनमा जान सकिने धारणा राखेका हुन् । अन्य राजनीतिक दलका नेताले प्रतिवाद गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको भनाइको बचाउ गरेकी थिइन् । ‘चुनावमा जाने कुरा लोकतान्त्रिक हो, यसलाई नकारात्मक रूपमा लिन भएन,’ राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर निर्वाचनमा जाने/नजाने तपाईंहरूले नै निर्णय गर्ने हो ।’…

Read More

काठमाडौँ: नर्भिक अस्पतालले काँग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र उनको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको जानकारी दिएको छ । बुधबार बिहान ७ बजे जारी गरिएको विज्ञप्तिमा हाल भेन्टिलेटरमा नै राखेर उनको उपचार जारी राखिएको अस्पतालले बताएको हो । जोशी गत फागुन १४ गते मष्तिष्क घात भइ उपचारका लागि अस्पतालमा भर्ना भएका थिए ।

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको ७ महिना अर्थात माघ महिनासम्ममा मुलुकमा ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १०.९ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघ महिनामा मात्रै ७१ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत पुस मसान्तसम्म ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको थियो । गत वर्षको तुलनामा भन्दा चालु आवको माघमसान्तमा रेमिटयान्स आप्रवाहको दर दोहोरो अंकले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले…

Read More

काठमाडौँ: नेपाल आयल निमगले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले यहाँ पनि पेट्रोल, डिजेल मटितेल, र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ११८, डिजेल १०१ र मटितेल १०१ रुपैयाँ र हवाई इन्धन आन्तरिकको प्रतिलिटर ७४ रुपैयाँ पर्नेछ । हवाई इन्धन (अन्तर्राष्ट्रिय) र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखेको जनाएको छ । भारतीय आयल कर्पोरेसन्स (आइओसी) ले मार्च १६ मा पठाएको मूल्यसूची…

Read More

काठमाडौँ: सत्तारूढ नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरू हुने भएको छ। भेलाको सबै तयारी पूरा भइसकेको उक्त समूहले बताएको छ। ललितपुर सानेपास्थित होटल हेरिटेज गार्डेनमा भेला हुने भएको हो। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले भेला नगर्न भने पनि उक्त समूहले पूर्वनिर्धारित भेलालाई जारी राख्ने भएको छ। भेलामा जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय समिति सदस्य गरी दुई हजार जनाभन्दा बढी सहभागी हुने एमाले नेता योगेश भट्टराईले बताएका छन्। अध्यक्ष ओलीले एकलौटी हिसावले गत फागुन २८ मा केन्द्रीय समिति बैठकबाट नेकपा माओवादीका नेता रामबहादुर थापा बादलसहित…

Read More

काठमाडौँ: मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भूभागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार र शुक्रबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

Read More