Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बैंकहरु कात्तिक ७ गतेदेखि ११ गतेसम्म बन्द हुने भएका छन्। दसैँ बिदामा बैंकहरु खुला रहँदै आएकोमा यस वर्ष भने बन्द हुने बैंकर्स संघले जानकारी दिएको छ। विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा ३७ सयभन्दा धेरै बैंकका कर्मचारीमा संक्रमण देखिएको संघले जनाएको छ। कोरोना भाइरसको संक्रमणबाट बच्न धेरैभन्दा धेरै कममात्रै बैंकिङ कारोबारका लागि शाखा कार्यालयमा जान संघले सुझाएको छ। बैंकमा नोटबाट पनि संक्रमणको जोखिम उच्च हुने भएकाले डिजिटल कारोबारका लागि बैंकहरुले अनुरोध गर्दै आएका छन्। संघले सम्पूर्ण ग्राहकहरुलाई घरबाटै कारोबार गर्न सुझाएको छ।

Read More

काठमाडौँ: अर्थमन्त्री विष्णु पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डाक्टर प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेका छन्। अर्घाखाँची गृहजिल्ला भएका श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुन्। यसअघि दुई वर्ष प्रदेश ५ योजना आयोगको उपाध्यक्षको जिम्मेवारी पूरा गरेका श्रेष्ठले नेपालको आर्थिक क्षेत्रको विज्ञ मानिन्छन्। कोरोना महामारीसँगै देशको अर्थतन्त्र शिथिल भएको अवस्थामा दोस्रोपटक अर्थ मन्त्रालयको बागडोर समालेका अर्थमन्त्री पौडेललाई सफल बनाउन सल्लाहकारको समेत महत्वपूर्ण भूमिका रहने छ। श्रेष्ठले अहिलेको जटिल अवस्थामा देशको अर्थतन्त्र सुधारको लागि आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म योगदान गर्ने बताए। ´अहिले चुनौती छ, तर चुनौती छ भनेर हात-खुट्टा बाँधेर बस्ने अवस्था पनि होइन, जसले गरे पनि केही न केही योगदान गर्नुपर्ने थियो,…

Read More

काठमाडौँ: कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गर्नुपर्ने भएको छ। कक्षा ११ को पढाइ हुने देशभरका सबै विद्यालयमा शैक्षिक वर्ष २०७७ देखि नयाँ पाठ्क्रम लागू गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्वीकृत पाठ्यक्रमअनुसार कक्षा ११ मा पठनपाठन गर्न मन्त्रालयले विद्यालयहरू लाई निर्देशन दिएको हो। मन्त्रालयका उपसचिव विदुरराज गिरीले केही विद्यालयहरूले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन गरेको गुनासो आएकोले त्यसो नगर्न निर्देशन दिइएको बताए। ‘कक्षा ११ को स्वीकृत नयाँ पाठ्यक्रमअनुसार मात्र पठनपाठन गर्न गराउन तथा सोहीअनुसार विद्यार्थीको मूल्यांकन गर्ने व्यवस्था हुन समेत सम्बन्धित सबै विद्यालयहरूलाई जानकारी गराइन्छ,’ उनले भने।

Read More

काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले कोरोना संक्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने निर्णय तुरुन्न्त फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा  रहनुपर्ने बेलामा निःशुल्क उपचार गर्न नसक्ने निर्णय गर्नु  अनुचित भएको बताएका छन्। सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका उनको भनाइ छ। उनले महामारीका बेला महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने भन्दै विपन्न र बेसहारा नागरिहरुप्रति संवेदशील बन्न आग्रह गरेका छन्। ‘यस्तो…

Read More

दाङ: राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा भइरहेको वा हुन सक्ने गैरकानूनी जग्गा कारोबार बन्द गर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार सूचना प्रकाशन गर्दै बन्द नभए कठोर कदम चाल्ने चेतावनी दिएको छ । प्रदेशसभाबाट गत असोज २० गते राप्ती उपत्यका( देउखुरी) लाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित भएको थियो । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएका क्षेत्रमा राप्ती गाउँपालिकाको क्षेत्रसमेत पर्ने भएकाले सो क्षेत्रभित्र जग्गाको किनबेच हाल रोक्का गरिएको जानकारी दिए। कुनै पनि व्यक्तिलाई जग्गा गैरकानूनी किनबेच नगर्न तथा नगराउन अनुरोध गरेका छन्। गाउँपालिकाले आफ्नो भूउपयोग नीति तयार गरेकाले सबै क्षेत्रमा घर घडेरीका…

Read More

कैलाली : कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ । प्रहरी बिटका इन्चार्ज गोविन्द विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा साउदको शव भेटिएको हो । शनिबार राति मोटरसाइकल गस्तीमा गएका बेला असई विक र जवान रामबबहादुर साउद तस्कर समूहको निशानामा परेका थिए । विकको शव मोहना नदीमा भेटिएको थियो । सम्पर्कविहीन भएका जवान साउदको शव चार दिनपछि मंगलबार सोही ठाउँमा भेटिएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरु सामूहिक आक्रमणमा परेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

Read More

गलकोट: हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् । दशैँ, तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोइसाध्य छैन । रु ९५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै दुई गुणा पर्न जाने मासु व्यवसायी कृष्ण खड्काले बताउनुभयो । मुस्ताङबाट हिँडेको च्याङ्ग्रा व्यापारीहरुले बागलुङ बजारमा ल्याएका छन् । कोरोनाका कारण तिब्बतबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि मुस्ताङमा मात्रै उत्पादित च्याङ्ग्राले बजारको माग धान्नै धौधौ परेको छ । मूल्य बढी पर्ने भएकाले गत वर्षको तुलनामा च्याङ्ग्राको व्यापार घट्दै गएको बागलुङबाट…

Read More

काठमाडौँ: सरकारी अस्पतालले कोभिड–१९ संक्रमित बिरामीको उपचार खर्च नबेहोर्ने सरकारको निर्णय कार्यान्वयन गर्न थालेका छन् । काठमाडौंस्थित सिभिल अस्पतालले सोमबार सूचना जारी गर्दै संक्रमित आफैंले उपचार खर्च र खाना खर्च बेहोर्नुपर्ने बताएको छ । सूचनामा खाना अस्पतालको क्यान्टिनमा नगद धरौटी राखेपछि उपलब्ध हुने जानकारी गराइएको छ । अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले यो नियम सोमबारदेखि लागू भएको बताए । वीर अस्पतालले नयाँ निर्णय छिट्टै लागू हुने जनाएको छ । ‘सम्भवतः मंगलबारदेखि लागू हुन्छ,’ अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले भने । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले स्पष्ट ‘गाइडलाइन’ तयार भए मात्र लागू हुन सक्ने बताए । उनले भने, ‘सरकारले बिरामीको अवस्थाअनुसार उपचारको…

Read More

काठमाडौँ: कोरोना परीक्षण र उपचारमा सरकारले शुल्क लिन थालेपछि संक्रमण तीव्र विस्तारको जोखिम बढ्ने चेतावनी विज्ञहरूले दिएका छन् । सामान्य लक्षण देखिएका शंकास्पद व्यक्तिले परीक्षण नै नगर्ने भएकाले समुदायमा संक्रमण व्यापक फैलिने उनीहरूले बताएका छन् । विज्ञहरूले कोरोना उपचारमा शुल्क तोकेपछि हुने महामारीले मुलुकको अर्थतन्त्रलाई नै प्रभाव पार्ने चेतावनी दिएका छन् । उनीहरूले शुल्क लिने निर्णय यही सरकारले ल्याएको जनस्वास्थ्य ऐन २०७५ विपरीत रहेको बताए । ‘शुल्क लिने निर्णयबाट संक्रमण र मृत्यु बढ्नेछ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘अन्ततः यसले देशको अर्थतन्त्र ध्वस्त बनाउँछ ।’ करिब एक महिनाअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा स्वास्थ्य मन्त्रालयमा रहेको इन्सिडेन्ट कमान्ड…

Read More

काठमाडौँ: वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट ७८ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्ड विपरित कार्य गर्ने १३७ पसललाई कारवाही स्वरुप जरिवाना गर्दा ७८ लाख ५७ हजार राजश्व संकलन भएको विभागले जनाएको हो । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार एक महिनाको अवधिमा ८०१ फर्मको अनुगमन गर्दा १३७ फर्मलाई जरिवाना गरिएको हो । अनुगमनका क्रममा ९८ हजार ७८२ रुपैयाँ बराबरको खान अयोग्य तथा म्याद सकिएको खाद्य वस्तुको नष्ट गरिएको थियो । उनका अनुसार सो अवधिमा १०४ फारामलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न,…

Read More