Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै एमालेले सचिवालय बैठक डाकेको हो ।सचिव महेश बस्नेतले अहिले बिहान साढे ८ बजे सचिवालय बैठक बस्ने जानकारी दिए । बालेन्द्र सरकार राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बाटोमा उत्रिएको भन्दै उनले एमालेले संघर्षका कार्यक्रम थाल्ने र अबको योजनबारे निर्णय लिन बैठक बोलाइएको बताए । प्रहरीले ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि ओलीलाई आज बिहानै गुण्डुबाट गिरफ्तार गरेको छ ।

Read More

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न एमालेले आजैदेखि आन्दोलन थाल्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले प्रदर्शनको कार्यक्रमबारे केही समयमा जानकारी गराउने जानकारी गराएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको उनको जिकिर छ । यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको उनको भनाइ छ । ‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छु’ बस्नेले भनेका छन् ।…

Read More

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताएका छन् । ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ’, उनले लेखेका छन्, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’ उनले अब देशले नयाँ दिशा दिने पनि बताएका छन् ।

Read More

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै गाडीमा राखेर काठमाडौं प्रहरी परिसर लगेको छ । आज बिहान उनलाई गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै सरकारले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको छ । ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान प्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिसकेको छ। भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो । आफूलाई पक्राउ…

Read More

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे । उनका अनुसार, लेखकलाई प्रहरी परिसर भद्रकाली ल्याइँदैछ । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट केहीबेर अघि प्रहरीले पक्राउ गरेको थियो । ‘उहाँलाई हामी परिसर ल्याउँदैछौं,’ ती प्रहरी अधिकारीले भने । नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरेका थिए।

Read More

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। केहिबर अघि उनलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा प्रवेश थियो । जरुरी पक्राउको पूर्जी लिएर शनिबार बिह्नाइ प्रहरी उनको निवास पुगेको थियो। काठमाडौँ अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको हो । उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।

Read More

काठमाडौँ: पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित घरबाटै शनिबार बिहान ५:४० बजे पक्राउ गरेको हो। उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो। गत भदौ २३ गते भएको जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए। यस दिन काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर १९ युवा मारिएका थिए। जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीविरुद्ध फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। शुक्रबार बालेन्द्र शाह नेतृत्वको…

Read More

काठमाडौँ । र्‍यापर बालेन्द्र (बालेन) शाह नेपालका जननिर्वाचित कान्छा प्रधानमन्त्री बन्न सफल भएका छन् । ३६ वर्षको उमेरमा उनी देशको कार्यकारी पदमा पुग्न सफल भएका छन् । २०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा जन्मिएका उनी हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट निर्वाचित भए । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरी प्रधानमन्त्री बन्ने श्रेष्ठता हासिल गरे । बालेन ६८ हजार ३४८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी ओलीले १८ हजार ७३४ मतमात्र प्राप्त गरेका थिए । बालेन यसअघि काठमाडौँ महानगरपालिकाको नगर प्रमुख थिए । उनी माघ ४ गते…

Read More

काठमाडौँ । जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट दुई तिहाइ नजिक बहुमत पाएसँगै प्रधानमन्त्री नियुक्त भएका बालेन शाह (बालेन्द्र)ले आफ्नो शपथका क्रममा नयाँ प्रयोग गरेका छन् । विगतमा प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा फगत शपथ मात्रै हुने गरेकामा यो पटक उनले राष्ट्रपति भवन शीतल निवासमा नयाँ प्रयोग गरेका छन् ।नयाँ प्रयोग यसअर्थमा कि उनले शपथअघि वैदिक परम्परालाई पनि स्मरण गराए । उनले शपथका क्रममा एकसाथ सात शंखबाट शंखनाद गराइयो भने १०८ जना बटुकहरूबाट स्वस्तिवाचन गराइयो । त्यस्तै १६ जना भिक्षुहरूबाट अष्टमंगल पाठ गरियो । योग र अध्यात्मका अनुसार मानव शरीरमा सातवटा मुख्य ऊर्जाहरू (चक्र) हुन्छन्। शंखको ध्वनिले उत्पन्न गर्ने कम्पनले ती सात च्रकहरू…

Read More

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । को को बने मन्त्री ? प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् । सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र…

Read More