Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: काठमाडौँ प्रहरी परिसरले शनिबार बिहानै काठमाडौँको खसीबजारबाट बाख्राको मासुलाई खसीको मासु भन्दै बेच्ने चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । आज बिहान ५ बजेको गरिएको उक्त अपरेसनमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नम्वर १४ कलंकी खसीबजार स्थितमा भारत बिहार बहराइज घर भई ऐ. खसीबजार स्थितमा जिऊदो खसीबेच्ने प्रयोजनार्थ राखेको खसी पसलमा खसीको मासुसंगै बाख्री पनि काटी बाख्रीको मासु (बाख्री भनी पहिचान खुल्ने अङ्गहरु लुकाई) खसिको मासुमा मिसाई खसीकै मासु हो भनी बेच्ने गरेको भन्ने विषेष सुचनाको आधारमा ऊक्त पसलमा कालिमाटीको प्रहरी टोलि खटिगई हेर्दा विक्रि वितरण गर्नको लागी राखिएको बाख्री १५ वटा र खसीको मासु भनी बेच्नको लागि तयार…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए । उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पुर्‍याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरि १४९ पुर्‍याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए । सरकारले २०७७ माघ १४ गते नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख…

Read More

काठमाडौँ: आजदेखि ‘नेपाल मास्क अभियान’ सुरु हुँदै छ। ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ मूल नाराका साथ स्वास्थ्य मन्त्रालयले साउन २९ सम्मका लागि देशभर मास्क लगाउने अभियान सञ्चालन गर्न लागेको हो। ‘म पनि मास्क लगाउँछु अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ जस्ता नाराका साथ मास्क अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

Read More

काठमाडौँ: बालाजुको नेबिको बिस्कुट कारखानामा आगलागीबालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा लिन कठिन भएको छ । औद्योगिक क्षेत्रमा रहेको विष्कुट फ्याक्ट्रिमा शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले बताएको छ । प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन । सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीको भनाइ छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्र रातिदेखि नै आगो निभाउन खटाइएको थियो । सम्भव नभएपछि बिहान हेलिकप्टरको प्रयोग गरिएको हो । आगो नियन्त्रणमा नआएपछि हेलिकप्टर पनि फर्किएको…

Read More

काठमाडौँ: मनसुन सक्रिय भएसँगै आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । आज दिउँसो प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान श्रावण २३ गते शनिबार दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । राति : देशभर सामान्यदेखि पूर्णबदली रही…

Read More

काठमाडौँ: चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका सम्बन्धमा संसदीय अर्थ समितिले नेपाल राष्ट्र बैङ्कलाई १७ बुँदे निर्देशन दिएको छ । आर्थिक उत्थानका लागि हदैसम्मको रणनीति अपनाउन आग्रह गर्दै समितिले राष्ट्र बैंकलाई १७ बुँदे निर्देशन दिएको हो । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले कोरोना संक्रमणका कारण मुलुकको अर्थतन्त्र पारेको प्रभावलाई उत्थान हुने गरी आवश्यक नीति तथा रणनीति अपनाउन राष्ट्र बैंकलाई आग्रह गरेको हो । मुलुकको अर्थतन्त्र उत्थानका लागि आवश्यक नीति क्षेत्रको सुधार, कर्जा, पुनर्कर्जा तथा सहुलियत ऋणको कार्यक्रमलाई निरन्तरता दिँदै अर्थ सुव्यवस्थाका लागि बैङ्क तथा वित्तीय क्षेत्रलाई समेत सहज नीति ल्याउन आग्रह गरेको छ । मौद्रिक नीतिबाट पूँजी बजारको…

Read More

काठमाडौँ: नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अध्यक्ष केपी ओलीसँग लतारिएर एकता नगर्ने निष्कर्ष निकालेको छ । शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ‘हामी लतारिँदैनौ, सम्मानजनक एकताको पक्षमा छौ, एकता दुवै पक्षको जित हो, विभाजनमा गयौँ भने सर्वनाश हो’, पन्तले बैठकको निष्कर्ष सुनाउँदै भने । त्यस्तै बैठकले अध्यक्ष ओली पक्षले एकपक्षीय रूपमा गरेको पार्टीका सङ्गठनात्मक गतिविधि तत्काल रोक्न माग पनि गरेको छ । दुई दिनसम्म चलेको सो समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता पन्तले जानकारी दिए । ‘पार्टी एकताका लागि वार्ता चलिरहेका बेला सदस्यता नवीकरण, अधिवेशन लगायतका सङ्गठनात्मक…

Read More

काठमाडौँ: सर्वोत्तम सिमेन्टको शेयरमा नियामक निकाय प्रमुखहरुको संलग्नताको विषयलाई लिएर अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जसँग ओभर दी काउण्टर अर्थात ओटीसी मार्केटमा भएको कारोबार विबरण ३ दिन भित्र बुझाउन निर्देशन दिएको छ । मन्त्रालयले सर्वोत्तमले ओटीसी मार्केटमा आबद्ध हुन निवेदन दिएका दिनदेखिको विबरणहरु पेश गर्न नेप्सेलाई भनेको हो । सर्वोत्तमको शेयरमा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेप्से प्रमुख चन्द्रसिंह साउद लगायतले गरेको लगानीको विषय सार्वजनिक भएपछि उनीहरु नैतिक संकटमा परेका छन् । यस सम्बन्धमा नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई अर्थ मन्त्रालयले यस अघि तथ्य सहित प्रष्टीकरण सोधेको थियो । मन्त्रालयले तथ्यपरक…

Read More

काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन्। शुक्रवार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्म बमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । “राजश्व भनेको जनताको पसिनाको थोपा थोपाको संग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ ।” उनले भने । मन्त्री शर्माले राज्यका हरेक नीतिहरु निरन्तर सुधारको प्रक्रियामा रहेको भएतापनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक सुधार’ चाहेको बताए । “निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ । निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन…

Read More

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । मन्त्रालयमा आज बसेको एक बैठकले कस्षा १२ को परीक्षा गर्दा कोभिडको झनै जोखिम बढ्ने बन्दै यस्तो सिफारिस गरेको स्रोतले पहिलोक्लिक्लाई बताए। यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ । परीक्षा साउन २६ गतेदेखि हुँदै थियो ।

Read More