Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिदाइ गरेको छ । आफ्नो ३० वर्षे सेवा अवधि सकिएकाले रातिदेखि अनिवार्य अवकाश लिन लाग्नुभएका खनाललगायत प्रहरी अधिकृतहरुको आज साँझ एक समारोहका बीच बिदाइ गरिएको हो । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजी) ठाकुरप्रसाद ज्ञवालीले उहाँलाई बिदाइ गर्नुभएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । बिदाइ समारोहमा महानिरीक्षक खनालले आफ्नो सेवा अवधिमा धेरै अनुभव सङ्गालेको बताउँदै आफूले विभिन्न आलोचना र आरोपसमेत खेप्नुपरेको प्रतिक्रिया दिनुभयो । उहाँले आफूमाथि गलत आरोप लगाउने प्रयास भएको भन्दै दुखेसो पनि गर्नुभएको थियो । सो क्रममा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले सङ्गठनको नेतृत्व…

Read More

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेकी हुन् । प्रमाणीकरण हुने विधेयकहरुमा प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी, प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) विधेयक रहेका छन् ।

Read More

काठमाडौं :  स्थान गृह मन्त्रालयको सभाहल                   समय ठिक १ बजे मंगलबार  ठिक १ बजेको थियो, गृहमा आजबाट ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल टुप्लुक्क गृहको सभाहलमा झुल्किए । कार्यक्रम थियो, ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस, मुल समारोह समितिको बैठक । संगसंगैं सचिव, मुख्य सचिवलाई सलाम गर्दै, अलि हँसिलो अनि अलि अलि मलिन अन’हारमा फिसिक्क हाँसो निकाल्दै बोल्न थाले, हजुर आजबाट म जाँदैछु । आजसम्म त मै आइजी हो नी । विदा माँगे, र फेरि ठुला स्वरमा ठट्यौली पारा निकाल्दै भने – मन मनमा…

Read More

जनकपुरधाम : जनकपुरस्थित राम स्वरुप रामसागर बहुमुखी क्याम्पसका प्राध्यापक उपस्थित नभए पनि रजिष्टरमा भने हाजिर बन्ने उपस्थित गरेको खुलेको छ। मंगलबार क्याम्पसमा प्राध्यापक इन्द्रदेव यादब उपस्थित भएका थिएनन्। तर क्याम्पसको रजिष्टरमा भने उनी उपस्थित भएको देखिन्छ। उनी क्याम्पसको रजिष्टरमा हाजिर गरेको देखिएपछि विद्यार्थीले आन्दोलन गरेका छन्। विद्यार्थीले विरोध प्रदर्शन गर्दा क्याम्पस प्रशासनले छानविन गर्ने प्रतिवद्धता जनाएको छ। स्नातक तहमा अध्ययनरत विद्यार्थी गौतम यादबले प्राध्यापक यादब क्याम्पसमा नआएको तर रजिष्टरमा हाजिर गरेको देखेपछि आफूहरू विरोधमा उत्रेको बताए। उनले भने, ‘प्राध्यापक पढाउन आउँदैनन्। तर हाजिर बनाएर तलब खाने गरेका छन्। आज रजिष्टर चेक गर्दा प्राध्यापक यादब अनुपस्थित रहे पनि…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यताको इतिहास र संस्कृति सिकाउनु जरुरी रहेको बताएको छ । गृह मन्त्रालयमा आज ७० औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा वर्तमानप्रति जिम्मेवार बन्ने र भविष्यप्रति उत्तरदायी हुने सभ्य समाज हुने तर मनपरी गर्न पाइने छाडातन्त्र स्वीकार्य नहुने स्पष्ट गरे । आफ्नो सभ्यताको राम्रा पक्षलाई जोगाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले अग्रजको सम्मान गर्न आग्रह गरे । राष्ट्र एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेतृत्व गरेको प्रसङ्ग जोड्दै प्रधानामन्त्री ओलीले नेपाली जनताकै अथक प्रयासबाट राष्ट्र निर्माणको गौरवपूर्ण इतिहास रचिएको बताए । उनले भने, “ तत्कालीन समयमा कालु पाँडे काटिए,…

Read More

तानसेन: पाल्पाको रामपुरमा गौशाला बनाउन रकम जुटाउने उद्देश्यले आगामी फागुन १२ गतेदेखि महायज्ञ हुने भएको छ । अव्यवस्थित गाईको संरक्षणका निम्ति गौशाला र धर्मशाला बनाउन फागुन २० गतेसम्म रामपुर नगरपालिका वडा नम्बर ६ तातोपानी धाम रामपुर पाल्पामा महायज्ञ चल्ने छ । वडाध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेले नेपालको राष्ट्रिय जनावर गाईलाई हिन्दू धर्मालम्बीले लक्ष्मीको प्रतीकका रुपमा मानेर पूजा गर्दै आए पनि पछिल्लो समय हेयको दृष्टिले हेरिएकाले यसको संरक्षण गर्न र गौशाला निर्माणका लागि यज्ञ गर्न लागिएको जानकारी दिए । महायज्ञ मूल आयोजक समितिका सचिव वासुदेव ढकालले गाईको संरक्षण गर्दै गाई पाल्ने शैलीको विकाससमेत गराउन खोजिएको जानकारी…

Read More

काठमाडौँ: शेयर बजारमा अवैध लगानी नभित्रियोस् भन्ने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थालाई पूर्णरुपमा लागू गर्ने भएको छ । बोर्डले ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली २०६४’ लाई संशोधन गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानूनबमोजिम लगानीको स्रोतसम्बन्धी विवरण खुलाउनुपर्ने व्यवस्था गरेको छ । बजारमा हुने लगानीका लागि अवैध पैसाको प्रयोग नहोस् भनेर त्यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ । बोर्डका सहायक प्रवक्ता रुपेश केसीका अनुसार बजारलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा कडाइ गरिएको हो । यस्तै बोर्डले मर्चेन्ट बैंकरको सञ्चालक तथा कार्यकारी प्रमुख धितोपत्र दलाल वा केन्द्रीय निक्षेप सेवा वा अन्य मर्चेन्ट बैंकर वा क्रेडिट रेटिङ…

Read More

चितवन: चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता दामोदर बस्यालको मृत्यु भएको छ । सोमबार राति माडी नगरपालिकाको बगइबाट घरतिर जाँदै गरेका बस्याल सवार प्रदेश नं.३–००१प–३५९६ नम्बरको मोटरसाइकल वडा नं. ६ स्थित तमुचोकमा अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको भरतपुरस्थित पुरानो मेडिकल कलेज भरतपुरमा सोमबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । बस्यालको पार्थिव शरीरमा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले उनकै निवास माडीमा पुगेर पार्टीको झण्डा ओढाएका थिए । २०४७ सालमा तत्कालिन अनेरास्ववियुको जिल्ला अध्यक्ष…

Read More

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.११ विन्दुले बढेर आज एक हजार ३४१.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.७५ ले बढेर २८५.३७ मा पुगेको छ । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा समेत परेको छ । कूल १७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर रु एक अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूह १०.६७ ले घट्दा बैंकिङ…

Read More

काठमाडौं । पहिलोपटक नेपालमा विद्युतको महसुल पनि सिजनल (मौसमी) रुपमा तोकिने भएको छ । प्राधिकरणले हालै विद्युत निययन आयोगमा नयाँ महसुल दरको प्रस्ताव गरेको छ, जसमा टाइम अफ दि डे (टीओडी) मिटर जडान गर्ने ग्राहकलाई सिजनल मूल्य तोक्न प्रस्ताव गरिएको छ । साधारण घरेलु ग्राहकले भने यस्तो सुविधा पाउने छैनन् । सरकारले हिउँदमा भन्दा वर्षामा विजुलीको मूल्य सस्तो हुने गरी स्मार्ट मिटर (थ्रीफेज) जोडेकाहरुलाई यस्तो सुविधा दिन प्रस्ताव गरेको हो । घरेलु ग्राहककोमा यो खालको व्यवस्था गर्न तत्काल सम्भव नहुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । घरेलु ग्राहककोमा स्मार्ट मिटर नभएकाले यसरी समय अनुसारको महसुल तोक्न…

Read More