Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: उपत्यकामा जारी निषेधाज्ञा यही असर ७ गते सकिन्दै छ। तर उपत्यकाका सिडिओहरु भने कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न जारी निषेधाज्ञालाई ७ देखि १० दिनसम्म लम्ब्याउने तयारी भएको बताएका छन् । उपत्यकामा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेकाले जारी निषेधाज्ञाको अवधि थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए । ‘केही क्षेत्र खुला गरेर निषेधाज्ञालाई थप्ने तयारी गरेका छौं’ सीडीओ पराजुलीले भने, ‘हामीले संक्रमणसँगै मृत्युदरलाई पनि विश्लेषण गरेका छौं । पछिल्लो समय मृत्यु घटिरहेको छ र अझै केही समय परिस्थितीलाई हेर्नेछौं ।’ अहिलेको निषेधाज्ञाको अवधि असार ७ गते मध्यरातसम्म कायमै छ । सात गते अगाडि बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका…
काठमाडौँ: जारी युरो कप फुटबलको शनिबार भएको पहिलो खेलमा फ्रान्स र हंगेरीले १-१ को बराबरी खेल खेलेका छन् । हंगेरीको बुदापेस्टमा भएको खेलमा हंगेरीले पहिलो अग्रता लिएको थियो भने खेलको दोश्रो हाफमा फ्रान्सका अन्टोनियो ग्रिज्मेनले ६६ औं मिनेटमा बराबरी गोल गरेका हुन् । यो खेल समूह एफ अन्तर्गत भएको हो। खेल हेर्न ६७ हजार दर्शक थिए। हंगेरीको यस खेलसंगै १ अंक जुताउन सफल भएको छ। समूहमा हंगेरी तेश्रो तालिकामा उक्लिएको छ। एक मात्रै खेल खेलेको जर्मनी अंक विहीन छ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने स्पष्ट संकेत दिएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका हुन् । देउवाले शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताएका हुन् । ‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘अब म मेरै…
काठमाडौं: बाढीका कारण जलविद्युत आयोजनामा पुगेको क्षतिको अध्ययन गर्न उच्चस्तरीय संयन्त्र बनाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानले माग गरेको छ। यसै साता मुलुकका बिभिन्न जिल्लामा भएका बाढीपहिरोको घटनामा जलविद्युत आयोजनाहरुलाई क्षति पुगेको छ। निर्माणाधीन आयोजनामा क्षति पुर्याउँदा निर्माण अवधि कम्तिमा एक वर्ष लम्बिनुका साथै लागत समेत बढ्ने भएकाले आयोजनालाई राहत दिन उच्चस्तरीय संयन्त्र बनाएर अध्ययन गर्नुपर्ने इपान द्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यसका लागि गृह, ऊर्जा र अर्थ मन्त्रालय सम्मिलित उच्चस्तरीय संयन्त्र निर्माणका लागि इप्पानले जोड दिएको छ। गत सोमबारयता अविरल वर्षाका कारण नदीनालामा आएको अस्वभाविक तथा अत्यन्त भयानक बाढीपहिरोका कारण देशभरको जनजीवन प्रभावित हुनुका साथै धेरैजसो जलविद्युत आयोजना…
काठमाडौँ: हिमालपारी मनाङको हुम्डेमा केहीबेर मर्स्याङ्दी नदी थुनिएर अहिले खोलिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका छन्। नेस्याङ गाउँपालिका-४ हुम्डेमा नदी वरिपरिबाट गएको पहिरोले शनिबार केहीबेर नदी थुनिएको सिडिओ लामिछानेले बताए। ‘पहिरोले एकछिन मर्स्याङ्दी थुनियो, अहिले बगिरहेको छ,’ लामिछानेले भने, ‘पानीको सतह बढेको छ।’ विगत एक सातायता अत्यधिक वर्षाका कारण मर्स्याङ्दी नदीमा उर्लिएको बाढी शनिबार झनै बढेको लामिछानेले बताए। हुम्डेमा थुनिएको मर्स्याङ्दी बग्न थालेपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढ्ने भन्दै सबैतिर सूचना दिइएको उनले बताए। उनले भने, ‘तल्लो तटीय क्षेत्रमा मर्स्याङ्दी वरिपरि नबस्नु भनेर सूचना दिएका छौं।’ नदीमा उर्लिएको बाढीका कारण चामेबाट हुम्डे जाने ट्रसको पुल नाघेर पानी बगिरहेको छ।…
काठमाडौँ: बितेको २४ घण्टामा ११ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त हुँदा ३४ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १० जनाको पीसीआर र ७१३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ६३५(पीसीआर) र २५ हजार ५७४ (एन्टिजेन) जना पुगेको छ । यस्तै हालसम्म ५ लाख ५३ हजार ३४२ जना संक्रमण मुक्त हुदा मृतकको कुल संख्या ८ हजार ६७५ पुगेको छ ।
काठमाडौं: असार ७ गतेपछि बैंकहरु पूर्णरूपमा चल्ने भएका छन्। निषेधाज्ञा खुुकुलो हुँदै गएकाले बैंक फुलफ्लेज्डमा चलाउन बैंकरबीच सहमति भएको हो। सरकारले पछिल्लो समय असार ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ। बैंकर्स संघमा बिहीबार भएको कार्यसमितिको बैठकमा सबै कारोबार खुला गर्ने सहमति बनेको हो। अहिले निषेधाज्ञा कारण शाखाहरु पनि आलोपालो छ भने निक्षेप झिक्ने र राख्ने सेवा मात्र छ। बैंकको शाखा पनि २ बजेसम्म मात्र खुलिरहेको छ। अब भने मालपोत कार्यालय खुलेमा ऋणको काम पनि हुने छ। अब ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको छ। यसअघि बैकमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने…
काठमाडौँ: इंग्ल्याण्ड र स्कटल्याण्डबीच गयराती भएको युरोकप फुटबल खेलमा दुबैलाई गोलरहित बराबरी खेलेका छन् । इंग्ल्याण्डको वाम्ब्ले खेलकुद मैदानमा १९९६ पछि दुइ राष्ट्रबीच भएको पहिलो खेलमा घरेलु मैदान गोलरहित बराबरी खेलेपछि टिकट काटेर खेल हेर्न पुगेका इंग्ल्याण्डका २२,५०० समर्थक बेखुश भएका छन् । यस खेललाई इंग्ल्याण्ड समर्थकले एउटा निकै रुचाएको खेल मध्यको एक थियो ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाको आर्थिक बर्ष २०७८–२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए । तर, उपमेयसहित काँग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलमा दुई दिनका लागि स्थगन गरेको जानकारी दिए । यसअघि आफूसँग कुनै सल्लाह नगरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै काँग्रेसका जनप्रतिनिधिले विरोध गरेका थिए । ‘काठमाडौँ महानगरपालिकाको नवौँ अधिवेशन हिजोबाट सुरु भयो । हिजोको बैठकमा नेपाली काँग्रेसका तर्फबाट उपमेयर लगायत धेरैजसो साथीहरु अनुपस्थित रहनुभयो,’ शाक्यले भने, ‘सबैको उपस्थितिमा…
काठमाडौँ: युरोकप अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा क्रोएसिया चेक रिपब्लिकसँग बराबरीमा रोकिएको छ । बराबरीसँगै क्रोएसियाको अबको यात्रा कठीन बनेको छ । स्कटल्याण्डमा भएको खेलमा चेकका प्याट्रिक सिकले पेनाल्टीमार्फत टीमलाई अग्रता दिलाए । तर त्यो अग्रता १० मिनेटपनि टिक्न सकेन । क्रोएसियाका लागि इभानले ४७ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्ने सुन्दर मौका पाए पनि गोलले दिशा लिन सकेन । खेलमा ११ सुट गरेकोमा २ वटा टार्गेट सुट थियो भने चेकले पनि ११ वटै सुट गर्दा एउटा टार्गेट थियो । बल पोजिसनको कुरा गर्ने हो भने ४८ प्रतिशत क्रोएसिया र ५२ प्रतिशत चेकको पकड…
