Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आगामी चैत २० गते बस्‍नेछ। पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकको सहमतिअनुसार बैठक बोलाएका हुन्। सोमबार सानेपामा बसेको पार्टीका पदाधिकारी तथा वरिष्ठ नेता सहभागी बैठकमा केन्द्रीय समिति बोलाउने सहमति भएको थियो। त्यही सहमतिअनुसार बैठक डाकिएको पार्टी प्रवक्ता विश्‍वप्रकाश शर्माले बताए। बैठकमा महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए। पार्टीको महाधिवेशन आगामी भदौमा गर्ने निर्णय भए पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको विवाद टुंगिएको छैन। क्रियाशील सदस्यता वितरण र नवीकरणमा भइरहेको ढिलाइबारे छलफल गरेर यसलाई प्रभावकारी बनाउने रणनीतिअनुसार बैठक बोलाइएको हो। कांग्रेसको देशभर १० लाख क्रियाशिल सदस्य रहेको…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि नेपाली बेसहारा नभएको बताएका छन् । नगरपालिका संघको २८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेश र संघीय सरकारसहित देशमा ७६१ सरकार रहेको बताए । यीनै ७६१ सरसकारले जनतालाई बेसहारा बन्न नदिने प्रधानमन्त्रीको दाबी छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कोही-कसैले जनता बेसहरा भएको भनेर भनेको सुन्छु । मुलुकमा ७६१ वटा सरकार छ, कसरी जनता बेसहारा भए ? एउटा संघीय सरकार छ, ७ वटा प्रदेश सरकार छन् अनि ७५३ वटा स्थानीय सरकार नै छन् । अब कसरी भए जनता बेसहारा ? सबै जनताको रेखदेख सरकारले गर्छ ।’…

Read More

काठमाडौँ: देशव्यापी रुपमा ‘डिजिटल बैंकिङ्ग’ को प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुसार नेपाल बैंकर्स संघको प्रदेश २ को प्रादेशिक समितिको आयोजनामा मंगलबार जनकपुरमा ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएकोे छ । सो अवसरमा राष्ट्र बैंकका गभर्नर, महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोड मार्फत् हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गरिने बताए । साथै, यो प्रविधिले नगद रहित कारोवारलाई प्रोत्साहन गर्ने र मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा समेत ठूलो योगदान पु¥याउने उनको भनाई छ। कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले देशभर ‘डिजिटल नेपाल’ को प्रबद्र्धनमा नेपाल राष्ट्र बैंकसँग मिलेर अगाडि बढ्न बैंकहरु तयार रहेको जानकारी दिए । क्यूआर कोडको…

Read More

काठमाडौँ: भारतमा पछिल्लो २४ घण्टामा थप ४७ हजार २६४ जनामा संक्रमण भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १७ लाख ३३ हजार ५९४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १२ लाख ३ हजार १६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ७० हजार १०१ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २७७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ४४७ पुगेको छ ।

Read More

काठमाडौँ: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाली हिटलरको अवतार भएको आरोप लगाएका छन् । एमालेको असन्तुष्ट नेपाल पक्ष निकट विद्यार्थी संगठनको मंगलबार काठमाडौँमा आयोजना भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीलाई नेपाली हिटलरको संज्ञा दिएका हुन् । नेकपा एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त विपरित प्रधानमन्त्री ओली हिँडेको आरोप लगाउँदै नेता नेपालले ओलीको निरंकुशतावादी अधिनायकवाद मात्रै भएको टिप्पणी गरे । प्रधानमन्त्री ओली जनताको बहुदलीय जनवाद अनुसार चल्न नसकेको उनको भनाइ थियो । एमाले अध्यक्षसमेत रहेका ओलीले कम्युनिस्ट पार्टीलाई विभाजन तर्फ लगिरहेको आरोप लगाउँदै नेता नेपालले अहिलेको…

Read More

काठमाडौँ: पठाओ राइडरले यसअघि लगाउँदै आएको पठाओको लोगो अंकित ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन नपाउने भएका छन्। पठाओ नेपाल प्रालीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले सूचना जारी गर्दै पठाओको ज्याकेट र ट्राउजर नलगाउन आग्रह गरेका हुन्। बस्नायतले पठाओको ज्याकेटकै कारण राइडरलाई असुरक्षा भएको तथा अफलाइट यात्रु बोक्ने प्रचलन बढेपछि राइडरलाई प्रोटेक्टिभ गेयर नलगाउने नियम ल्याएको बताए। उनले प्रशासनसँगको छलफलपछि पठाओको सेवालाई अझ व्यवस्थित, सुदृढ तथा सुरक्षित बनाउन प्रोटेक्टिभ गेयर नलाउन निर्देश भएकोले पठाओको लोगो वा ब्राण्ड प्रयोग गर्न मनाही गरिएको जानकारी दिएका छन्। यदि कसैले प्रयोग गरे प्रशासनको कारबाहीको भागिदार हुने र कम्पनी जवाफदेही नहुने सूचनामा उल्लेख छ। सोमबार…

Read More

काठमाडौँ: नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक–एक्सप्रेस वे) को करिब ५२ अर्बको ठेक्का प्रक्रियामा भ्रष्टाचारको विषय संसदीय समितिमा उठेपछि सेनाले १ चैतमा ठेक्कासम्बन्धी तीन बाकस कागजपत्र रक्षा मन्त्रालयमा बुझाएको छ । संसद्को सार्वजनिक लेखा समितिले २६ फागुनमा सेनालाई सात दिनभित्र ठेक्कासँग सम्बन्धित सबै कागजपत्र उपलब्ध गराउन पत्र लेखेको थियो । सेनाले जटिल प्रकृतिको कामका लागि आह्वान गरेको दुुई चरणको ठेक्काका लागि कम्पनी छनोटमा अनियमितता भएको आरोपसहित संघीय संसद्को सार्वजनिक लेखा समितिमा उजुरी परेपछि अहिले छानबिन जारी छ । सेनाले समितिले माग गरे अनुसारका कागजपत्र रक्षा मन्त्रालयमार्फत बुुझाएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए । उनले…

Read More

कानून व्यवसायीले नेकपा माओवादी केन्द्रलाई सर्वोच्च अदालतले नेकपा एकीकरण सम्बन्धमा २३ फागुनमा गरेको फैसलाको पुनरावलोकनमा जान सुझाव दिएका छन् । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित स्थायी कमिटीका सदस्यहरु र कानून व्यवसायीबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा कानून व्यवसायीहरुले नेकपाको एकीकरणलाई बदर गर्दै पूर्ववत् रुपमा नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको अदालतको फैसलाको पुनरावलोकनमा जान सुझाव दिएका हुन् । समसामयिक राजनीतिको सम्बन्धमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि कानून व्यवसायीहरुसँग सुझाव मागिएको राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले बताए । ‘अविश्वासको प्रस्ताव कसरी दर्ता हुनसक्छ ? समर्थन फिर्ता कसरी हुनसक्छ ? सरकार धारा ७६ को २ को…

Read More

काठमाडौं: नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ साझेदारी सम्वन्धी सँझौता भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य र नेपाल बंगलादेश बैंककी डेपुटी जनरल म्यानेजर सलोनिका सिंहले मंगलबार काठमाडौंमा आयोजित बिशेष समारोहकावीच सो बैंकिङ साझेदारी सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । महासंघ र बैंकवीच भएको सम्झौता अनुरुप अवदेखि महासंघ अन्तर्गत विभिन्न जिल्ला तथा नगरमा आवद्ध ब्यवसायी तथा एशोसिएट्स सदस्यहरुले नेपाल बैंगलादेश बैंकको क्युआर कोड प्रयोग गरी कारोबार गर्न पाउने छन् । जसले सुनचाँदीको कारोबार गर्दा नगदमा नै गर्नुपर्ने झन्झटको अन्त्य गरेको महासंघका अध्यक्ष शाक्यले बताउनुभयो । यो सम्झौतापछि महासंघका आवद्ध ब्यवसायीहरुले…

Read More

काठमाडौं: नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको गएको फागुन २३ गतेको फैसलामा पुनरवलोकनमा जानुपर्ने निष्कर्ष निकालेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेकपा नाम विवादमा सर्वोच्चले गरेको फैसला पुनरवलोकनमा जाने विषयमा आफूहरु सकारात्मक रहेको बताए । माओवादी केन्द्रले आज सिंहदरबारमा कानुन व्यवसायीहरुसँग छलफल गरेको थियो । छलफलमा कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायत सहभागी थिए । उनीहरुले ६० दिनभित्र पुनरवलोकन गर्न सकिने भएकाले तत्काल पुनरवलोकन गर्न सुझाएको सचेतक देव गुरुङले जानकारी दिए ।

Read More