Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: शेयर बजारमा झिनो अंकको गिरावट देखिएको छ। तिब्र उतार चढावका बीच सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ४.२१ अंकले घटेर एक हजार ३१० दशमलब ३१ अंकमा झरेको छ। सोमबार कारोबारको सुरुवाती १० मिनेट बजार तीन अंकले बढेको थियो। तर त्यसपछि तिब्र गतिमा झरेको बजारले पहिलो आधा घण्टामै २० अंक गुमायो। त्यसपछि नाटकीय रुपमा सुधार देखिएको बजारले पहिलो घण्टाको समाप्तिमा बढेर पुन १३१८ अंक भेट्टायो तर सूचक भने हरियो नहुँदै बजार ओर्लदो गतिमा देखिएको थियो। दुई बजेदेखि पून: सुधारोन्मुख भएको बजारले बृद्धि भने कायम गर्न सकेन। आजको कारोवारमा १ सय ७४ कम्पनीका ३० लाख कित्ता शेयर एक अर्ब १९…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । सोमबार बसेको नेकपा सचिवालयको अनौपचारिक बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्याक्रमबारे शीर्ष नेताहरुसँग सुझाव माग गरेपछि यस्तो सुझाव दिइएको हो । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले पार्टीको घोषणापत्र अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको सचिवालयका एक नेताले जानकारी दिए । ‘आजको अनौपचारिक बैठकमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रमबारे सुझाव माग्नु भएको थियो । हामीले सुझाव दिएका छौँ । मुख्यतः संविधानले भनेको समाजवाद उन्मुख नीति…
काठमाडौँ: स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड रायो भ्यालेकानोसँग पनि पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड कमजोर टिम भ्यालेकानोसँग उसैको मैदानमा १-० गोलअन्तरले पराजित भएको हो । भ्यालेकानोको जितमा एड्रियन इमबर्बाले गोल गरे । खेलको २३औं मिनेटमा नै भ्यालेकानोले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै इमबर्बाले गोल गरेका हुन् । पहिलो हाफमा १-० गोलले पछि परेको रियल मडि्रडले दोस्रो हाफमा गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो । हारसँगै लिगको तेस्रो स्थानमा रहेको रियल मडि्रडको ३५ खेलबाट ६५ अंक छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले यसअघि नै उपाधि जितिसकेको…
काठमाडौं: संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको बजेट (वर्षे)अधिवेशन आजबाट सुरु हुन लागेको हो । संघीय संसद्को बर्खे अधिवेशन आज (सोमबार) बाट सुरु हुँदैछ। संघीय संसदन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक सोमबार ४ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। यसपालिको बर्खे अधिवेशन पनि बजेट र कानुन निर्माणको अधविशेन हुने सरकारको भनाइ छ। गत वर्ष बर्खे अधिवेशनले बजेट पारित गरेपछि मौलिक हकसम्बन्धी १५ वटा कानुन पारित गरेको थियो। कानुनमन्त्री भानुभक्त ढकालले यो अधिवेशनमा मात्रै २२ वटा नयाँ विधेयक संसद्मा दर्ता हुने बताए। संसदीय समितिमा १९ वटा विधेयक छन्। सरकारले ल्याएका…
डोल्पा : उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ। जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन्। बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ। बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया मंगली रोकायाले बताइन्। छोराको हात भाचिँदा आफैंले जेनेरेटर बोकेर अस्पताल लगेको पीडित जयकृष्ण हमालले सुनाए। उनी भन्छन्, ‘स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिले बेवास्ता गरी डोल्पाका नागरिकले दुःख पाइरहेका छन्, एक्सरे गर्न आफैं भाडामा जनेरेटर लिएर छोराको भाँचिएको हातमा प्लास्टर गर्नुप¥यो।’ अधिकांश बिरामीले भाडामा जेनेरेटर…
पाँचखाल: नेपाल सरकाले सुरु गरेको बिद्यार्थी भर्ना अभियानमा पाँचखाल नगरपालिकाका दुई बाबू नभएका साना टुहुरा नानिहरुलाई सुचना तथा संचार प्रबिधी मन्त्री गोकुल बाँस्कोटाको अभिभावकत्वमा बिद्यार्थी भर्ना गरिएको छ । मन्त्री आफै उपस्थित हुन नसकेपछि उनको प्रतिनिधिको रुपमा पाँचखाल नगरपालिका- १ मा वडा अध्यक्ष अष्ट तामाङले आमा र बाबु दुबै नभएकि पृतम तामाङ ज्ञानेस्वरी माध्यमिक बिद्यालयमा र पाँचखाल नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष बालकृष्ण सापकोटाले गत बर्ष बाबू बितेको निस्मा सुनारको जनउद्वार प्राथमीक बिद्यालय भर्ना गरे । कार्यक्रम पाँचखाल नगरका नेकपा तर्फबाट कन्चन अधिकारी,आईतेसिंह तामाङ ,पुष्कर ढकाल,हरि खतिवडा ,नारायण ढकाल कुलमान तामाङ लगायतको सहभागिता थिए । यसअघि मन्त्री…
काठमाडौँ: सरकारले लगानीको अभावमा पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकिएको स्पष्ट पारेको छ। उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले लगानीको अभावमा राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकिएको प्रष्टयाएका हुन्। मन्त्री पुनले स्थानीय जनतालाई विश्वासमा लिएर मात्रै कुनै पनि जलविद्युत आयोजनाको कामलाई अघि बढाउने प्रतिवद्धतासमेत व्यक्त गरे। आइतबार उत्तरगंगा जलविद्युत आयोजना नदीको बहाव क्षेत्रमा नै निर्माण गर्न माग गर्दै पुगेका सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पुनले स्थानीय जनता र राजनीतिक दलहरुको सहमतिमा मात्रै सो आयोजनाको कामलाई अघि बढाउने गरी अहिले त्यसको विस्तृत अध्ययनको कामलाई अघि…
काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाउनुपर्ने विषय उठेको छ । आइतबार बसेको संसदीय दलको बैठकमा सांसदहरुले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको विषयमा सरकारको धारणा माग गर्ने र बजेट बढाउनुपर्ने विषयमा छलफल भएको हो । हाल प्रतिनिधिसभाका निर्वाचित सांसदले आफ्नो निर्वाचन क्षेत्रमा योजना छनोट गर्न सक्नेगरी निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमका नाममा ४ करोड रुपैयाँ खर्च गर्न पाउने व्यवस्था छ । सरकारले आगामी बजेटमा यो कार्यक्रमलाई अगाडि बढाउने हो कि होइन । सरकारले के सोचिरहेको छ यसबारे धारणा माग गर्ने विषय उठेको कांग्रेस नेता मिनेन्द्र रिजालले बताए । ‘सरकारले यो कार्यक्रम हटाउँछ कि ल्याउँछ…
काठमाडौं: पछिल्लो समय लगातारजसो पुँजी बजारमा चमक आइरहेको छ । सूचीकृत कम्पनीहरुको भाउ निकै सस्तो भएकाले पनि लगानीकर्ता झुम्मिएका हुन् । अहिले सूचीकृत कम्पनीहरुले नाफा बढाउँदै लगेका छन् । अधिक आपूर्तिको समस्या पनि क्रमशः समाधान हुँदै गएको छ । यसले पनि बजारमा नयाँ चमक ल्याएको हो । सरकारले पुँजी बजार सुधारका काम धमाधम अघि बढाएको छ । सुधारका पहलले पनि बजारमा काम गरेको हो । अब बजार विस्तारै बुलिस प्रवृत्तिमा अघि बढ्ने विश्लेषणहरु भइरहेका छन् । यसैक्रममा आम लगानीकर्ताले ध्यान दिनुपर्ने महत्वपूर्ण पक्ष के हो भने बजार निरन्तर बढ्ने वा घट्ने मात्र गर्दैन । घटबढ बजारको नियम हो…
काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि भोली (सोमबार) मध्याह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ३ अर्ब २५ करोड रुपैयाँको र ९१ दिनको लागि दुई अर्बको बिल जारी गर्न लागेको छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री…
