Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रुपमा प्रस्तुत हुने बताउनु भएको छ । ‘राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं । शक्तिका साथ प्रस्तुत हुन्छौ, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री पौडेलले भन्नभुयो-व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिन्छौं ।’ अर्थमन्त्री पौडेलले निर्दोष नपरुन र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिँदै राजस्व परिचालनमा नकारात्मक असर नपरोस् भन्नेमा पनि सजकता अपनाउन विभागहरु र सुरक्षा निकायलाई आग्रह गर्नुभयो । उहाँले चुहावट नियन्त्रणका लागि समन्वय गरी काम गर्न विभागहरु र सुरक्षा निकायहरुलाई निर्देशन दिनुभयो । स्थानीय र केन्द्रीय…

Read More

काठमाडौँ: बितेको २४ घण्टामा देशभर १२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा २८९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८५ जना निको समेत भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ७२ हजार २७२ जना रहेको छ। यस्तै हालसम्म ३ हजार २० जनाको मृत्यु हुँदा सक्रिय संक्रमित १२१७ जना रहेको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा बादलले विहिबार संघर्षरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिको धर्ना कार्यक्रममा पुगेर सरकारले उनीहरुले उठाएको मागमा सकारात्मक रहेको बताएका छन् । १९ बुंदे माग प्रति सरकारको गम्भिरतापूर्वक ध्यानकर्षण भएको जनाएका हुन्। सरकारको यसबारेमा प्रम र मेरो तर्फबात यस धर्नामा उपस्थित हुन आएको बताउंदै, उठाइएका विषय र मागप्रति सरकार गम्भीर छ र सरकारले छिट्टै वार्ता टोलि गठन गर्ने र उनीहरुलाई पनि एउटा वार्ता टोलि गठन गर्न अनुरोध गरे। तपाईंहरुले प्रस्तुत गर्नु भएको १९ बुंदे मागको समस्याको समाधान वार्ता र सम्बादमार्फत नै गर्छौं। उनले भने तपाईंहरुले उठाउनु भएको समस्याहरुलाई राजनीतिक, कानुनि र प्रशाशनिक माध्यमबाट समाधान खोज्ने पनि गृहमन्त्री…

Read More

काठमाडौँ: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ । वर्तमान परिस्थितिमा सम्वन्धित सवै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलापहरू सञ्चालन गर्नुपर्ने धारणा मन्त्रालयको रहेको प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका…

Read More

काठमाडौँ: नेपाली फुटबल राष्ट्रिय टिमले दशरथ रंगशालामा ६ वर्षअघि भएको विश्वकप २०१८ छनोटको प्रारम्भिक चरणको दोस्रो लेग चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध गोलरहित टुंग्याएको थियो । त्यसयता नेपाली सिनियर टिम पहिलोपल्ट उक्त रंगशालामा बिहीबार फर्किंदै छ । थ्री नेसन्स कपमा यसपल्टको प्रतिस्पर्धी बनेको मध्य एसियाली देश किर्गिस्तानको ओलम्पिक टिम (यू–२३) । नेपालले मार्च १७, २०१५ मा भारतविरुद्ध करिब १० हजार दर्शकसामु प्रतिस्पर्धा गरेको थियो । तर, पाँच दिनअघि सुनील क्षत्रीले गुवाहाटीमा गरेको दुई गोलका कारण दशरथ रंगशालाको बराबरी नतिजाले पनि पहिलो खुट्किलोमै नेपालको पाइला रोकिएको थियो । त्यसको एक महिनापछिको महाभूकम्पले देशसँगै दशरथ रंगशालालाई पनि थिलथिलो बनाइदियो । सबलीकरणको काम कछुवा गतिमा भइरहेपछि बल्ल गत वर्ष मंसिरमा भएको…

Read More

एजेन्सी: भारतले कोरोना खोप निर्यात रोकेको छ। आफ्नो मुलुकमा कोरोना संक्रमण बढ्दै गएपछि भारत सररकाले अक्सफोर्ड–अस्ट्राजेनेकाद्वारा विकसित ‘कोभिसिल्ड’ खोप निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो। बीबीसीका अनुसार दिनप्रतिदिन कोरोना संक्रमण तीव्र भएपछि आफैंलाई खोप अभाव हुन सक्ने आशंकाले भारतले यसको निर्यातमा रोक लगाएको हो। समाचार संस्था रोयटर्सका अनुसार आगामी साता आफ्नै देशमा खोपको माग बढ्ने देखिएकाले तत्काललाई यसको निर्यात रोकिएको भारतको विदेश मन्त्रालयले जनाएको छ। यो रोक अप्रिल अन्त्यसम्म रहन सक्ने भारतीय अधिकारीले बताएका छन्। यो रोकले कोभ्याक्सअन्तर्गत १९० देशलाई असर पर्नेछ। भारतले अहिलेसम्म नेपालसहित ७६ देशमा झन्डै ६ करोड डोज पठाइसकेको छ। भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया विश्वमै…

Read More

काठमाडौं: आर्थिक वर्ष २०७७/७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९.६९ प्रतिशत राजस्व असुली भएको छ । अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७/७८ को दोश्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गरिएको जानकारी अनुसार २०७७ साल फागुन मसान्तसम्ममा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुली भएको छ । जुन फागुनसम्मको लक्ष्यको तुलनामा ९७. ८० प्रतिशत हो । २०७७ साल चैत्र ११ गतेसम्म ६ खर्ब ४१ अर्ब राजस्व असुली भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व असुल्ने लक्ष्य राखिएको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ ले पारेको प्रभावबीचमा…

Read More

काठमाडौं: बालुवाटारस्थित बहुचर्चित ललिता निवास क्याम्पभित्र घर टहरा निर्माण रोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले असन्तुष्टि जनाएकी छन् । मन्त्री तुम्बाहाङ्फेले मन्त्रिस्तरको निर्णयबाट घर टहरा निर्माण रोक्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानुनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको छ । शाखा अधिकृत महेशराज भट्टराईले पत्र लेख्दै नक्सापास र संरचना निर्माण रोक्न पत्राचार गरेका छन् । मन्त्री तुम्बाहाङ्फेले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिइन् । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री,…

Read More

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण बढेको भन्दै अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार प्रशासकीय अधिकृत रमा घिमिरेले एक विज्ञप्ति जारी गर्दै घर बाहिर तथा सार्वजनिक स्थान र सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेकी छन् । विज्ञप्तिमा छिमेकी मुलुक भारतमा समेत संक्रमण बढ्दै गएको र त्यसको प्रभाव काठमाडौंमा समेत बढ्दै गएकोले सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डलाई पालना गर्न अनुरोध गरिएको छ । साथै सार्वजनिक स्थानमा भिडभाड नगर्न र होली पर्वमा आफ्नै घरभित्रै सिमित रहेर खेल्न समेत आग्रह गरिएको छ । विज्ञप्तिमा सार्वजनिक स्थानमा आवत…

Read More

काठमाडौँ: संसद् पुन:स्थापनाको एक महिना बित्दासमेत नयाँ सत्तासमीकरणमा ठोस प्रगति नभएपछि नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ‘कांग्रेस र जसपासँग समीकरणका लागि वार्ता भए पनि ठोस प्रगति भने भएको छैन । उनीहरुले नयाँ समीकरणका लागि पहल पनि लिएनन्’, माओवादी केन्द्र स्थायी कमिटीका एक सदस्यले भने, ‘अब चाँडै नै समर्थन फिर्ता हुन्छ ।’ नयाँ समीकरण पनि नबने तथा सरकार र जनता समाजवादी पार्टी (जसपा)बीच सहकार्य हुने वातवरण बन्नेबित्तिकै समर्थन फिर्ता लिने माओवादी केन्द्रको योजना छ । सरकारको…

Read More