Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: लकडाउनपछि उड्डयन व्यवसाय फेरि संचालन गर्नका लागि आन्तरिक उडान गर्दै आएको निजी वायुसेवा कम्पनी बुद्ध एयरले पूर्व तयारीका लागि निर्देशिका बनाएको छ। बुद्धले आन्तरिक उडान सुरु भए लगत्तै तत्कालका लागि जहाज भित्र दिइँदै आइएको शौचालय र क्याटरिङको सुविधा बन्द गर्ने प्रावधान बनाएको छ। कम्पनीले यात्रुको सुरक्षालाई मध्य नजर गर्दै यात्रुलाई बुद्ध एयरको कार्यालय, कार्गो, टिकट काउन्टरका साथै विमानस्थल परिसरमा रहँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशिकामा उल्लेख गरेको छ। कम्पनीले तयार पारेको निर्देशिकामा उल्लेख गरिए अनुसार यात्रुले उडानका लागि अपनाइने पहिलो प्रक्रिया अर्थात फ्लाइट चेक इन काउन्टरदेखि ब्यागेज बुझ्ने समयसम्म अनिवार्य मास्क लगाउनै पर्नेछ। कम्पनीले बजारमा उपलब्धताको आधारमा उचित…

Read More

काठमाडौँ: ओलम्पियन एवं एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायालाई लकडाउनको एक महिनासम्म खासै चिन्ता लागेन । जुम्ला सदरमुकाम खलङ्गामा उहाँ नियमितरूपमा व्यायाम गर्दै आउनुभएको छ । खेलाडीलाई पनि व्यायाम गराउँदै आउनुभएको छ । रोकायाले लकडाउनको ख्याल गर्दै बिहानको समयमा व्यायाम गराउँदै आउनुभएको हो । अब भने प्रशिक्षक रोकायालाई कोरोना भाइरस सङ्क्रमणको खतरा आभास हुन थालेको छ । उहाँ भन्नुहुन्छ, “अब खतरा बढ्यो, बाहिरबाट मान्छे गाउँमा ह्वारह्वारती आउन थाले ।” बाहिरबाट नयाँ मान्छे कोही नआउँदासम्म गाउँमा कोरोना भाइरस भित्रिन नसक्ने रोकायाको बुझाइ छ । एक सातायता जिल्लाभर बाहिरबाट सर्वसाधारण आउने क्रम ह्वात्तै बढेको उहाँले बताउनुभयो । “अहिलेसम्म त सुरक्षित नै थियौँ, अब…

Read More

काठमाडौँ: शङ्खमूल बस्दै आउनुभएकी शर्मिला तामाङले घरभेटीले पटकपटक ताकेता गरेपछि गत साता घर भाडा तिर्नुभयो । कहिले भारी बोक्ने त कहिले भाडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आउनुभएकी उहाँलाई खानै धौधौ परेको थियो । काठमाडाँैको बसाइ कठिन भएपछि उहाँ गत साता सिन्धुली जिल्ला दुधौलीस्थित घर तीन सन्तानलाई लिएर जाने तयारी गर्दै हुनुहुन्थ्यो । घरबेटीले जानुअघि चैतको भाडा नतिरी फर्किन नदिएको उहाँले बताउनुभयो । “घर गएपछि फर्किने हो कि होइन भनेर भाडा तिरेर मात्रै जान दिए”, सन्तानसहित घर फर्कने गाडी कुर्दै लोकन्थलीमा भेटिनुभएकी तामाङले भन्नुभयो, “एक जना दाजुसँग उधारो मागेर भाडा तिरेर घर जाँदैछु ।” गत चैत १६…

Read More

काठमाडौँ: सेनाले चीनबाट खरिद गरेको झन्डै ३४२ टन स्वास्थ्य सामग्री हालसम्म पनि ढुवानी कर्ताको टुंगो लाग्न नसक्दा चिनियाँ आपुर्तिकर्ताले सेनालाई खरिद गरि राखिएका सामान यथासक्य छिटो उठाएर लैजान भनेको छ । यता सेनाले भने सरकार-सरकार पक्ष भएर खरिद गरिएका २ अर्व २५ करोड मूल्य बाराबरको उक्त ६७ प्रकार कोरोना भाइरसका लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउनका लागि आपुर्तीकर्ताको टुंगो आइतबार बेलुका नै टुंगो लागिसके भएपनी अर्थले ढुवानीका लागि रकम निकासा बेलैमा नगर्दा ढिलो भएको सेनाको उच्च स्रोतले पहिलोक्लिकलाई जानकारी दिएको छ । यता सेनाले खरिद गरिएका स्वास्थ्या सामग्री लिन नेपाल वायु सेवा निगमको वाइड बडी नै जाने…

Read More

काठमाडौँ: मूल नक्षत्र र षष्ठी तिथिमा विसं २०७७ शुरु भएकाले शास्त्रीय विधिअनुसार राज्यका तर्फबाट स्वस्ति शान्ति गर्नुपर्नेमा संहिताशास्त्रीले जोड दिएका छन् । वैशाख १ गते मूल नक्षत्र एवं षष्ठी तिथि पर्दा यमघण्ट योग बनेकाले मेदिनी ज्योतिषअनुसार बताइएको शान्तिको विधि गर्नुपर्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले राससलाई बताउनुभयो । मयूरचित्रकम् नामको ज्योतिष ग्रन्थमा षष्ठी तिथि र मूल नक्षत्रको योग पर्दा यमघण्ट योग हुने उल्लेख गरिएको छ । सोही ग्रन्थमा यसको दोष निवारणको विधि बताइएको पनि उहाँले बताउनुभयो । मुहूर्तमार्तण्ड र मुहूर्तचिन्तामणि नामक ज्योतिषग्रन्थमा पनि यो योगका विषयमा बताइएको छ । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय मूलको अन्तिम पाउको…

Read More

काठमाडौं: सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३१ गतेसम्म अवागमन रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो । सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो । आइतबारको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको छ ।

Read More

काठमाडौं: सरकारले जारी लकडाउनलाई १० दिन थप गरेर २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो । तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

Read More

काठमाडौं: झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् । यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि १२ वैशाखमा झापाका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो । झापामा थप एक जनालाई कोरोना संक्रमण देखिएसँगै नेपालमा कूल संक्रमितको संख्या ५२ पुगेको छ । नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये १६ जना उपचारपछि घर फर्किएका छन्…

Read More

काठमाडौं: महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको छ । जनता समाजवादी पार्टीका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरूसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी दर्ता गर्न आइतबार दिउसो टेकु पुगेका थिए। यता परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न भने अस्वीकार गरेका छन् । उनी नहुँदा एसपी सोमेन्द्र राठोरले पनि दर्ता गर्न नमिल्ने बताएका थिए । उनले दर्ता गर्ने नै भए घटना भएको भनिएको जिल्ला महोत्तरी जान सुझाएका छन् । जोहरी दर्ता…

Read More

काठमाडौँ: कोभिड –१९ जोखिम न्यूनीकरणका लागि ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग गरिएको खरिद प्रक्रियाबारे सार्वजनिक लेखा समितिले छानविन प्रक्रिया थालेको छ। स्वास्थ्य मन्त्रालयले उक्त खरिद प्रक्रिया रद्द गरिसकेको छ। खरिद प्रक्रिया रद्द भए पनि अनियमितता भएको भन्दै चौतर्फी रुपमा छानविनको माग भइरहेको थियो। लेखा समितिले आइतबार स्वास्थ्य मन्त्रालयसँग खरिद प्रक्रियाबारेका कागजात माग गरेको हो। छानविन प्रक्रिया अघि बढाउन आवश्यक रहेको भन्दै समितिले मन्त्रालयसँग कागजात माग गरेको समिति सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए। समितिले आवश्यकम कागजात पत्र प्राप्त भएको मितिले सात दिनभित्र उपलब्ध गराउन पत्रमा उल्लेख गरेको छ। स्वास्थ्य सेवा विभागमार्फत ओम्नीसँग विना प्रतिस्पर्धा सामाग्री खरिद गर्न लागिएको भन्दै आलोचना…

Read More