Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कबवापत ठूलो रकम विद्युत् प्राधिरणलाई तिनुपर्दा व्यवसायी मारमा परेको भन्दै सो शुल्क मिनाह गर्न माग गरेका हुन् । विपद् समन्वय समितिका संयोजक एवं ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा ढुङ्गानाले बन्दाबन्दीका कारण ठमेलका व्यवसाय बन्द रहेको अवस्थामा विद्युत् युनिट उठेको आधारमा बन्दाबन्दी शुरु भएको मितिदेखि कम्तीमा दुई वर्षसम्म ५० प्रतिशत छुट दिन मन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिए । भेटमा ठमेल पर्यटन विकास…

Read More

काठमाडौँ: कोभिड–१९ बाट सिर्जित लकडाउनले आर्थिक आम्दानी खुम्चिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय र मातहत निकायले आर्थिक मितव्ययीता अपनाउँदै जनशक्ति घटाउने निर्णय गरेका छन् । कोभिड–१९ का कारण आर्थिक गतिविधि ठप्प भएको र आम्दानीको स्रोत पनि गुमेको भन्दै मन्त्रालय मातहतका आधिकांश कार्यालयले आर्थिक मितव्ययीता अपनाउनेदेखि धमाधम कर्मचारी कटौती गरिरहेका हुन् । मन्त्रालयले चालू आवको बजेटसम्बन्धी छलफलमा कोभिडका कारण मन्त्रालयमा हुने अतिरिक्त खर्च कटौती गरिने र विभिन्न शीर्षकमा हुने खर्च व्यवस्थापन र आर्थिक मितव्ययीता अपनाइने जनाइएको थियो । पर्यटन मन्त्रालयले पनि फर्निचर, सवारीसाधन खरिद तथा मर्मतजस्ता अतिरिक्त खर्च रोक्ने र राष्ट्रिय महत्वका योजना कार्यक्रमलाई मात्रै प्राथमिकता दिने जनाएको थियो ।…

Read More

बैतडी: जनता आवास कार्यक्रमअन्तर्गत सुदुपश्चिम प्रदेशका तीन जिल्लामा घर नभएर त्रिपालमुनि बस्दै आइरहेका ४८६ घरपरिवारले नयाँ घर पाएका छन् । सङ्घीय सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर नभएर त्रिपालमुनि बस्दै आइरहेका अति विपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो । भवन डिभिजन कार्यालय बैतडीमार्फत आर्थिक वर्ष २०७६/७७ मा रु १० करोड तीन लाखको लागतमा बैतडी, दार्चुला र बझाङमा ४८६ घर निर्माण गरिएका हुन् । तीमध्ये बैतडीमा २८५, दार्चुलामा १०१ र बझाङमा १०० घर निर्माण भएको भवन डिभिजन कार्यालय बैतडीका लेखा अधिकृत प्रेमराज अवस्थीले बताए । उनका अनुसार सो घर निर्माणका लागि बैतडीमा रु…

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पार्टी संकटपूर्ण अवस्थाबाट गुज्रेको बताएका छन् । उनले नेकपाकै अर्का अध्यक्षको सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता हुनुु र सरकारले पार्टीमा हैकम जमाउन खोज्दा पार्टी संकटपूर्ण अवस्थामा पुगेको बताएका हुन् । प्रचण्डले पार्टी र सरकारबीचको सम्बन्ध राम्रो बन्न नसक्नुमा सामूहिक नेतृत्वको अभ्यासको अभाव भएको पनि बताए । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला शुक्रबार नेकपाका संस्थापक नेताहरु पुष्पलाल र नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले पुष्पलाल, पार्टीको अवस्था, सरकार र पार्टीबीचको सम्बन्ध लगायतका विषयमा यस्तो धारणा राखेका हुन् । सो कार्यक्रममा प्रचण्डले राखेको धारणाको सम्पादिन अंशः आठ सालमा…

Read More

काठमाडौँ: श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले शनिबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि…

Read More

काठमाडौं: वीरगञ्जमा कोरोना सङ्रक्रमणको आशंका गरिएकी एक युवतीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिएका हुन् । नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो । ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो । आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो । बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको छ । पखाला र जिउ काम्ने भइरहेको थियो, सँगसँगै स्वास प्रश्वासमा पनि समस्या रहे छ, डाक्टर सिंहले…

Read More

काठमाडौं: हुण्डी कारोबार गर्ने एक जनालाई प्रहरीले १९ लाख ९१ हजार नगद सहित पक्राउ गरेको छ। शुक्रबार स्याङ्जा घर भइ सामाखुशी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो। न्यौपानेले अवैध हुण्डी कारोबार गर्ने गरेकाे भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले अनुसन्धान थालेको थियो। शुक्रबार उनी विशाल बजारमा शंकास्पद रूपमा हिँडिरहेका बेला प्रहरीले फेला परेपछि उनलाई पक्राउ गरेको हो। उनले बोकेको कालो रंगको झोलाभित्र हुण्डी कारोबार गर्न लगिरहेको १९ लाख ९१ हजार रकम फेला परेको हो। प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाएको छ।

Read More

काठमाडौं:महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ वटा सार्वजनिक सवारीसाधनलाई कारबाही गरेको छ। शुक्रबार महाशाखाका ट्राफिक प्रहरी आफैं यात्रु बनेर कारबाहीको अभियान थालेको हो। सार्वजनिक यातायातहरू चलेको केही दिन बितेसँगै यात्रुसँग बढी भाडा असुल्न सक्ने भन्दै अभियान थालेको हो। महाशाखाले तोकिएको संख्या भन्दा बढी यात्रु राख्ने सवारीसाधनलाई पनि कारबाही गरेको छ। ३३ वटा सार्वजनिक सवारी साधनलाई कारबाही गरेको महाशाखाले जनाएको छ। साथै स्वास्थ्य मापदण्ड विपरित चलाइएका १ हजार एक सय ५२ वटा सवारी साधनलाई सम्झाइबुझाई छाडेको हो। ‘कोरोना संक्रमण रोकथामको लागि सामाजिक दूरी कायम गराउन तथा चालक र यात्रुले अनिवार्य मास्क, सेनिटाइजर लगाएको, नलगाएको र ५० प्रतिशत…

Read More

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारले परीक्षणको दायरा घटाएर कोभिड- १९ संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको बताएको छ । नेपाली काँग्रेसका सहमहामन्त्री एवं कांग्रेसद्वारा गठित कोभिड- १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले सरकारले कोरोना भाइरसको परीक्षणको दायरा घटाएर संक्रमण घटेको भन्दै भ्रामक प्रचार गरेको बताए । कोभिड- १९ संक्रमण नियन्त्रणमा सरकारले गरेको काम सम्बन्धमा कांग्रेसको धारणा सार्वजनिक गर्न शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संयोजक महतले सरकारले लकडाउन अन्त्य गर्न हठात निर्णय गरी भ्रामक प्रचार गरेको बताए । सरकारले लकडाउन खोलेपछि स्वास्थ्य सुरक्षाको प्रोटोकल र त्यसको कार्यान्वयन गर्ने तयारीको बारेमा कुनै काम गर्न नसकेको आरोप…

Read More

बाग्लुङ: पहिरोले बाटो अवरुद्ध हुँदा बागलुङ बजारमा दूधको अभाव भएको छ । सदरमुकामबाट पश्चिम र दक्षिण जोड्ने सडकमा पहिरो झरेर अवरुद्ध भएपछि ढुवानी हुन नसक्दा बागलुङ बजारमा दूधको अभाव भएको हो । तीन दिनयता सडक अवरुद्ध हुँदा दूधको ढुवानी रोकिएको र बजारमा दूधको अभाव भएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते खण्डमा ठाउँठाउँमा झरेको पहिराका कारण काठेखोला गाउँपालिकाबाट बागलुङ बजारमा बिक्री वितरणका लागि आउने दूध रोकिएको छ । सडकको अन्य विकल्प नभएका कारण काठेखोलाको बिहुँ, भीमापोखरालगायतका ठाउँका किसानले उत्पादन गरेको दूध रोकिएको सङ्घका अध्यक्ष दीपक गौतमले बताए । उनका अनुसार बागलुङका दुग्ध उत्पादक सहकारीले…

Read More