Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं :नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले राजीनामा दिएका छन्। उनले हिजो आइतबार दिएको राजीनामा स्वीकृत समेत भइसकेको छ। महासंघको साधारणसभा र निर्वाचन मंसिर ११, १२ गते काठमाडौंमा हुँदै छ। खतिवडाको कार्यकाल निर्वाचन अवधिसम्म अर्थात् मंसिर मसान्तसम्म थियो तर उनले कात्तिक २९ गतेदेखि लागू हुने गरी राजीनामा दिएको बताए । ‘मैले आफ्नो योग्यता क्षमताको कदर नहुने देखिएपछि राजीनामा दिएको छु, आफूले बुझाएको यो राजीनामामा राजीनामा वा पदत्याग दुवै कुरा उल्लेख गरेको छु’, उनले भने, ‘आत्मसम्मानको रक्षा हुँदैन भन्ने लाग्यो, जसकारण अब महासंघमा निरन्तरता दिनुहुँदैन भन्ने लागेर राजीनामा दिएको हुँ। मेरो आफ्नै अनुभवहरु छन्। ३० वर्षभन्दा बढीको पेशागत…

Read More

काठमाडौं :आज मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५.४ अंकले बढेको छ। बढेको बजार १६४३.०३ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स १.१४ अंकले बढेर ३२६.६० विन्दुमा पुगेको छ। आज १९८ कम्पनीको ७७ लाख ५७ हजार सेयर खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार बैंकिङ र विकास बैंक समूह बाहेक सबैको उपसूचक उकालो लागेको छ। बैकिङ २.१७ र विकास बैंक समूहको उपसूचक १६.२१ अंकले घटेको हो। व्यापार समूहको उपसूचक ५५.९२, होटल १.९६, जलविद्युत् ७.१४, फाइनान्स ५.४ अंकले बढेको छ। त्यसैगरी निर्जिवन बिमा १७६.८६, उत्पादन ५.९५, अन्य १४.८, माइक्रोफाइनान्स…

Read More

काठमाडौं : नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा तीन दिन पार्टीको झण्डा झुकाउने भएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केसीको निधनप्रति दुःख व्यक्त गर्दै शोकका विभिन्न कार्यक्रम मनाउने निर्णय गरेको हो। आज मंगलबारदेखि बिहीबारसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने कांग्रेसले जनाएको छ। बुधबार केन्द्र र जिल्लाका कार्यालय बन्द रहने जनाइएको छ। १३औं दिनमा केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा शोक पुस्तिका राखिने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त…

Read More

काठमाडौं : नेपालस्थित भारतीय दूतावासले भोली बुधबारदेखि हुन लागेको भारतीय सेनाध्यक्ष जनरल एमएम नरवाणेको नेपाल भ्रमण दुई देशबीचको रक्षा साझेदारीलाई थप सुदृढ गर्नमा केन्द्रित हुने बताएको छ। ‘जनरल एमएम नरवाणेको भ्रमणले दुई सेनाबीच कायम दीर्घकालीन तथा परम्परागत मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउनेछ,’ दूतावासका प्रवक्ता नवीन कुमारले बताएका छन्, ‘भ्रमणले द्विपक्षीय रक्षा साझेदारीबारे छलफल गर्न र आपसी हितका लागि यसलाई वृहत बनाउन थप संभावनाहरुको खोजि गर्न दुवै पक्षलाई अवसर प्रदान गर्नेछ।’ उनको भ्रमणका बेला नेपाली सेनाले नरवाणेलाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने मुख्य कार्यक्रम रहेको छ। नेपाल भारतबीच एक अर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको उपाधी प्रदान गर्ने प्रचलन छ। गत माघ २०…

Read More

काठमाडौं : कोरोना कहरपछि लागेको लकडाउनका कारण समस्यामा परेका रोजगारबिहीन र असहायलाई खान खुवाउने कार्यक्रम रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको सामाजिक सञ्जालमार्फत सबैले विरोध जनाएका छन । महानगरपालिकाले असहाय र बेरोजगार मजदुरको खानपानको जिम्मा लिनुपर्नेमा भइआएको समाजसेवालाई रोक्न खोजेको भन्दै राजनीतिक दलका नेता लगायत सर्वसाधारणले समेत यसमा प्रतिक्रिया जनाएका छन । साझा पार्टीले आज मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै नागरिकको स्तरबाट भएको परोपकारी कामलाई रोक्न खोजेकोमा महानगरको निर्देशनको आलोचना गरेको छ । केही परोपकारी समूहले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गर्दछ’, साझाको विज्ञप्तिमा भनिएको…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अब कुनै चमत्कार नभए पार्टी फुट्ने निश्चत देखिएको चर्चा हुन थालेको छ । नेकपाका शीर्ष नेताहरुले नै पार्टी फुटको संघारमा रहेको भन्न थालेका छन् । पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा केपी शर्मा ओली पक्षका नेताहरुले एक अर्कालाई दोषी देखाएर पार्टी फुटबाट जोगाउन आह्वान गरिरहेका छन् । तर आ–आफ्नो गल्ती भने कसैले स्वीकार गरेका छैनन् । एकता जोगाउन सार्वजनिक आह्वान गरे पनि भित्रभित्रै पार्टी फुटपछिको रणनीतिबारे पनि तयारी गरिरहेका छन् । ‘माओवादी गणतन्त्र विरोधी, संघीयता विरोधी ओलीसँग किन एक हुन गयो ? प्रचण्डले आफ्ना सबै सहकर्मी बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, विप्लवलगायतलाई छाडेर अ‍ोलीसँग…

Read More

डोटी: डोटीको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडित बालिकाको उजुरीका आधारमा निज प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता गरिएको हो। किशोरीसँग प्रहरी जवान सिंहले तीन महिनादेखि शारीरिक सम्बन्ध राखेको पीडित किशोरीले आरोप लगाएकी छन्। प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन्। राति ११ बजे किशोरीको घरमा उनी सुतेकै कोठामा पुगेर बलात्कार…

Read More

काठमाडौँ: माउण्टेन इनर्जी नेपाल लिमिटेडले कार्तिक २६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकति दरका १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ । १८ लाख ३० हजार २६५ कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा आउनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ । कम्पनीले निष्काशन गर्न लागेको…

Read More

काठमाडौँ: नेपाली कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक पार्टीको आगामी १४औँ महाधिवशेन केन्द्रित छ । सोमबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले दर्ता गराएको विरोधपत्रमा केन्द्रित भएर छलफल भएको थियो । बैठकमा दुबैपक्षका नेताहरुले यस बिषयमा आफ्ना धारणा राखेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस भनी सभापति शेरबहादुर देउवालाई बुझाएको पत्रमा केन्द्रित भएको छ।

Read More

काठमाडौं- नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्यमा ४ सय रुपैयाँको वृद्धि भएको हो । सोमबार छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार रुपैयाँ कायम भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य…

Read More