Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
- सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
- १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
झापा: नेपाल–भारत जोड्ने पूर्वी नाका काँकडभिट्टाको मेची नदीमा छ लेनको पक्की पुल निर्माण सम्पन्न भएको छ । नेपालको सीमा क्षेत्रका नदीमध्ये मेची नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो छ लेनको पक्की पुल निर्माण सम्झौताको चार महिना अगावै सकिएको हो । पुलसँगै डेढ किलोमिटरको एशियन हाइवेको एप्रोच सडकसमेत निर्माण गरिएको सडक डिभिजन कार्यालय दमकका प्रमुख ई. श्यामकुमार यादवले बताउनुभयो । उहाँका अनुसार सो पुल भारतको दिनेश चन्द्र आर अग्रवाल कन्स्ट्रक्सन प्रालिले ३६ महिनाको अवधिमा सम्पन्न गर्ने गरी सन् २०१८ को फेबु्रअरीदेखि निर्माणको काम प्रारम्भ गरेको थियो । विश्व कोरोना महामारीले शुरुमा पुल निर्माणमा असर पारे पनि तत्काल भारत सरकारले…
कलैया: कोरोना सङ्क्रमणबाट बारामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । सङ्क्रमण भइ गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो । बिहान २ जना र राति दुई जनाले ज्यान गुमाएका हुन् । राति ज्याउ गुमाउनेमा कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्ध विश्वनाथप्रसाद जैसवाल र विश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षीय अशोकप्रसाद यादव रहेको डिएसपी मिश्रले बताउनुभयो । बिहान सुवर्ण गाउँपालिका वडा नम्बर ५ औरैयाका ७२ वर्षीय धुपलाल यादव र महागढीमाई नगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय गेनाप्रसाद साहको मृत्यु भएको थियो…
काठमाडौँ: पछिल्लो २४ घण्टा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जसमध्य आज काठमाडौँमा मात्रै २३० जना संक्रमित भेटिएका छन् भने भक्तपुरमा २४ र ललितपुरमा ४७ जना संक्रमति थपिएका छन् । यस्तै आजमात्रै देशभर कुल ११ जनाको कोरोनाले गर्दा मृत्यु भएको आयोजित नियमित पत्रकार सम्मेलनमा डा जगेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा दुई महिला ९ जना पुरुष रहेका छन् । कुल मृतकको संख्या भने १७७ पुगेको छ। २४ घण्टा सरकारले कुल १३,२५३ जनाको पिसीआर परीक्षण गरेको थियो
काठमाडौं: काठमाडौं उपत्यकामा आज थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३० , ललितपुरमा ४७ र भक्तपुरमा २४ जना गरी जम्मा ३०१ जना संक्रमित थपिएका छन् । यअसघि मंगलबार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना गरी जम्मा २३२ जना संक्रमित थपिएका थिए । यसैबीच काठमाडौंमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आज रातिबाट लागू हुनेगरी निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेका छन् ।
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ८८५ जनामा कोरोना पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। त्यस्तै पछिल्ले २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ५०५ पुगेको छ।
काठमाडौँ: साल्ट ट्रेडिङ कर्पोरेशनको २५ सय टन युरिया मल मंगलबार विरगञ्ज आइपुगेको छ। बुधबारसम्म भन्सार पास गरेर बिहीबारबाट किसानलाई वितरण गरिने कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले बताए। ‘हामीले कृषि मन्त्रालयको समन्वयमा कुन कुन जिल्लामा मल पठाउने भनेर तालिका बनाएका छौं, त्यसैअनुसार वितरण गर्छौं,’ उनले भने। मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुरलगायतका १० जिल्लामा वितरण गरिने छ। १३ सय टन युरिया मल विराटनगरका लागि हिडेको छ। त्यसमध्ये ६ सय टन मल विराटनगरमा आइपुगेको उनले जानकारी दिए। कर्पोरेशनको गतवर्षको थप कोटा २१ हजार ५ सय टन र चालू आवको ११ हजार ६ सय टन मल गरी ३२ हजार १ सय…
काठमाडौं : सेयर बजारमा रौनक थपिएको छ । खरिदबिक्री रकमले नयाँ उचाई छोएको छ । नेप्से सूचक पनि दोहोरो अंकले माथि लागेको छ । पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलता रहँदा सेयर बजारमा चमक आउन सकेको हो । लगानीका अन्य क्षेत्रहरु सुकचित हुँदा सेयर बजारतर्फ ठूला तथा साना सबैथरीका लगानीकर्ता आकर्षित भएका हुन् । बुधबार नेप्से परिसूचक २१.१० अंकले बढेर १४६२.०३ बिन्दुमा पुगेको छ । नेप्सेमा १८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता सेयर २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा भन्दा ८० करोड बढी हो । मंगलबार…
काठमाडौँ: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ लक्षित डाटा पोर्टल संचालनमा ल्याएको छ । कोभिड-१९ को संक्रमणको आधिकारिक विवरण प्रदान गर्न संचालनमा रहेको पोर्टल ww.covid19.mohp.gov.np मा तथ्यांकहरुलाई सर्वसाधारणको पहूचमा सजिलै लैजान सकियोस भन्ने उदेश्यले यो पोर्टल मन्त्रालयले संचालनमा ल्याएको हो । पहिलो चरणको बन्दाबन्दिसंगै सुरु भएको कोभिड-१९ पोर्टल अहिले थप विवरण तथा तथ्यांकसहित अद्यावधिक गरिएको छ । अहिले मन्त्रालयले कोभिड-१९ सूचना तथा गतिबिधिको सम्प्रेषण गर्न भाइबर ग्रुप, फेसबुक, त्ट्वीटर, कोभिड -१९ प्रेस ब्रिफिङ, मोबाइल एप्स “हाम्रो स्वास्थ्य”, कोभिड-१९ पोर्टल लगायतका डिजिटल माध्याम संचालन गर्दै आएको छ । मन्त्रालयले जारी गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य एन्ड्रोइड र आइओएस गरि…
काठमाडौ: कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणभित्रको पर्दा झनै खुल्दै गएको छ । प्रमाण लुकाएको मुद्धामा तत्कालीन कञ्चनपुर प्रहरीका प्रमुख एसपी डिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदलाई अदालतले सफाई दिएसँगै थप भित्रि बाटो बाहिरिन थालेको हो । अदालतले तत्कालका अनुशन्धान अधिकृतले गरेको अनुशन्धाननै अपराधि पत्ता लगाउन अनुशन्धान नजिक रहेको स्पष्ट पारेपछि अब निर्मलाको परिवारले न्याय पाउँने देखिन्छ । यही सन्दर्भमा तत्कालिन एसपी बिष्टले यो घटनामा जोडेर आफुलाईपनि प्रताडित गरिएकाले क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् । साथै…
सिन्धुपाल्चोक: जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई निशुल्क शिक्षा प्रदान गरिने भएको छ । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले एक विज्ञप्ति जारी गर्दै यथासक्य चाँडो सम्पर्क गर्न आग्रह गरेका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘लिदी पहिरोमा अभिभावक गुमाएका स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ, अनिता दोङ, कान्छी दोङ, नाम नखुलेको साङबहादुर दोङकी छोरीसहित ७ बालिका र जम्वुमा सवै परिवार गुमाएकी छिरिङ गोले गरी ८ जनालाई कक्षा १२ सम्मको शिक्षा, यसै शैक्षिक सत्रबाट पढाउने व्यवस्था गरिएको छ ।’ बालबालिकालाई काठमाडौंको होस्टेलमा राखेर पढाउने व्यवस्था गरिने पनि उनले उल्लेख गरेका…
