Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
- सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
- प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
- सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
- १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाली कांग्रेसको आगामी महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पुनर्जागरणका लागि सात बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्। पौडेलले ‘निमुखालाई न्याय र विपन्नलाई आय साकार पार्न कर्मशील कांग्रेसको निर्माण’ अभियानसहित सोमबार सातबुँदे प्रस्ताव सार्वजनिक गरेका हुन्। उनले सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि, देशभक्ति र फराकिलो राष्ट्रवादी विचारले कांग्रेस बलियो हुने जनाएका छन्। उनले संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस बनाउने आफ्नो दृष्टिकोण रहेको भन्दै न्याय, पारदर्शी मूल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार हुने उल्लेख गरेका छन्। नेता पौडेलले लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोबास, व्यवस्थाको प्रश्न, सामाजिक–धार्मिक सद्भाव र परराष्ट्र सम्बन्धबारे दृष्टिकोण स्पष्ट पारेका हुन्। उनले…
महेन्द्रनगर: नौ दिनअघि कञ्चनपुरको बेलौरी नगरपालिकामा वृद्ध दम्पतीको हत्या गर्ने गिरोहका नाइकेसहित चार जना अभियुक्तलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । गत साउन १७ गते मध्यरातमा बेलौरी नगरपालिका–७ भगतपुरका ६८ वर्षीया बेलीदेवी खातीको धारिलो हतियार प्रयोग गरी घरमै अज्ञात समूहले हत्या गरेको थियो भने सोही आक्रमणका क्रममा बेलीदेवीका श्रीमान् ७० वर्षीय घनश्याम खाती गम्भीर घाइते भएका थिए । घाइते खातीको आइतबार राति कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्याका मुख्य योजनाकार खाती दम्पतीकै छिमेकी स्थानीय ५३…
काठमाडौँ: नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत भदौ ४ गते बिहान ११ः१५ बजे निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । रूख काट्ने साइत त्यसै दिन राति ९ः२५ बजे छ । काटिएको लिङ्गो नगर प्रवेश गराउन साइत भदौ १० गते बुधबार बिहान १०ः५५ बजे शुभ रहेको छ । लिङ्गो भोटाहिटीबाट भित्र प्रवेश गराउनुलाई नगर प्रवेश भनिन्छ । भाद्र शुक्ल द्वादशीका दिने भदौ १४ गते आइतबार बिहान ७ः०७ बजे इन्द्रध्वजोत्थान गर्ने साइत समितिको बैठकले दिएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन भदौ १६…
काठमाडौं: किष्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अप्रेटीभ अफिसर अनिश पाठकले जनाकारी दिए । पाठकका अनुसार ती महिला साउन २५ गते निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएकी थिइन् उनको आज बिहान ९ बजे मृत्यु भएको थियो । ती महिलाको सोमबार साझँ ४ बजे कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको पाठकले बताए । उनले भने, ‘२५ गते निमोनियाको समस्या लिएर भर्ना हुनु भएको थियो, आज बिहान ९ बजे उहाँको मृत्यु भएको हो । अहिले ४ बजे रिपोर्ट पोजेटिभ आयो ।’ पाठकका अनुसार…
काठमाडौं: नेपालमा सोमबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेका हुन् । डा. गौतमका अनुसार बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिलाको आइतबार दिउँसो ३ बजेर १० मिनेट जाँदा मृत्यु भएको हो । उनको पनि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । त्यसैगरी पर्सा यसैगरी पर्साको वीरगञ्जमा-१५ की ४५ वर्षीया महिलाको पनि कोरोनाले मृत्यु भएको…
काठमाडौं: धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३७.७४ अङ्कले बढेर एक हजार ४३०.४१ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ७.६३ अङ्कले बढेर २९८.६४ पुगेको छ । स्टकका अनुसार आज कुल १८९ कम्पनीका ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर रु एक अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ मा खरिदबिक्री भयो । आज कारोबार भएका कुल १२ मध्ये एक उपसमूहको शेयर मात्र ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०३ अङ्कले ओरालो लाग्दा बैंकिङ ३२.९३, व्यापार १०.१४, होटल ५८.१, विकास बैंक ५५.४१, जलविद्युत् २३.२३, वित्त ७.६७, निर्जीबन…
काठमाडौं: काठमाडौं उपत्यकामा आइतबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। मन्त्रालयका अनुसार काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि हो । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, ललितपुरका एकजनामा कोरोना पुष्टि भएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमाडौंका ८ जना, ललितपुरका एकजनामा कोरोना पुष्टि भएको…
काठमाडौं: नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ८ हजार ४३२ जनाको कोरोना परीक्षण गरिएकोमा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, खोटाङका २ जना र मोरङका १४ जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १३, महोत्तरीका ३ जनामाकोरोना संक्रमण पुष्टि भएको छ…
काठमाडौं: स्वास्थ्य सुरक्षाको पूर्वतयारी विना विद्यालय सञचालन नगर्न अभिभावकहरुले आग्रह गरेका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय पुनःसञ्चालन कार्य ढाँचा, २०७७ को मस्यौदामा स्थानीय सरकारको अगुवाइ र विद्यालय व्यवस्थापन समितिको सक्रियता बढाउनुपर्नेमा पनि जोड दिइएको छ । कोभिड–१९ का कारण लगाइएको लकडाउन खुले पनि विद्यालय खुल्न नसकी हाल वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरता भइरहेको छ । सरकारले आउँदो भदौ १ गतेबाट विद्यालयमा विद्यार्थी भर्ना अभियान, पाठ्यपुस्तक वितरण र परीक्षा सञ्चालन गर्ने र दोस्रो चरणमा विद्यालय पुनःसञ्चालन गर्ने तयारी गरे पनि जोखिम बढेपछि अन्योलको स्थिति छ । महासङ्घका प्रदेश अध्यक्ष तथा प्रदेश…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न, सिफ्ट अनुसार र घरबाट समेत काम गर्ने व्यवस्था मिलाउन भनेको छ । कोरोना भाइरसको संत्रास बढेसँगै सरकारले देशका विभिन्न स्थानमा गरेको बन्दाबन्दी, निषेधाज्ञा, सवारी साधनको आवागमनमा जोर-बिजोर प्रणाली लागू गरेपछि राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको हो। । साथै बैंक तथा वित्तीय संस्थाहरुलाई सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर बैंकिङ सेवा प्रवाहलाई निरन्तरता दिन सुझाएको छ । त्यस्तै विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न निर्देशन दिएको छ । त्यस्तै प्रादेशिक शाखाहरु न्यूनतम कर्मचारीबाट सेवा संचालन गर्ने वा वैकल्पिक रुपमा संचालन गर्न सकिने शाखा पनि आलोपालो…
