Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
भैरहवा: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक अहिले अप्ठ्यारो परिस्थितिमा रहेकाले सबै कर्मचारीले राज्यको काँध थाप्नु पर्ने बेला भएको बताएका छन्। बिहीबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री पौडेलले कोरोना भाइरसका कारण राज्यलाई स्रोत जुटाउन र परिचालनमा समस्या भएको बताउँदै राजश्व चुहावटलाई नियन्त्रण गरी राज्यलाई काँध थाप्न कर्मचारीलाई आग्रह गरेका हुन्। ‘यो बेला भनेको सबैले राज्यलाई सहयोग गर्ने बेला हो, अझ कर्मचारी साथीहरुको विशेष भूमिका हुन्छ। त्यसैले तपाईंहरुले दृढताकासाथ काम गर्नोस्’, उनले भने। मन्त्री पौडेलले आफूले कहीँकतै हस्तक्षेपकारी भूमिका नखेल्ने जनाउँदै कामको परिणाम चाहिएको जनाए। ‘मैले सबैलाई भन्ने गरेको छु, कहीँकतै मबाट असहयोग भन्ने हुँदैन तर कर्मचारी साथीहरुले गुनासो नआउने गरी परिणाम…
काठमाडौँ: नेपालको दुईदिने भ्रमणमा आएका भारतका विदेशसचिव हर्षबर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। ‘भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज (बिहीबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। आज बिहीबार बिहान काठमाडौं आइपुगेका श्रृंगलाले यसअघि नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नुका साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गरेका थिए। उनी भोली गोरखा र मनाङ जिल्लामा भारतीय सहयोगमा सञ्चालित बिभिन्न कार्यक्रम उद्घाटन गर्ने लगायतका कार्यक्रम छन्।
काठमाडौँ: भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले कोरोनाको भ्याक्सिनमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । शिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । सचिव श्रृङ्गलाले नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तो सुकै प्रतिकुल अवस्थामा पनि नबिग्रिएको दावी गरे । कोरोना महामारीमा एक अर्काको साथ नछोडेको उल्लेख गर्दै उनले भने, ‘कोभिड उपचारमा भारतले सबै छिमेकीहरुलाई सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन आम रुपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो । हाम्रो…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यमा अघि बढ्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार मनको गरीब नभएकाले साझा एजेण्डामा अघि बढ्न तयार रहेको बताएका हुन् । कोभिडबाट उत्पन्न असहज परिस्थितीमा आर्थिक कृयाकलाप चलायमान बनाउन उद्योगी व्यवसायको महत्वपूर्ण भूमिका रहने प्रधानमन्त्री ओलीको भनाई थियो । “सरकार र निजी क्षेत्र बीचको संयुक्त प्रयासबाट मात्र अहिलेको समस्यासँग जुध्न सकिन्छ,” प्रधानमन्त्री ओलीले भने, “यसका लागि केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग महासंघका विभिन्न संरचनामा रहेका संस्थाका बिचमा सहकार्य गर्दै अघि बढ्नु पर्छ ।” विश्व साँघुरिएका कारण कोभिडबाट…
काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३७ महिला र ४४८ महिला गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा सक्रमितको संख्या १ लाख ६ हजार ३०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा मात्र ८५ हजार ७७२ जना संक्रमित भएका छन्, जसमध्ये ३३९ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार ७८९ छ। ललितपुरमा १२ हजार ८०४ जना संक्रमित भएका छन्।…
काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर १६१४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ४३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ। हालसम्म देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म मुलुकभर कोरोनाले १ हजार ४१२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा २, उदयपुरमा ६, ओखलढुंगामा १,…
काठमाडौँ: नेपाल स्टक एक्स्चेन्ज नेप्सले चार वर्षपछि ऐतिहासिक उचाई हासिल गरेको दिन साढे ७ अर्बको शेयर किनबेच भएको छ । शेयर बजारमा एकैदिन सर्वाधिक कारोबार भएको पनि यो पहिलो पटक हो । बिहीबार शेयर बजारमा साढे सात अर्ब बराबरको शेयर किनबेच भएको छ । गत आइतबार ६ अर्ब ९० करोड बराबरको शेयर किनबेच भएको थियो। यसदिन नेप्से सूचकले पनि २०७३ साउन १२ गते बुधबारको उच्च अंक १८८१ अंक पार गरेको नेप्से १९२५ अंकसम्म पुगेको थियो । बिबजार बन्द हुने समयसम्म आइपुग्दा नेप्से १८ अंकले बढेर १८९३.२४ अंकमा पुगेको छ । यसदिन २०१ कम्पनीको ७ अर्ब ६१ करोड ३० लाख बराबरको…
काठमाडौं: नेपाल पत्रकार महासंघले तीनवटा सञ्चार गृहलाई पाँच दिनभित्र आफ्ना माग पुरा गर्न अल्टिमेटम दिँदै माग पुरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनीसहितको पत्र पठाएको छ । महासंघले बिहीबार अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक र कारोबार दैनिकको व्यवस्थापनलाई चेतावनीसहितको पत्र पठाएको हो । महासचिव रमेश विष्टले लेखेको पत्रमा लिखित, मौखिक र वार्तामार्फत सम्बद्ध सञ्चार गृहहरुमा देखिएको श्रम समस्या समाधानार्थ महासंघले गरेको पहलबाट समस्या सम्बोधन हुन नसकेकाले कात्तिक २६ गते पहिलो चरणमा सम्बद्ध सञ्चार गृहमा कालो ब्यानर टाँसी धर्ना दिइएृको स्मरण गराइएको छ । पहिलो चरणको दबाबबाट समेत समस्या हल नभएकाले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ । महासंघका सचिव तथा…
काठमाडौं: औपचारिक कारोबार सुरु हुनुभन्दा अघि नै १८ अंकले बजार बढ्दा नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ । ४ वर्षअघि १ हजार ८ सय ८१ अंकसम्म पुगेर ओरालो लागेको नेप्सेले त्यो विन्दुलाई पार गरेको हो । बुधबार १ हजार ८ सय ७४ अंकमा बन्द भएको बजार परिसूचक बिहीबार बिहान प्रिओपनिङ सेसनमै करिब २० अंकले बढेर १ हजार ८ सय ९४ बाट कारोबार सुरु भएको हो । बैंक र विकास बैंकको समूहले आजको समग्र बजारको नेतृत्व गरिरहेको छ ।
काठमाडौं: भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ । त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् । शुक्रबार ज्यापु समाजको भवन उदघाटन र गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किने छन् । काठमाडौंस्थित भारतीय राजदूतावास स्रोतका अनुसार नेपाली समकक्षी…
