Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गर्नुभएको छ। सोमबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न २० वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीहरूलाई आग्रह गर्नुभएको हो। “नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको उद्योग विस्तार गर्नुहोस्,” अर्थमन्त्री वाग्लेले भन्नुभयो, “नयाँ उत्पादन र प्रविधिमा प्रवेश गर्नुहोस्। सरकार तपाईंहरूको साथमा उभिनेछ।” अर्थमन्त्रीको आग्रहपछि पालैपालो छलफलमा आफ्नो धारणा राखेका कम्पनीका प्रतिनिधिहरूले छिट्टै नेपालमा २०० अर्ब रुपैयाँ लगानीको प्रक्रिया अघि बढिरहेको भन्दै थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।जलविद्युत्, पेन्ट उद्योग,…

Read More

काठमाडौं: नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशसहित देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले सरकारले समयमा नै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाएको भए पनि व्यवहारमा किसानले सहज रूपमा मल नपाएको बताए। उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा नपुगेको गुनासो व्यापक रूपमा आएको उनको भनाइ छ। प्रचण्डले नेपालमा रासायनिक मल आयात प्रक्रिया जटिल हुने भएकाले समयमै पूर्वतयारी आवश्यक पर्ने उल्लेख गरेका छन्। आफ्नो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको गम्भीरता बुझेर समयमै मल आपूर्ति र वितरण…

Read More

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै हुनुहुन्छ। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उहाँले छलफल गर्न लाग्नुभएको हो। छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको छ। मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे उक्त छलफल सुरु हुनेछ। छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गर्नुहुनेछ। यसै…

Read More

काठमाडौं: नेपाली बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । शुक्रबार तोलामा ९०० रूपैयाँले बढेको सुनको मूल्य आइतबार प्रतितोला ५ हजार ६०० रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ७०० रूपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार पाँच सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो…

Read More

धरान: स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट असार १० गतेभित्र सम्बन्धित सभामा पेस गर्नुपर्ने व्यवस्था भएपनि धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट अझै नगरसभामा पेस गर्न सकेको छैन। बजेट निर्माणका क्रममा जनप्रतिनिधिबीच विवाद भएपछि शुक्रबारका लागि तय गरिएको कार्यपालिका बैठक तथा नगरसभा स्थगित भएको छ। बजेटलाई अन्तिम रूप दिने विषयमा सहमति जुटाउन बजेट तर्जुमा समितिको बैठक बसे पनि विवाद भएपछि बैठक निष्कर्षविहीन बनेको हो। धरान-१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) ले कार्यवाहक नगरप्रमुख आईन्द्रविक्रम बेघाले समितिमा पर्याप्त छलफल तथा सरसल्लाह नगरी करिब ३२ करोड रुपियाँ बराबरको बजेट तथा योजना राखेको आरोप लगाउनुभयो। उहाँका अनुसार सहकारी क्षेत्रका…

Read More

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । देशका पहाडी भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी,…

Read More

​काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले विद्युत् कटौती, मर्मत सम्भार तथा सेवा अवरुद्ध सम्बन्धी पूर्वसूचना सिधै र छिटो-छरितो रूपमा ग्राहकहरूसम्म पुर्‍याउने मुख्य उद्देश्यका साथ अनलाइन KYC (ग्राहक पहिचान) सेवा सुरु गरेको छ। विद्युत् प्रणाली सुधार तथा नियमित मर्मत-सम्भारका क्रममा हुने विद्युत् अवरोधको सूचना समयमै नपाउँदा ग्राहकले भोग्नुपरेको सास्तीलाई अन्त्य गर्न प्राधिकरणले https://kyc.nea.org.np पोर्टल सञ्चालनमा ल्याएको हो। अब प्राधिकरणका ग्राहकहरूले भौतिक रूपमा कार्यालयधाउनुपर्ने बाध्यताको अन्त्य भई घरमै बसेर आफ्नो सम्पर्क नम्बर तथा आवश्यक विवरणहरू अद्यावधिक गर्न सक्नेछन्। ​नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकहरूलाई निरन्तर, सुरक्षित र गुणस्तरीय विद्युत् सेवा प्रदान गर्नु नै प्राधिकरणको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। उहाँका अनुसार प्रसारण…

Read More

काठमाडौँ: गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सम्पन्न ३३/११के.भी.सबस्टेसन सफलतापूर्वक चार्ज भएकोछ। लामो समयदेखि स्थानीय अवरोध तथा राइट अफ वे सम्बन्धी समस्याका कारण सञ्चालनमा आउन नसकेको उक्त सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली गुणस्तरिय र भरपर्दो हुने अपेक्षा गरिएको छ। नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय, वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना, बाट एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा उक्त आयोजना सञ्चालन गरिएको हो। उक्त आयोजना अन्तर्गत डोटी, कैलाली, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी, तनहुँ, गोरखा र म्याग्दी लगायतका विभिन्न जिल्लामा ३३/११ केभी सबस्टेसन, ३३ के.भी. लाइन, ११ केभी फिडर तथा ४०० भोल्टको एलटी वितरण…

Read More

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। उहाँले समितिलाई आजै पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन दिइसक्नुभएको छ। समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनुभएको छ। वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य हुनुहुन्छ । समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दै छ। सो बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग आजै वार्ता सुरु गर्नेछ।

Read More

काठमाडौं नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समय सीमासहित समिति गठन गरेको जनाएको छ । समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोगसमक्ष प्रक्रिया अघि बढाउनेछ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार अनुसार पछिल्ला वर्षहरूमा जलविद्युत् उत्पादन उल्लेख्य रूपमा…

Read More