सिड्नी: अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन्। चारदिने भ्रमणका क्रममा बुधबार बिहान राष्ट्रपति कोविन्द अष्ट्रेलिया पुगेका थिए।
भारतीय राष्ट्रपति कोविन्द, उनका श्रीमती सवितालगायतलाई अस्ट्रेलियाका उच्चस्तरीय सरकारी अधिकारीले स्वागत गरेका थिए ।
अष्ट्रेलिया भ्रमणको आज दोस्रो दिन भारतीय राष्ट्रपति कोविन्दले वरिष्ट अष्ट्रेलियाली अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
त्यसैगरी उनले अष्ट्रेलियामा रहेको महात्मा गान्धीको शालिकलाई गान्धीको १५०औँ जन्मजयन्तीको उपलक्षमा अनावरण गर्नुहुने कार्यक्रम रहेको छ । राष्ट्रपति कोविन्द यहाँ आयोजना हुने दुई देशीय व्यापारिक सम्मेलनमा सहभागी हुनेछन्।
यसअघि राष्ट्रपति कोविन्द भियतनामको चारदिने भ्रमणमा थिए । उनले भियतनामको राष्ट्रिय सभालाई सम्बोधन गर्नु साथै त्यहाँका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए।