काठमाडौँ: खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत पत्रकारहरुको छाता संगठन वास मिडिया फोरम नेपाल, विधिवत रुपमा दर्ता भएको छ।
गत असारमा गठन भएको वास मिडिया फोरमको तदर्थ समिति जिल्ला प्रशासन कार्यालय काठमाडौमा विधिवत रुपमा मङ्सिर २५ गते दर्ता भएको हो ।
विभिन्न मुलधारका सञ्चार माध्यममा आवद्ध रहेर वास क्षेत्रमा कलम चलाउदै आएका पत्रकारहरुको भेलाले मनिषा कुमारी अवस्थीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।
पत्रकारिताको माध्यमबाट खानेपानी तथा सरसफाइ क्षेत्रका बिषयहरुलाई उजागर गर्ने, सुरक्षित खानेपानी र स्वच्छ वातावरणमा जिउन पाउने नागरिकको संविधान प्रदत्त अधिकार प्राप्तिका लागि नागरिकलाई सुसुचित गराउने र राज्यलाई झक्झक्याउने उद्देश्यले वास मिडिया फोरम गठन गरी दर्ता गरिएको फोरमकी अध्यक्ष मनिषाकुमारी अवस्थीले जानकारी दिइन्।
फोरमले खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम तथा कार्यशाला गर्ने, विभिन्न अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने, खानेपानी र सरसफाइ क्षेत्रका विज्ञ र उपभोक्ता बीच छलफल तथा अन्तरक्रिया गर्ने जनाएको छ ।
फोरमले पहिलो चरणमा सातै वटा प्रदेशमा प्रदेश स्तरीय वास मिडिया फोरम गठनका लागि सहजीकरण गर्ने र भविश्यमा हरेक जिल्लामा जिल्ला स्तरीय वास मिडिया फोरम गठन गर्ने जनाएको छ ।
तदर्थ समितिका पदाधिकारीहरु :
अध्यक्ष – मनिषाकुमारी अवस्थी
उपाध्यक्ष – नवीन पल्लव
महासचिव – पी.टी.लोप्चन
सचिव – सम्झना महर्जन
कोषाध्यक्ष – पुरुषोत्तम खत्री
सदस्यहरु
कमल राना
रुपचन्द्र महर्जन
सुजाता खत्री
गगन अर्याल