Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    • सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
    • १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 24
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » पित्त पत्थरको उपचारमा आयुर्वेद प्रभावकारी

    पित्त पत्थरको उपचारमा आयुर्वेद प्रभावकारी

    पहिलोक्लिकपहिलोक्लिकJuly 7, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: “डाक्टरले पित्तमा पत्थर निकै छ, शल्यक्रिया गर्नुपर्छ भनेपछि मन सिरिङ्ग भयो, डर लाग्यो”, पूर्व प्रहरी नायब उपरीक्षक मोहनकृष्ण घलेले भने, “एक पटक आयुर्वेदिक औषधि खाएर हेर्छु भन्ने मनमा आयो, त्यसपछि आयुवेदिक औषधि खाएँ ।”

    ओलखुढुङ्गा स्थायी घर भई हाल सिफल बस्ने घले अहिले ८० वर्षको छन् । उपचार गर्दा ६५ वर्षको थिए । शल्यक्रिया गर्न उमेरले पनि ठीक हुँदैन कि भन्ने भयो । ललितपुरको कुपण्डोल गुरुद्वारा नजीकै रहेको गणेश आयुर्वेदीय औषधालय प्रालिका प्रमुख वैद्य गणेशबहादुर राउतसँग परामर्श गरी आयुर्वेद औषधि खाएपछि पत्थरी पूर्णरुपमा ठीक भयो ।

    घलेजस्तै सोलुखुम्बु स्थायी घर भई हाल बत्तीसपुतली बस्ने नीरबहादुर कार्की पनि पित्त पत्थरीको उपचारमा आयुर्वेदीय औषधिको प्रयोगबाटै ठीक भएका छन्। “डाक्टरले शल्यक्रिया गर्नुपर्छ भनेको थियो तर मैले आयुर्वेदिक औषधि खाइहेर्छु भनेर आएँ, अहिलेसम्म बल्झिएको छैन, म ठीक छु”, उनले आफूलाई शल्यक्रिया नगरी पित्त पत्थरी ठीक भएकामा खुशी व्यक्त गरे । उनले ५२ वर्षका उमेरमा उपचार गर्नुभएको थियो । अहिले उनि ७० वर्ष भए ।

    शुरुमा त उनलाई पनि आयुर्वेदिक औषधि खाएर के ठीक होला त भन्ने लागेको थियो तर औषधि खाँदै जाँदा ठीक भयो । “पछि डाक्टरकहाँ परीक्षण गर्न गएँ, पित्तमा पत्थरी छैन, डाक्टर पनि छक्क पर्नुभयो, पित्तमा पत्थरी थियो कहाँ गयो भन्नुभयो, पित्त पत्थरका लागि आयुर्वेद उत्तम औषधि हो ।”

    पित्त पत्थरको उपचार आयुर्वेदीय पद्धतिबाट कम पीडा र सर्वसुलभ रूपमा हुने देखिएको छ । पित्त पत्थरको आधुनिक चिकित्सा पद्धतिबाट उपचार गर्दा शल्यक्रिया गर्नुपर्ने हुन्छ जुन पीडादायी र खर्चिलो हुन्छ तर आयुर्वेद उपचार पद्धति र औषधिको प्रयोगबाट सरल तरिकाले ठीक हुन्छ ।

    अल्ट्रासाउण्ड गरेर पित्त पत्थर भएको थाहा भएपछि दुई महीना आयुर्वेदिक औषधि सेवनपछि ठीक हुन्छ । पित्तपत्थर भएको पुष्टि भएपछि दुई महिना औषधि खाँदा ठीक हुन्छ । अलि कडा भए केही समय थप गर्नुपर्छ । वैद्य राउतले भने, “पित्तपत्थरको उपचार गर्न शल्यक्रिया गर्न पर्दैन, शल्यक्रिया महँगो र पीडादायी हुन्छ ।”

    पित्त पत्थर भएको शङ्का लाग्नेबित्तिकै अल्ट्रासाउण्ड गरेपछि थाहा पाउन सकिन्छ । वैद्य राउतले थपे, “पित्त पत्थर ठोस पदार्थ नभई कानेगुजी वा चकलेटजस्तो भएको हुनाले आयुर्वेद उपचारपछि त्यो बिलाएर नाश हुन्छ ।”

    शरीरमा हरेक अङ्गको ओरालो नली हुन्छ तर पित्तको नली उकालो हुन्छ । कलेजोसँग माथि फर्केर टाँसिएर रहेको हुन्छ । ठोस नै निस्केर जाने कुनै अवस्था हुँदैन । आयुर्वेदिक विधि र सचेतनाद्वारा ठोस वस्तुलाई बिलीन प्रक्रियाद्वारा समाधान गरिन्छ । बिलाएपछि पित्तरसजस्तै हुन्छ । रस निस्कने बाटो हुन्छ तर ठोस निस्कने बाटो हुँदैन ।

    वैद्य राउतले आयुर्वेदको खोज अनुसन्धान गर्ने क्रममा २०४६÷४७ सालतिर विश्व स्वास्थ्य संगठनको सहयोगमा १५ महिने तालीम प्राप्त गरेपछि पित्त पत्थर बिलाउने विधिको विकास गरी नेपाली नागरिकलाई विनाशल्यक्रिया समाधान गरी सेवा गर्दै आएका छन् । राउतले थपे, “२५ वर्षदेखि पित्त पत्थरको उपचार गरेको छु, निरन्तर सेवामा छु, पित्तले पाचन प्रक्रियालाई सदाबहार र स्वच्छ जीवन जिउन धेरै सहयोग पु¥याउँछ ।”

    राउतलाई राज्यले मौलिक आयुर्वेदलाई प्राथमिकता दिएर संरक्षण गरे हुन्थ्यो भन्ने लागेको छ । उनले थपे, “विश्व बौद्धिक सम्पत्ति संगठनले हरेक राज्यलाई आफ्नो देशको मौलिकता सुरक्षित गर्ने अधिकार दिएको छ, नेपालले पनि आयुर्वेदजस्तो सम्पत्ति सुरक्षा गर्नु जिम्मेवार कार्यभित्र पर्छ, विकसित मुलुकमा पनि यस्ता मौलिक सम्पत्तिको संरक्षण राज्यले नै गरिदिन्छ ।

    पत्थरका बिरामीलाई आयुर्वेद औषधि पहिलो चरणमा दुई महीनाका लागि १० हजार रुपैयाँ पर्छ । धेरैजसो व्यक्तिलाई पहिलो चरणको औषधिबाट नै ठीक हुन्छ । पत्थर निकै कडा भएर तरल नभएका अवस्थामा दोस्रो चरणमा पनि औषधि खानुपर्ने हुन्छ । दोस्रो चरणबाट क्रमशः पहिलेको आधा अर्थात् पाँच हजार रुपैयाँ मात्र लाग्छ ।

    पित्त पत्थरका लक्षण पेट र कोखा दुख्ने भनिए तापनि यो मौन समस्या हो । तत्काल यसको असर देखिँदैन । पित्त पत्थर के कारणले हुन्छ भन्ने हालसम्म वरिष्ठ वैज्ञानिकले पनि ठोकुवा गरेर भन्न सकेका छैनन् । सामान्यतया आहारविहारमा हुने अनावश्यक रसायन जमेर ठोस बन्छ । अनि पित्त पत्थर हुने देखिएको बताइएको छ । पित्तथैली भनेको प्रकृतिले भरिदिएको औषधालयको थैली हो जसले पाचन प्रक्रियामा मद्दत गर्छ । रासस

    Facebook Comments Box

    आयुर्वेद
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026

    सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!

    November 24, 2026

    १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    November 24, 2026

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.