काठमाडौँ: प्रहरीले पेस्तोल र गोलीसहित काठमाडौंको माछापोखरीबाट सात जनालाई पक्राउ गरेको छ।
शनिबार अपरान्ह ४ बजे प्रहरीले गुण्डागर्दीमा संलग्न रहेका सात जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेकाहरूको पहिचान प्रहरीले खुलाएको छैन।
‘पेस्तोलसहित पक्राउ परेका उनीहरूसँग थप अनुसन्धान गर्दैछौं,’ बोगटीले भने।
माछापोखरी र बालाजु क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा संलग्न रहेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
Facebook Comments Box