काठमाडौं: अभद्र व्यवहार गरेको भन्दै प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको छ ।
नेपालगञ्ज विमानस्थलमा शनिबार भएको अभद्र व्यवहार र पर्यटनमन्त्री योगेश मन्त्री भट्टराईमाथि विमानभित्रै भएको गालीगलौजबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि एक समूहले हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
तर, प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पुर्जी थमाएको छ ।
ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा विवाद उत्पन्न भएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएकाे ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
उनीमाथि आक्रमण हुनसक्ने भन्दै सुरक्षाका लागि नियन्त्रणमा लिएकाे राइले बताए। ‘पत्रकार सम्मेलनमा हुलहुज्जत भयो। विवाद चर्किने देखेपछि हामीले सुरक्षाका लागि परिसरमा राखेका छौं।’ उनले भने