Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!

    November 24, 2026

    १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    November 24, 2026

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
    • १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 24
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अबदेखि मर्करीमुक्त डेन्टल सेवा पाइने

    अबदेखि मर्करीमुक्त डेन्टल सेवा पाइने

    पहिलोक्लिकपहिलोक्लिकSeptember 17, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : सरकारले मर्करीयुक्त उपकरण तथा डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

     

    यही भदौ ४ गते मन्त्रिस्तरीय निर्णयबाट अब आम नागरिकले मर्करीमुक्त दन्त चिकित्सा तथा मर्करीमुक्त स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् ।

     

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार मर्करी मानव स्वास्थ्य र वातावरणमा असर पु¥याउने विभिन्न मुख्य १० रसायनमध्ये एक प्रमुख रसायन हो ।

     

    अब गर्भवती र स्तनपान गराइरहेका महिला तथा १५ वर्षमुनिका बालबालिकामा मर्करी डेन्टल अमल्गमको प्रयोग पूर्णतः प्रतिबन्ध लगाउने, अन्य उमेरका हकमा विकल्प भएमा पाँच वर्षभित्र प्रतिबन्ध लगाउने, दन्त चिकित्सा अध्ययन गराउने विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मर्करी डेन्टल अमल्गमको प्रयोगबाटै पाठ्यक्रम परिमार्जन गराउने तथा प्रयोगात्मक अभ्यासमा मर्करी अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

     

    यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट विसं २०६९ फागुन २१ मा मर्करीयुक्त उपकरणको आयात, खरीद तथा प्रयोगमा आर्थिक वर्ष २०७०÷७१ देखि पूर्णतया प्रतिबन्ध गर्ने निर्णय गरी प्रभावकारी कार्यान्वयनमा आइसकेको छ ।

    फलस्वरुप प्रायःजसो सबै अस्पतालले ज्वरो नाप्न मर्करीमुक्त डिजिटल थर्मामिटर तथा रक्तचाप नाप्न मर्करीमुक्त ऐनेरोइड स्फिगमोम्यानो मिटरको प्रयोग गर्न शुरु गरेका छन् ।

    वन तथा वातावरण मन्त्रालयले हालै सम्पन्न गरेको नेपालको मिनामाता प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनले मर्करीयुक्त उपकरण र डेन्टल अमल्गमको आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने र दन्त चिकित्सा शिक्षाको पाठ्यक्रममा मर्करीमुक्त वैकल्पिक फिलिङहरु जस्तैः कम्पोजिट, गलासा आइनोमर, कम्पोमर आदिबारे यथेष्ट समावेश गरी उचित सुधार गर्नुपर्नेजस्ता सुझावको कार्यान्वयन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

     

     

    साथै, यस निर्णयले संयुक्त राष्ट्रसङ्घीय मिनामाता मर्करी महासन्धिले मानव गतिविधिबाट उत्सर्जित मर्करीको दुष्परिणामबाट स्वास्थ्य र वातावरण जोगाउन अन्तरराष्ट्रियरुपमा गरिएको प्रतिबद्धता पूरा गर्न पनि सहयोग पुग्ने बताइएको छ ।

     

    सन् २०१३ मा आएको संयुक्त राष्ट्रसङ्घीय मर्करी महासन्धि, सन् २०१७ अगष्ट २६ तारीखबाट अन्तरराष्ट्रिय कानूनको मान्यता प्राप्त गरिसकेको छ ।

    हालसम्म महासन्धिमा नेपाललगायत १२८ देशले हस्ताक्षर गरेका छन् भने ११३ देशले अनुमोदनसमेत गरिसकेका छन् ।

    नेपालले करीब छ वर्षअघि सन् २०१३ अक्टोवर १० मा नै हस्ताक्षर गरे पनि हालसम्म अनुमोदन भने गर्न बाँकी छ ।

    उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवकोे मर्करीयुक्त उपकरण तथा डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय मर्करीमुक्त दन्त चिकित्सा तथा मर्करीमुक्त स्वास्थ्य सेवा सुनिश्चित गर्ने दिशामा निकै दूरगामी, वातावरण र स्वास्थ्यमैत्री निर्णयप्रति जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र् (सिफेड)ले स्वागत गरेको छ ।

     

    सरकारको यस निर्णयको प्रभावकारी कार्यान्वयन हुन सकेमा १५ वर्षमुनिका बालबालिकाको दाँतमा र गर्भवती वा स्तनपान गराइरहेका महिलाको दाँतको उपचारमा मर्करीयुक्त डेन्टल अमल्गमको प्रयोग पूर्णतयाः उन्मूलन हुनेछ ।

     

    साथै, अन्य उमेर र समूहका मानिसलाई जोगाउन सकिने यस क्षेत्रमा लामो समयदेखि कार्य गर्दै आउनुभएका सिफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताए ।

     

    वन तथा वातावरण मन्त्रालय मन्त्रालयले यथाशीघ्र मिनामाता महासन्धि अनुमोदन गरी पहिचान भइसकेका मर्करीसम्बन्धी स्वास्थ्य र वातावरणीय समस्यालाई सम्बोधन गर्न पक्षधर राष्ट्रहरुलाई मात्र प्राप्त हुने आर्थिक र प्राविधिक सहयोग जुटाउनुपर्नेमा उनले जोड थियो ।

     

    नेपाल डेन्टल एशोसिएसन, नेपाल मेडिकल एशोसिएसन, त्रिभुवन र काठमाडौँ विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालस्थित विश्व स्वास्थ्य सङ्गठन, गैरसरकारी सङ्घसंस्थालगायत अन्य सबै सरोकारवालाको समन्वयमा सिफेडले वकालत गर्दै आएको थियो ।

    संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वातावरण कोष÷साना अनुदान कार्यक्रम नेपालको सहयोगमा केन्द्रले जनचेतना अभिवद्धि, साझा फोहर प्रशोधन केन्द्र बनाउनेतर्फ सहयोग र नीतिगत पैरवीका माध्यमले स्वास्थ्य क्षेत्रबाट दीर्घायी प्रदूषण तथा मर्करीको उत्सर्जन घटाउँदै लाने परियोजनामार्फत मर्करीमुक्त स्वास्थ्य सेवा, मर्करीमुक्त दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त दन्त चिकित्सा शिक्षासम्बन्धी नीतिको अनुशरणमा जोड दिएको थियो ।

     

    मर्करीले स्मरण शक्ति, हेर्ने र सुन्ने क्षमतामा ह्रास, प्रजनन् प्रणाली, नवजात शिशु, गर्भवती महिला, शिशुको वृद्धि विकासमा अवरोध पु¥याउँछ ।

     

    छालाबाट छिरेर मस्तिष्क, फोक्सो, मिर्गौलाजस्ता शरीरका संवेदनशील अङ्गमा हानी पु¥याउँछ भने गर्भमा रहेको शिशुको शारीरिक, मानसिक र बौद्धिक विकासमा पनि अवरोध ल्याउने विभिन्न अनुसन्धानबाट पुष्टि गरेको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!

    November 24, 2026

    १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    November 24, 2026

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.