काठमाडौँ: जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई सात दिनभित्र कानुनी कारबाही नभए सबै उडान बन्द गर्ने नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ।
उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।
राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहले सोमबार बिहान बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड गरेको संघले आरोप लगाएको छ।
संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यदि कारबाही नभए असुरक्षाको कारण उडान बन्द गरिने जानकारी गराएको छ।
काठमाडौं: राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार साहले जनकपुर विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका हुन् ।
‘सांसद साहले कर्मचारीमाथि अभद्र व्यवहार गर्दै तोडफोड गरेको रिपोर्ट प्राधिकरणमा आएको छ,’ स्रोतले भन्यो, ‘विमानस्थलजस्तो संवेदनशिल क्षेत्रमा यस्तो व्यवहार देखाउनु गैरकानूनी काम हो ।’
आइतबारदेखिकै हवाई चापका कारण जहाजहरु केही समय ढिला गरि उडिरहेको समेत ती अधिकारीले जानकारी दिए ।