Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026

    अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग

    November 25, 2026

    भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव

    November 25, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    • नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
    • नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 26
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » गोँगबुका होटलमा मौलाएको तेस्रोलिङ्गी, यौन व्यवसाय र होटल गाइड हटाउने तयारी

    गोँगबुका होटलमा मौलाएको तेस्रोलिङ्गी, यौन व्यवसाय र होटल गाइड हटाउने तयारी

    पहिलोक्लिकपहिलोक्लिकJuly 28, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: नयाँ बसपार्क क्षेत्रका होटल व्यवसायीले गोँगबु, नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति, विसंगति हटाउन व्यवसायी एकजुट भएका छन् ।

    नयाँ बसपार्क क्षेत्रमा हुने लुटपाट, लागुऔषध, तेस्रोलिङ्गी, यौन व्यवसाय, ट्याक्सीको मनोमानी, होटल गाइडलाई हटाउन व्यवसायी एकजुट भएका हुन् ।

    नेपाली होटल व्यवसायी संघ, काठमाडौँ होटल व्यवसायी संघ, बालाजु होटल व्यवसायी संघ र संयुक्त होटल व्यवसायी संघले आज एक कार्यक्रमको आयोजना गरी गोँगबु क्षेत्रमा देखिएको विकृति हटाउन सबै क्षेत्र एकजुट हुनुपर्ने बताएका हुन् ।

    कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले समाज परिवर्तन र मुलुकको विकासका लागि आफैँ अगाडि बढ्नुपर्ने बताए । “सबै समस्या प्रहरीले चाहेरमात्र समाधान गर्न सक्दैन यसका लागि नागरिक सहयोग आवश्यक छ,” उनले भने ।

    परिसरका प्रमुख पोखरेलले सुरक्षा दृष्टिकोणले गोँगबु क्षेत्र संवेदनशील क्षेत्र भएको भन्दै यसलाई हटाउनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । प्रहरी सुधार भएमात्र समाज सुधार हुने भन्दै सुधार नहुने प्रहरीलाई कारबाही गरिने स्पष्ट पारे । मूल्यमान्यता र आदर्शमा रहेर होटल व्यवसाय गर्न उनले सबै व्यवसायीलाई आग्रहसमेत गरे ।

    काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले विकृति गर्ने होटलको पक्षमा काठमाडौँ महानगरपालिका नभएको बताए । “पैसा धेरै आउने नाममा होटल व्यवसायीले जे पायो त्यो काम गर्न पाउँदैनन्”, उनले भने । उनले स्थानीय तहमा व्यवसाय दर्ता गरेर चलाउन आग्रह गरे ।

    टोखा नगरपालिका वडा नं ९ का अध्यक्ष जोगप्रसाद नेपालले गोँगबु क्षेत्रमा देखिएको विकृति र विसंगति हटाए मात्र सभ्य समाज निर्माण हुने बताए । “होटल व्यवसायीकै संरक्षणका कारण होटल गाइडले काम गरिरहेका यसको अन्त्यका लागि होटल व्यवसायी नै गम्भीर हुनुपर्छ”, उनले भने ।

    सामुदायिक सेवाकेन्द्र गोँगबुका अध्यक्ष शैलेश कार्कीले होटल व्यवसायीभित्र देखिएका समस्या समाधानका लागि व्यवसायी नै एकजुट भएको बताए । बसपार्कलाई सबैको रोजाइको क्षेत्र बनाउनका लागि पनि यस क्षेत्रको विकृति विसंगति हटाउनु जरुरी रहेको उल्लेख गरे ।

    समाज उत्थान महिला मञ्च उपाध्यक्ष जानुका ढकाल नयाँ बसपार्कभित्रको विकृति विसंगति हटाए मात्र समाज सुध्रिने बताए । महिला उपकार समाज मञ्च अध्यक्ष लक्ष्मी भण्डारीले एक दुई वटा होटल व्यवसायीले गोँगबु क्षेत्रकै होटल व्यवसायको बद्नाम भएको बताए ।

    कार्यक्रममा नेपाली होटल व्यवसायी संघका अध्यक्ष अमरबहादुर दाहाल, महासचिव गणेश ढकाल, काठमाडौँ होटल व्यवसायी संघका अध्यक्ष पदम लिम्बू, मित्रनगर विकास तथा सुधार समिति वरिष्ठ उपाध्यक्ष यामबहादुर कुँवरलगायतले नयाँ बसपार्कलाई काठमाडौँको नमूना स्थान बनाउन सबै व्यवसायी लाग्नुपर्नेमा जोड दिए ।

    Facebook Comments Box

    गोँगबु
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026

    अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग

    November 25, 2026

    भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव

    November 25, 2026

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    November 24, 2026

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.