Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026

    अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग

    November 25, 2026

    भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव

    November 25, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    • नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
    • नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 26
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सूर्य थापा नेतृत्व ७ सदस्यीय छानविन समितिमा को को छन् सदस्य? यी छन् कार्यक्षेत्र, समस्याग्रस्त सहकारी यी हुन्

    सूर्य थापा नेतृत्व ७ सदस्यीय छानविन समितिमा को को छन् सदस्य? यी छन् कार्यक्षेत्र, समस्याग्रस्त सहकारी यी हुन्

    पहिलोक्लिकपहिलोक्लिकMay 29, 2024No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ:
    सहकारी समस्याबारे अध्ययन गर्न ७ सदस्यीय संसदीय छानबिन समिति बनेको छ।

    प्रतिनिधि सभाको बैठकबाट ७ सदस्यीय समिति घोषणा गरिँदै छ। समितिको कार्यावधि ३ महिना हुने भएको छ। समितिको सभापति नेकपा एमालेका अध्यक्ष सूर्य थापा चयन भएका छन्।

    समितिमा कांग्रेसका सांसदहरू बद्री पाण्डे र ईश्वरी देवी न्यौपाने, सत्तारूढ एमालेबाट सूर्य थापा र सरिता भुसाल, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।

    प्रतिनिधि सभाको मंगलबारको बैठकले समिति घोषणा गरेको हो। संघीय संसदको संयुक्त बैठकमा सरकारका तर्फबाट अर्थमन्त्रीले बजेट प्रस्तुत गरेपछि प्रतिनिधि सभाको बेग्लै बैठक बसेको थियो।

    सोमबार बेलुका साढे तीन घण्टा प्रधानमन्त्रीको रोहबरमा बालुवाटारमा बसेको कार्यदलको बैठकले समझदारी जुटाएको कार्यादेशलाई मंगलबार बैठक बसेर अन्तिम रूप दिइएको हो।

    ‘माननीय सूर्यबहादुर थापालाई संयोजक प्रस्ताव गरिएको छ,’ माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले भने।

    समितिको कार्यादेशमा सहमति जुटेसँगै संसदको गतिरोध अन्त्य भएको छ।

    समितिको कार्यक्षेत्र यसप्रकार तोकिएको छ-
    १. सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरीवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने।

    २. समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने।

    ३. नेपाल सरकार, सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची-१ मा उल्लेख भएका संस्थाहरू (२० वटा) लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ताको प्रक्रिया कहाँ पुगेको छ, सोको अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने।

    ४. सहकारी संस्था सदस्य (सेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुर्‍याएको भनी संघीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका सहकारी संस्थाहरू (९ वटा) बाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रूपमा प्रवाह भए-नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने ।

    समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका २० सहकारी (अनुसूची १)
    १ ओरेन्टल कोअपरेटिभ लिमिटेड
    २. स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ
    ३. प्यासिफिक सेभिङ एन्ड इन्भेस्ट मेन्ट कोअपरेटिभ
    ४. प्रभु बचत तथा ऋण सहकारी संस्था
    ५. कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ
    ६. कन्जुमर बचत तथा ऋण सहकारी संस्था
    ७. कुवेर बचत तथा ऋण सहकारी संस्था
    ८. चार्टर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ
    ९. भेगास बचत तथा ऋण सहकारी संस्था
    १०. स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभ लिमिटेड
    ११. सोसाइटल बचत तथा ऋण सहकारी संस्था
    १२. लुः निभा बहुउद्देश्यीय सहकारी संस्था
    १३. पशुपति सेभिङ क्रेडिट कोअपरेटिभ लिमिटेड
    १४. शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
    १५. तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड
    १६. हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड
    २७. कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था
    २८. कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड
    १९. लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था
    २०. गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

    गोर्खा मिडिया (रवि लामिछाने) जोडिएका र अन्य सहकारीहरू (अनुसूची २)
    १. आइडियल यमुना बहुउद्देश्यी संस्था
    २. इमेज बचत तथा ऋण सहकारी संस्था लि
    ३. सहारा बचत तथा ऋण सहकारी,
    ४. समानता वचत तथा ऋण सहकारी
    ५. सानो पाइला वचत तथा ऋण सहकारी
    ६. सुप्रिम बचत तथा ऋण सहकारी,
    ७. सूर्यदर्शन बचत तथा ऋण सहकारी,
    ८. सुमेरू बचत तथा ऋण सहकारी
    ९. स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी र अन्य।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026

    अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग

    November 25, 2026

    भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव

    November 25, 2026

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    November 24, 2026

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.