काठमाडौँ: प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्डले सरकार केहि माफिया बर्गको हातमा पुगेकोले र भूमि बचाउन र भ्रष्टाचारको विरुद्ध लाग्दा सरकार ढालिएको जिकिर गरे ।
दुई ठुला दलले गरेको सत्ता सहमति एउटा वर्गको घरमा मध्यराती हुनुनै सरकार निरंकुशता तर्फ अग्रसर भएको छ, उनले भने। सरकारले गरेको लोकतन्त्रको सर्भिसिंग र गोडमेलले गर्दा सरकार ढालेकोसमेत उनले बत्ताए।
एमाले र कांग्रेसले राष्ट्रिय सहमतिको बर्को ओढेको कुरा पनि प्रधानमन्त्री प्रचण्डले बताए । राष्ट्रिय सहमति गर्न के मध्यरात अनि सत्ता ढलाउने वर्गको घरमा गर्न पर्छ र? उनले प्रश्न गरे ।
Facebook Comments Box
