Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको जानकारी दिएको छ । बितेको २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ । एकैदिन ३ हजार ३०७ जनाले कोरोनालाई जितेका छन् । देशभर अहिले २१ हजार २३४ जनामा सक्रिय संक्रमण छ ।
काठमाडौं: नक्कली प्रहरी बनेर रकम असुल्न खोजेको आरोपमा काठमाडौँबाट एकजना पक्राउ परेका छन् । प्रहरी हुँ भन्दै काठमाडौँको नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोज्ने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा लिखु गाउँपालिका–३ दामनाङटार घर भइ भक्तपुर नयाँठिमी बस्ने ३२ वर्षीय कुलबहादुर बस्नेत रहेका छन् । प्रहरीका अनुसार बस्नेतसहित ४ जनाले प्रहरी हुँ भन्दै गिट्टी बालुवा झारेको पैसा माग्नुका साथै धम्कीसमेत दिएका थिए ।
काठमाडौँ: प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ। सत्तारूढ दल नेपाल कम्युनि पार्टी नेकपाका दुबै अध्यक्षको सहमति पछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो। प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको एक मन्त्रीले बताए। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले गरेको उक्त निर्णयलाई भने सार्वजनिक गरिएको छैन। राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन। रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा मतभेद थियो। प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री…
काठमाडौँ: कृषि विकास बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी फुयाल गाउंमा पूर्ण आधुनिक बैकिङ्ग सहित नयाँ शाखा खोलेको छ। कोभिड–१९ कारणले औपचारीक रुपमा कार्यलयको उदघाटन हुन नसकेपनि न्यूनतम अप्नाउनु पर्ने सावधानी अपनाई बैंकिङ्ग सेवा संचालनको शुभारम्भ गरिएको बैंकले जनाएको छ । उक्त सेवा संचालनको शुभारम्भको शुभ अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, काठमाडौ जिल्ला क्षेत्र नं. २ का प्रदेश सभा सदस्य मणीराम फुयाल, कागेश्वरी नगरपालीकाका मेयर कृष्ण हरी थापा, स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु तथा नेपाली कांग्रेश क्षेत्र नं २ का क्षेत्रिय सभापति उपेन्द्र कार्की, कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ का अध्यक्ष प्रकाश फुयाल लगायत स्थानीय विद्यालयका प्रधानअध्यापकहरु…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै दायर मुद्दामा सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । आजको सुनुवाईमा गौतमका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने र उनीहरुको बहस सकिएपछि सरकारी वकिलले बहस गर्नेछन् । अन्त्यमा निवेदकले जवाफ दिने समय पाउनेछन् । बहस नलम्बिए उक्त मुद्दाको फैसला आजै हुने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । यसअघि गत बुधबार रिट निवेदकले बहस गरेका थिए । सोही दिन सरकारका तर्फबाट महान्यायाधिवक्तासहितले बहस गरेका थिए । सर्वोच्चले यो मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको थियो ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सम्पन्न भएको छ । दुई नेताबीच झण्डै पौने घण्टामात्र भेटवार्ता भएको थियो । भेटवार्तामा दुई अध्यक्षबीच शनिबार चार बजे बस्ने गरी सचिवालय बैठक बोलाउने सहमति भएको छ । सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्ने नेकपा श्रोतले जनाएको छ । आजको भेटमा अध्यक्ष प्रचण्डले पार्टीमा छलफल नै नगरी राजदूत नियुक्ति गर्न सिफरिस गरेपछि पार्टीमा असन्तुष्टि बढ्न पुगेको भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए । जवाफमा ओलीले लामो समय राजदूत पद खाली राख्दा राम्रो सन्देश नजाने भएकाले सिफारिस गर्नुपरेको जवाफ दिएका थिए…
काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहानै आफुलाई कोरोना भाइरस संक्रमण लागेको घोषणा गरेका छन् । ट्रम्प पत्नी प्रथम महिला मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि विज्ञहरुले जारी गरेको निर्देशिकालाई ट्रम्पले सुरुवातमा मजाकमा उडाएका थिए । तर, निर्वाचन अभियानले तिव्रता पाइरहेका बेला उनी एक्कासी संक्रमित भए । यसअघि आफ्ना सहयोगी होप हिक्समा कोरोना संक्रमण देखिएपछि ट्रम्पले बिहीबार राति आफ्नो क्वारेन्टाइन बस्ने योजना सुनाएका थिए । उनले भाइरसको फैलावटलाई लिएर पनि हल्का टिप्प्णी गरेका थिए । ‘महामारी अन्त्य हुन लागेजस्तो देखिन्छ,’ कोरोनाका कारण भर्चुअल्ली आयोजना गरिएको वार्षिक अल स्मिथ डिनर…
काठमाडौँ: पश्चिमतर्फका तीनवटा प्रदेशबाट मनसुन हटिसकेकाे मौसमविद्ले शुक्रबार जानकारी दिएका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गर्दै सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश ५ का पश्चिमी भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो। ‘मनसुन पश्चिमबाट क्रमशः बाहिरिँदै छ,’ महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले शुक्रबार बिहान भने, ‘त्यस क्रममा पश्चिमतर्फका तीनवटा प्रदेशबाट मनसुन हटेको हो।’ उनका अनुसार अब त्यता मनसुनी वर्षा हुँदैन। बाँकी प्रदेशमा भने अझै मनसुनी प्रभाव छ। महाशाखाले जारी गरेको मनसुन बहिर्गमन बुलेटिनमा भनिएको छ : २०७७ असोज १५ गते बिहीबार नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ र १२ मा गरिने भएको छ । गत चैतमा हुनुपर्ने निर्वाचन कोभिड–१९ को बढ्दो संक्रमणका कारण तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । कार्यकारिणी समिति बैठकले बिहीबार महासंघको वार्षिक साधारणसभा तथा निर्वाचन मिति तोकेको हो । गृह मन्त्रालयले तोकेको मापदण्डअनुसार निर्वाचन गरिने उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । ‘चुनाव मंसिर ११ मै सुरु गर्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘गृह मन्त्रालयका अनुसार सबै स्वास्थ्य मापदण्ड पूरा गरेर गर्नुपर्ने भएकाले साधारणसभा सुरु भएर सकिन दुई/तीन दिन पनि लाग्न सक्छ ।’ गृह मन्त्रालयले २५ जनाभन्दा बढी…
एजेन्सी: लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनल काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा निर्धातिर समयमा कुनै पनि गोल हुन नसकेपछि पेनाल्टीमा आर्सनल ५–४ गोलअन्तरले विजयी भएको हो । पेनाल्टी सुटआउटमा आर्सनलका गोलकिपर बर्नाड लेनो नायक बने । उनले लिभरपुलका दुईवटा पेनाल्टी राके । त्यसपछि जो विलकले निर्णायक पेनाल्टीमा गोल गर्दै आर्सनललाई जीत दिलाए । आर्सनलका लागि मोहमद एल्नेनीले पेनाल्टी मिस गरे पनि लेनोले डेभिड ओरिगी र ह्यारी विल्सनको पेनाल्टी रोकेका थिए । चार दिनअघि मात्र प्रिमियर लिगमा लिभरपुलसँगै ३–१ गोलअन्तरले पराजित भएको आर्सनलको हिजोको प्रदर्शनबाट म्यानेजर मिकेल आर्टेटा खुसी देखिए ।…
