Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन आगामी असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए । यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए । सरकारले विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । यसअघि सरकारले दैनिक ५०० जनासम्मको मात्रै उद्धार गर्ने गरेकोमा अब ८०० जनासम्मको उद्धार…
महोत्तरी : महोत्तरीको मनरा सिश्वा नगरपालिका -४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको कोरोना संक्रमणबाट मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिको कोभिडका कारण ज्यान गएको यो पहिलो घटना हो ।
त्रिशूली : नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् । कोरोना जाँचका लागि उनीहरुले काठमाडाँैमा स्वाबको नमूना दिएको र ठेगाना ‘नुवाकोट, वडा नं ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका सूचना अधिकृत उत्तम खनालका अनुसार नमूना दिँदा फोन नं उल्लेख नगरेको र ठेगानामा स्थानीय तहको नाममा जिल्लाको मात्र नाम समावेश भएकाले सङ्क्रमितलाई सम्पर्कमा ल्याउन कठिन परेको छ । कार्यालयले स्थानीय तहका जनप्रतिनिधि…
काठमाडौं : सेयर खरिदबिक्री रकममा नयाँ माहोल देखिएको छ । नेप्से सूचक आकर्षक हिसाबले वृद्धि हुँदा खरिदबिक्रीमा नयाँ उत्साह देखिएको छ । केही दिनयता बजारले क्रमशः नयाँ उचाईहरु बनाइरहेको छ । नाफा गरेकाहरुले बेच्ने अनि अझै बढ्छ भनेर विश्वस्त हुनेहरुले खरिदक्रम बढाउँदा समग्र कारोबार रकममा भारी वृद्धि देखिएको हो । वित्तीय प्रणालीमा रहेको अधिक तरलता अनि यसका कारण उपलब्ध सस्तो ब्याजदरले सेयर बजारलाई उचाईमा पुर्याउन सहयोग पुगेको हो । लगानीकर्ताहरुले समग्र नेप्से भन्दा पनि आफूले लगानी गर्ने कम्पनीतर्फ बढी ध्यान दिन आवश्यक देखिन्छ । लगानी गर्ने कम्पनीको समग्र वित्तीय सूचकको गहन अध्ययन हुन आवश्यक छ । यसको नाफा, लाभांश बाँड्न…
काठमाडौं: नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले होम डेलिभरी सेवालाई रोक लगाएकोमा आपत्ति जनाएको छ। लकडाउन र निषेधाज्ञामा घरघरमा अत्यावश्यक खाद्यान्न पुर्याएर सेवा दिएर बजारमा भीडभाड कम गर्न सहयोग गर्ने व्यवसायलाई रोक्नु न्यायोचित नभएको मञ्चले जनाएको छ। मञ्चले कोरोनाका कारण आर्थिक गतिविधी ठप्प रहेको अवस्थामा बजारको वितरण प्रणालीलाई निरन्तरता दिएर आर्थिक गतिविधिमा सहयोग पुर्याएको समेत जिकिर गरेको छ। अनलाइनमार्फत घरघरमा सेवा दिने कम्पनीहरुले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएको बताउँदै त्यस्ता व्यवसाय निर्वाध संचालनको माग मञ्चले गरेको छ।‘कर्मचारीहरूलाई पीपीई सूटको व्यवस्था गरिएको छ। डेलिभरी गर्ने भ्यानहरूलाई समेत प्रत्यक पटक स्यानीटाईज गरिन्छ,’ सस्तो डिलका संस्थापक अमुन थापाले भने , ‘कारोवार सकेसम्म नगद…
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टायता थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज एक महोत्तरीकी ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु भएको छ । जसमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन् । त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।…
काठमाडौँ: पछिल्लो १२ दिनमा निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारी ट्राफिक प्रहरीको कारवाहीमा परेका छन्। भदौ तीन गतेबाट आजसम्म ११ हजार ७ सय ७३ सवारी कारवाहीमा परेको ट्राफिक प्रहरीले बताएको छ। उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहितको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। अत्यावश्यक सेवा क्षेत्र बाहेक निषेधाज्ञाको अवज्ञा गर्ने सवारीहरुलाई होल्डमा राखेर कारवाही गर्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीम प्रसाद ढकालले बताए। सुरुका दिनभन्दा पछिल्लो समय नागरिक सचेतना बढेकाले अनावश्यक बाहिर निस्किनेहरुको संख्या कम रहेको उनले बताए। सर्वसाधारणले निषेधाज्ञा पालना गरिरहेको उनले बताए।…
काठमाडौँ: काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १ सय ९० जना, ललितपुरका ६७ जना र भक्तपुरमा ४१ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
काठमाडौं: नेपालमा सोमबार थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ थियो । पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको…
काठमाडौँ: लिबर्टी इनर्जीले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरको बाँडफाँड सोमबार बाँडफाँड भएको छ । कम्पनीको शेयर १ लाख ८८ हजार ३७३ आवेदकले पाएका छन् । लिबर्टी इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार योग्य आवेदकलाई १० कित्तादेखि ४० कित्ता शेयर बाँडफाँड गरिएको छ । क्यापिटलका अनुसार लिवर्टीको शेयर ९४ हजार ९०४ आवेदकले १० कित्ता शेयर पाएका छन् । त्यसै गरी ४५ हजार ४८ आवेदकले २० कित्ता शेयर पाएकोमा ४८ हजार २२१ आवेदकले ३० कित्ता शेयर पाएका छन् । गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता शेयर पाएका छन् । ३० कित्ता सम्मका सबै आवेदकलाई माग गरे…
