Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

मकवानपुर : दामनस्थित एक रिसोर्टमा आज मंगलबार बिहान ८ भारतीय नागरिकको मृत्यु भएको छ। थाहा नगरपालिका ४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा ती ८ भारतीय नागरिक आज मंगलबार विहान अचेत भेटिएका थिए । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु सबैजनाको मृत्यु भइसकेको जनाएको छ। मृत्यु हुनेमा भारत केरला बस्ने वर्ष ३८ का रन्जित कप, सोही ठाउँकी ३४ वर्षीया ईन्द्र, वर्ष ३७ का प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय बालक अभि, ७ वर्षीया बालिका अर्चना, ५ वर्षका बालक बैशनव र ९ वर्षीया बन्द्रा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। बिहानै बेहोस भेटिएका उनीहरूलाई…

Read More

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको रिक्त सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। आज मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो। संसदीय दलले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको सचेतक पुष्पा भुसालले बताइन्। ‘नेकपाको बहुमत रहेको र सभामुख पद तटस्थ भएका कारण कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ’, नेपालखबरसँग कुरा गर्दै सचेतक भुसालले भनिन। सत्तारुढ दल नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। संसदमा नेकपाको एकल बहुमत रहेका कारण सापकोटा सभमुख बन्ने निश्चितजस्तै छ। सभामुखमा उम्मेदवारी दर्ताका लागि विहान ११ देखि २ बजेसम्मको समय तोकिएको छ। सभामुखका लागि…

Read More

काठमाडौं : भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल–भारतसम्बन्धमा अभुतपूर्व प्रगति देख्न पाइएको बताएका छन्। आज मंगलबार भिडियो कन्फ्रेन्समार्फत् संयुक्त रुपमा एकिृत जाँच चौकी उद्घाटनका क्रममा उनले प्रधानमन्त्री ओलीको सहयोगका लागि धन्यवाद दिँदै यस्तो बताएका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगका कारण त्यो सम्भव भएको भन्दै मोदीले भने, ‘तपाईंको सहयोगमा बितेका केही वर्षमा भारत–नेपालसम्बन्धमा अभुतपूर्व प्रगति देख्न पाइयो। हाम्रो सहयोग र विकासमा साझेदारी तीव्र रुपमा बढेको छ। मोदीले नयाँ वर्षमा दुई देशको सम्बन्ध थप उचाइमा पुर्‍याउने बताए। ‘नयाँ वर्षमा हाम्रो सम्बन्धलाई थप उचाइमा लग्ने छौं,’ उनले भने, ‘यो देशक नेपाल –भारत सम्बन्धका लागि स्वर्णिम दशक…

Read More

काठमाडौं : नेपाल इन्भेष्टमेण्ट बैंकका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा भएको छ । बैंकको पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत भएको ८ दशमलव ५ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको हो । पुस २४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा भएको र सो मितिपछि र्बैंक खातामा अद्यावधिक गराएका शेयरधनीको पनि बैंक खातामा जम्मा गरिदिने बैंकले जानकारी गराएको छ । हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले यथाशिघ्र डिम्याट खाता खोलेको सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकीकरण गरी नेपाल क्लियरीङ्ग हाउस अन्तर्गत आईपीएस सदस्यता प्राप्त कुनै…

Read More

काठमाडौँ : देशकै प्रमुख तथा केन्द्रीय बसपार्कका रूपमा रहेको गोङ्गबुँस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ । देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण अभियान सञ्चालन गरिएको हो । होटल मिलाइदिने भन्दै यात्रुलाई जबर्जस्ती तानेर दुःख दिने बिचौलिया, क्याबिन रेष्टुरेन्टमा बढी रकम लिएर ठगी गर्ने, दोहोरी साँझ सञ्चालनको नाममा सुतेका व्यक्तिलाई ‘डिस्टर्व’ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्न थालेको छ । प्रहरीले हिजो सोमबार मात्र होटल तथा रेष्टुरेन्ट सञ्चालक र बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मित्रनगर देउराली खाजाघरका सञ्चालक जितेन्द्रप्रसाद…

Read More

काठमाडौं :नेपाल–भारत सीमा क्षेत्रमा अवस्थित एकीकृत भन्सार जाँच चौकी (इन्टिग्रेटेट चेक प्वाइन्ट, आइसीपी)को उद्घाटन भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आज मंगलबार भिडियो कन्फेरेन्समार्फत संयुक्त रुपमा जाँच चौकीको उद्घाटन गरेका हुन्। मोदीले दिल्लीस्थित हैदरावाद हाउस र प्रधानमन्त्री ओलीले काठमाडौंबाट आईसीपीको उद्घाटन गरेका हुन्। यो चौकी संरचनालाई नेपाली र भारत भन्सारले सञ्चालन गर्नेछ। आजदेखि सञ्चालनमा आएको भन्सार चौकीले आयात निर्यातमा सहयोग गर्ने अपेक्षा गरिएको छ। दुईतर्फी जाँच हुनेमा अब एकै स्थानमा हुने भएकाले भन्सारमा आयातनिर्यात प्रक्रियामा सहज हुनेछ। जोगबनी र भन्सार क्षेत्रमा लाग्ने घण्टौंको भीड अन्त्य हुने बताइएको छ।…

Read More

काठमाडौँ : पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक÷दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो सोमबार फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताएकी छन । “आज उक्त प्रणालीको प्रभावले पश्चिमी भूभाग सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ”, मौसमविद् बासीले भनिन। मौसमविद्का अनुसार यस वर्ष मौसमी…

Read More

काठमाडौं: बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको महानिर्देशकमा गोपाल प्रसाद तिवारी नियुक्त भएका छन् । मुलुकका वाणिज्य बैंकहरु, विकास बैंकहरु र वित्तीय संस्थाहरुको छाता संगठन – बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको कार्यसमितिको बैठकले तिवारीलाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो । नेपालस्थित अन्तर्राष्ट्रिय वित्त निगम तथा विश्व बैंक जस्ता संस्थाहरुमा काम गरिसकेका तिवारीसँग विभिन्न वैदेशिक दातृ निकायहरु, सार्वजनिक एवं निजी क्षेत्र र सञ्चार क्षेत्रको लामो अनुभव छ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. १० श्रीचौरमा जन्मिएका तिवारी केही समय अघिसम्म नेपाल सरकार, दातृ निकाय तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित एवम् सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रुपमा रहेको नेपाल व्यवसाय…

Read More

काठमाडौं : सर्वोच्च अदालतले घरेलु मदिराजन्य पदार्थको विकृति रोक्न सरकारका निकायलाई आदेश दिएको छ। जाँडरक्सीको मनपरी उत्पादन र बिक्रीवितरणमा नियन्त्रण र अनुगमनमा कडाइ गर्न निर्देशनात्मक आदेश भएको हो। व्यापारिक प्रयोजनका लागि अखाद्य वस्तु मिसाएर घरेलु जाँड, रक्सी, छ्याङ, तोङ्बा, निगारजस्ता मदिराजन्य पदार्थ छ्यापछ्याप्ती बिक्रीवितरण र सेवन भइरहेको भन्दै अधिवक्ता जगन्नथा मि श्र, सुमिता डंगोल, शारदा गुरुङ र नवीन कार्कीले गत वैशाखमा रिट दिएका थिए। उपभोक्ता अधिकारवादी रहेका उनीहरूले कानुन न्याय तथा सामाजिक कल्याण मञ्चका तर्फबाट रिट दायर गरेका थिए। सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी अनुगमन, नियमन र…

Read More

काठमाडौं: सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले दुबै आयोगको पदाधिकारी नियुक्त गरेको हो । मन्त्रिपरिषदका एक सदस्यका अनुसार सत्य निरुपणको सदस्यहरुमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल नियुक्त भएका छन् । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगर नियुक्त भएका छन् । दुबै आयोग चैतदेखि पदाधिकारीविहीन छन् । आयोगका पदाधिकारीहरु सिफारिस गर्न गत चैतमा नै पूर्व प्रधानन्याधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएको थियो…

Read More