Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
- सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
- प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
- सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
- १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: रेमिट्यान्स कम्पनीहरूले अब विदेशी मुद्राको समान विनिमय दर कायम गर्नुपर्ने भएको छ । रेमिट्यान्स कम्पनीहरूले विनिमय दरमा फरक गरेर व्यापार गरिरहेको सूचनाका आधारमा राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । निर्देशनमा सबै रेमिट्यान्स कम्पनीले समान विनिमय दर कायम गर्नुपर्ने, सम्झौतापत्रमा उल्लेख भएको भन्दा बढी सुविधा विदेशी सेवा प्रदायकलाई दिन नपाइने र एजेन्ट तथा सब–एजेन्टबाट धरौटी लिँदा बैंक तथा वित्तीय संस्थाको जमानत लिनुपर्ने उल्लेख छ । सबै रेमिट्यान्स सेवा प्रदायक संघसंस्थालाई विदेशी विनिमय डिलर एसोसिएसन (फरेन एक्सचेन्ज डिलर एसोसिएसन अफ नेपाल–फेडान) को सदस्यता लिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यो समाचार हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौँ । नयाँ व्यवस्थाअनुसार अब फेडानले राष्ट्र…
काठमाडौँ : झन्डै वर्ष दिनयता लगातार उकालो लागिरहेको खाने तेलको मूल्य केही मात्रामा घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा आएको गिरावट र आपूर्तिमा सहजतासँगै मूल्य केही घटेको उद्योगीहरूले बताएका छन् । बजार अनुगमन तथा नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अगुवाइमा गुणस्तर तथा नापतौल विभागसहितको टोलीले तराईका केही तेल उद्योगमा अनुगमन गरेपछि मूल्य घटेको विभागको दाबी छ । वाणिज्य विभाग र उद्योगीको भनाइमा स्वयम् खुद्रा व्यवसायी भने सहमत छैनन् । सर्वसाधारणले पनि घटेको अनुभूति गर्न पाएका छैनन् । ‘अन्तर्राष्ट्रिय बजारमा बढेपछि त्यसको बहानामा मूल्य बढाए । अहिले चौतर्फी विरोध भएपछि केही घटाएको नाटक मञ्चनबाहेक केही होइन,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले…
काठमाडौँ: खोपको अभावमा कोभिड–१९ को तेस्रो लहर आउने अवस्थामा ‘डेल्टा प्लस’ भेरिएन्टले धेरै प्रभाव पार्ने विज्ञहरूले बताएका छन् । हाल नेपालमा दोस्रो लहर फैलिएको डेल्टा भेरिएन्टको अर्को रूप ‘डेल्टा प्लस’ हो । डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप ‘एवाई.१’ वा डेल्टा प्लस भेरिएन्ट यसै साता नेपालमा समेत पुष्टि भएको छ । यो म्युटेसनको नाम ‘के४१७ एन’ हो । छिमेकी भारतलगायत ११ मुलुकमा डेल्टा प्लस भेरिएन्ट देखिएको छ । ‘हालसम्म ९ वटा नमुनामा देखिएको डेल्टा प्लस भेरिएन्ट उच्च संक्रामक छ,’ स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘हामी जिम्मेवार भएनौं भने डेल्टा प्लसद्वारा उत्पन्न संक्रमण बढ्न सक्छ ।’ डेल्टा प्लस भेरिएन्ट कोभिडको…
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पुर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । यसैगरी, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका…
काठमाडौं: सरकारले घरभित्र मात्रै थुनेर समस्या समाधान नहुने भएकोले भ्याक्सिनमा केन्द्रित हुन उद्योगी व्यवसायीले आग्रह गरेका छन् । उद्योगी व्यवसायीहरुले सरकारले तत्काल बहुमत नेपालीलाई कोभिड १९ विरुद्धको खोप नलगाउने हो भने मुलुकको अर्थतन्त्र धरासाही हुने चेतावनी दिएका छन । नेपाली कांग्रेस केन्द्रीय उद्योग तथा ब्यापार बिभागको आयोजनामा “कोभिड-१९ को महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव“ बिषयक भरचुअल अन्तरकृया कार्यक्रम सहभागी दर्जनौ व्यवसायीले सरकार भ्याक्सिनमा केन्द्रित नहुनुले मुलुको अर्थतन्त्र समस्यमा जाने बताएका हुन् । कार्यक्रममा बोल्दै उद्योपति विनोद चौधरीले सरकार भ्याक्सिन ल्याएर लगाउनेमा केन्द्रत नहुनुले गम्भिर आशांका उत्पन्न गरेको बताए । संकटमा सरकारले अक्सिननै नपाएर मानिस मर्ने अवस्था आउनु सरकारको कमजोरी…
काठमाडौँ: कर्णाली प्रदेशसभाका तीन जना सांसद निलम्बनका परेका छन् । पार्टीको ह्वीप उलंघन गरी ‘फ्लोर क्रस’ गरेका एमाले (खनाल–नेपाल समूह)का चारजना मध्ये सरकारमा रहेका तीन जनालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो । उनीहरुले वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाही शाहीलाई विश्वासको मत दिएका थिए । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । ‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई एक महिनाका लागि निलम्बन गरिएको भनि प्रदेशसभामा जानकारी आएकाले सोही अनुसार व्यहोरा जानकारी गराइन्छ ।’ यसअघि पनि उनीहरुलाई सांसदबाट…
काठमाडौँ: युइएफए युरो २०२० मा शनिबारदेखि नकआउट चरणका खेल हुँदैछन्। शनिबार हुने दुई वटा खेलमा वेल्स र डेनमार्क तथा अस्ट्रिया र इटालीबीच खेल हुँदैछ। नेदरल्यान्ड्सको आम्स्टर्डममा राति ९:४५ बजे वेल्स र डेनमार्कबीच पहिलो खेल हुँदेछ। समूह चरणमा वेल्सले पहिलो खेलमा स्विट्जरल्यान्ड्ससँग बराबरी खेलेको थियो। दोस्रो खेलमा टर्कीलाई पराजित गरेको वेल्स अन्तिम खेलमा इटालीसँग पराजित हुनुका बावजुद अन्तिम १६ मा पुग्यो। डेनमार्कले समूह चरणमा सुरुवाती दुवै खेलमा हार बेहोरेको थियो। अन्तिम खेलमा रसियालाई ४-१ गोलले पराजित गरेसँगै डेनमार्कको अन्तिम १६ मा स्थान पक्का भएको थियो। दुवै टिमले समूह चरणको कठिन परीक्षा पार गरिसकेका छन्। वेल्सले कठिन समूह पार गर्दा डेनमार्कले सुरुवाती…
काठमाडौँ: नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ । ती उपकरण तथा सामग्री शुक्रबार विहानै नेपाल आइपुगेको छ । इटालीले नेपाल सरकारको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १२ सदस्य राष्ट्रमध्येको एक राष्ट्र हो । अन्य राष्ट्रहरुमा स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्ड रहेका छन् । लिथुवेनिया र जर्मनीबाट अरु थप सहयोग आउने अपेक्षा गरिएको छ । “यस चुनौतीपूर्ण समयमा इटाली कोरोना भाइरसविरुद्धको लडाईमा अग्रपंक्तिमा रहेको छ । यसलाई गत २१ मेमा रोममा युरोपियन कमिशनसँगको सह–आयोजनामा आयोजित विश्वव्यापी…
काठमाडौँ: कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ । देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप पहिलो मात्रा लगाइएको थियो । सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा करिब ३ लाख ७० हजार नागरिकलाई दिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । देशभर असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने तयारी गरेको शाखाले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने हुन्छ । यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले समेत दोस्रो…
काठमाडौँ: महाधिवेशन मिति नजिकिएसँगै नेपाली काँग्रेसमा सभापतिको उम्मेदवार दावी गर्ने नेताहरुको संख्या दैनिक बढ्न थालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिले यसअघि नै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारका रुपमा आफुलाई अघि सार्ने घोषणा गरिसकेका छन् भने शुक्रबार रामचन्द्र पौडेल पक्षका आधा दर्जन नेताहरुले सभापतिमा दावी गर्ने घोषणा गरेका छन् । महाधिवेशनको छलफलका लागि नेता पौडेल शुक्रबार बोलाएको उनी पक्षीय भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरु सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङ, अर्जुननरसिंह केसी र डा.रामशरण महतले सभापतिको दाबेदारका रुपमा प्रस्तुत गरे । डा.महत र केसीले शुक्रबारको छलफल अघि नै काँग्रेसका केन्द्रीय सदस्यहरुलाई फोन…
