Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले ‘योगदानमा आधारित सामाजिकसुरक्षा योजना’कार्यान्वयनमा देखिएका समस्याबारे श्रम मन्त्रालयलको पुनःध्यानाकर्षण गराएको छ । आज श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका सचिव विनोद केसीसँगको छलफलमा परिसंघका अध्यक्ष सतिश मोरले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि थप पहल लिन आग्रह गरेको हो । परिसंघका अध्यक्ष सतिशकुमार मोरले सामाजिक सुरक्षा योजनाकार्यान्वयनमा देखिएका समस्या समाधानकालागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव यसअघि नै पेश गरे पनि त्यस अनुसार समस्या समाधान नभएकाले थप पहल आवश्यक रहेको बताए। अध्यक्ष मोरले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा…

Read More

काठमाडौं: नेपाल अध्यागमन विभागले आफूहरुलाई कजाकिस्तानमा वल्र्ड कजाख कुरेसी च्याम्पियनशीपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यही मङ्सिर २८ देखि शुरु भएको च्याम्पियनशिपमा भाग लिन जानेक्रममा विभागले आफूहरुमाथि रोक लगाएको जानकारी दिए । प्रतियोगितामा भाग लिनका लागि नेपाली खेलाडी तथा प्रशिक्षक मङ्सिर २६ गते त्यसतर्फ प्रस्थान गर्न लागेकामा विभागले तिनलाई राष्ट्रिय खेलकूद परिषद्को अनुमतिपत्र नभएको भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको थियो । प्रतियोगितामा भाग लिन प्रशिक्षक गणेशबहादुर कुँवर तथा खेलाडी ७४ केजीमा अनिश बस्नेत, ६६ केजीमा माधव राई, ६० केजीमा अरुण तामाङ र ५५ केजीमा मानजीत…

Read More

मङ्गलबारे: इलाम नगरपालिकाले नगरभित्रका ज्येष्ठ दलित नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरभित्र बसोवास गर्ने ६० देखि ७० वर्षका ज्येष्ठ दलित नागरिकको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हो । आगामी पुस १ गतेदेखि लागू गरी पारिवारिक स्वास्थ्य बीमा गरिदिने निर्णय भएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए । स्वास्थ्य उपचारमा सहज होस् भनेर नगरपालिका आफैँले स्वास्थ्य बीमा गरिदिने भएको उनले बताए । रकम अभाव भएर उपचारमा जान नसक्ने, गएर पनि उपचार गराउन नसक्नेलाई यो कार्यक्रमले लाभ मिल्ने नगरपालिकाले अपेक्षा गरेको छ । इलाम नगरपालिकामा नगर प्रमुख तथा उपप्रमुख पदबहाल रहेको अवस्थामा मृत्यु भएमा…

Read More

कञ्चनपुर: जङ्गली हात्तीको बथानले मानवीय क्षति पु¥याउन थालेपछि कञ्चनपुरका स्थानीय बासिन्दा सुरक्षाको उपायको खोजीमा छन् । हात्तीको आनीबानीबारे जानकारी नहँुदा स्थानीय बासिन्दा आक्रमणमा पर्न थालेका हुन् । दुई महिनाको अवधिमै हात्तीको बथानले तीन जनामाथि आक्रमण गरी ज्यान लिनुका साथै पाँचजनालाई घाइते बनाएपछि यहाँको जनजीवन त्रसित बनेको छ । घरमै आएर हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा हात्तीबाट जोगिने उपायको खोजीमा लागेका छन् । हात्तीबाट स्थानीय बासिन्दाले जोगिने एक मात्रै उपाय सावधानी अपनाउनु रहेको छ । हात्ती धपाउनका लागि कञ्चनपुरका स्थानीय किसान रातभर जाग्राम बसेर आगो बाल्ने, होहल्ला गर्ने र पटका पड्काउने गरे पनि यी क्रियाकलापबाट हात्तीको बथानले डराउन…

Read More

काठमाडौँ: नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका १५ वर्षीय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र केशव लामालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले फ्याङ्बो तामाङको घरमा घेवा हेर्न गएको अवस्थामा एकापसमा झगडा हुँदा लामाको हत्या गरिएको जानकारी दिए । “एक आपसमा झगडा गर्दा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको र पीडितको परिवारको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ”, उनले भने । पक्राउ परेका दुवैजनालाई…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिखेर पार्टीको १४औँ महाधिवेशनको बहसले प्राथमिकता पाएको छ । पछिल्लो समय यही विषयले पार्टीको केन्द्रीय कार्यसमिति बैठकसमेत प्रभावित हँुदै आएको छ । यही मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बैठकमा उपस्थित भएनन् । सोही विषयमा सहमतिका लागि छलफल गर्न सभापति शेरबहादुर देउवा शनिबार वरिष्ठ नेता पौडेल निवास बोहराटार पुगेका थियो । पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल करिब एक घण्टा चले पनि उहाँहरुबीच सहमति जुट्न सकेन । भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका तत्काल…

Read More

काठमाडौं : एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक बसेको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ। यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन। पहिलो पटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा स्थायी कमिटीको बैठक बसेको हो । बैठकमा अर्का अध्यक्ष केपी ओली भने सहभागी भएका छैनन् । ओली अनुपस्थित भएपछि उनको कुर्सीलाई खाली राखेर बैठक शुरु गरिएको छ । सचिवालयका नेताहरु स्थायी कमिटी सदस्य तर्फ फर्कने गरी मेचहरु राखिएको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल पनि बैठक शुरु भएपछि मात्र पुगेका थिए । ओली…

Read More

काठमाडौं : कर्मचारी समायोजनको विरोध गर्दै आएका कर्मचारीले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका छन् । ब्याट ३०, ३१, ३२ र ३३ का अधिकृतहरुले मन्त्रालय अगाडि केहीबेर उभिएर विरोध जनाएका हुन् । विरोध प्रदर्शनलगत्तै उनीहरुले प्रशासन महाशाखा प्रमुख एवम् मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई भेटेर विरोध पत्र बुझाए । केही समय अघिमात्रै लोक सेवा आयोगले संघमा नयाँ अधिकृत भर्ना आह्वान गरेकोमा उनीहरुको असन्तुष्टि जनाउँदै आएका छन । ‘संघमा दरबन्दी नभएको भनेर हामीलाई समायोजन गरिएको ९ महिना नबित्दै लोक सेवा आयोगमार्फत् गत मंसिर २५ गते ठूलो संख्यामा शाखा अधिकृतको विज्ञापन गरेपछि उनीहरु विरोध प्रर्दशनमा उत्रिएका हुन । असन्तुष्ट…

Read More

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आज (आइतबार) बस्दैछ । अस्ति शुक्रबार बोलाइएको बैठकमा रामचन्द्र पौडेल पक्षधर नेताहरु अनुपस्थित भएपनि बैठक आजलाई सारिएको थियो । आजको बैठकमा पनि बरिष्ठ नेता पौडेल पक्षधर केन्द्रीय सदस्य बैठकमा सहभागी नहुने भएका छन् । आफ्ना मागहरु सभापतिले सम्बोधन गर्ने दिशामा अघि नबढेको तथा पार्टीलाई एकलौटी ढंगले अघि बढाउन खोजेको भन्दै बरिष्ठ नेता पौडलले नेतृत्वको आलोचना गर्दै आएका छन् । उनलाई मनाउन शेरबहादुर देउवा पनि लागि परेका छन् । देउवा हिजो (शनिबार) दिउँसो पौडेल निवास बोहराटार पुगेका थिए । उपसभापति बिमलेन्द्र निधिसहितका नेताहरु बोहराटारमा एकघण्टा भन्दाढी समय बसेर छलफल गरेपनि सहमति जुटेको छैन्…

Read More

चितवन : चितवन मेडिकल कलेज (सिएमसी) ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको छ । सरकारसँग दुईबुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सिएमसी प्रशासनले छ बुँदे प्रतिबद्धतासहित विद्यार्थी तथा अभिभावकलाई समायोजित शुल्कको जानकारी लिन कलेजको कैलाशनगरस्थित लेखा शाखामा एक साताभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । यही मङ्सिर १० मा सरकार र मेडिकल सञ्चालकबीच दुईबुँदे सहमति भएको थियो । सहमतिमा एमबिबिएस र बिडिएसका पछिल्ला दुई शैक्षिक सत्रमा लिएको अतिरिक्त शुल्क मङ्सिर…

Read More