Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
पोखरा: पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वरपरका स्थानीयले विमानस्थलका लागि थप १४८ रोपनी जग्गा अधिग्रहणको निर्णय खारेज गर्न माग गरेका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनसरोकार समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीयवासीले विमानस्थलका लागि जग्गा अधिग्रहणका नाममा एउटै व्यक्तिलाई पटक पटक उठीबास हुनुपर्ने अवस्था आएको भन्दै दुःखेसो व्यक्त गरेका छन् । समितिका अध्यक्ष गनेस पौडेलले विमानस्थल परियोजनाका लागि थातथलो दिएका स्थानीयलाई आतङ्कित गराउने गरी पुनः जग्गा अधिग्रहणको सूचना जारी गरी आतङ्कित बनाइएको बताए । विमानस्थल क्षेत्रमा गरिएको जग्गा अधिग्रहणले सर्वसाधारणलाई विस्थापित गरेकोे उल्लेख गर्दै उनले विस्थापितको अधिकार सम्बन्धमा भएको डब्लुटिओको प्रावधान पूरा गर्न माग गरे ।…
काठमाडौँ: गण्डकी प्रदेशको व्यवसाय प्रवद्र्धन तथा पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्देश्यले आगामी पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने भएको छ । राष्ट्रिय औद्योगिक व्यापार मेला, मूल आयोजक समिति र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने उक्त मेलामा स्थानीय कृषिजन्य उत्पादन, हस्तकलाका वस्तु, सूचना प्रविधि, दैनिक घरायसी सरसामान, लत्ता कपडा, श्रृङ्गारका सामग्रीलगायत प्रदर्शन गरिने छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पर्यटन उद्योगका लागि धेरै सम्भावना रहेको पोखरामा आउने पर्यटकलाई स्थानीय उत्पादन तथा संस्कृतिकाबारे जानकारी गराउन मेला महत्वपूर्ण हुने बताए । मेला…
डोटी: जिल्ला अस्पतालमा डाक्टर नहुँदा समस्या भएको छ । भएका डाक्टर समायोजनमा परेपछि जिल्ला अस्पतालमा दरबन्दी अनुसारका डाक्टर छैनन् । डाक्टर नहुँदा बिरामीको जाँचदेखि शवको परीक्षण नहुँदा स्थानीयलाई निकै समस्या भएको छ । कूल चार सरकारी डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले शव परीक्षण गर्ने डाक्टर छैनन् । शवको परीक्षण गर्ने जिम्मेवारी पाएका डा भूषण मिश्रको समायोजनामा काठमाडाँै सरुवा भएपछि अहिले यहाँको अस्पतालमा शव परीक्षण गर्ने अधिकार पाएका डाक्टर छैनन् । डाक्टर नहुँदा शव परीक्षणका लागि जिल्ला बाहिरका अस्पताल लैजानुपर्ने बाध्यता भएको छ । यसै सिलसिलामा जिल्लाको जोरायल गाउँपालिका–१ मा खार खोप केन्द्रमा मङ्गलबार खोप लगाएका स्थानीय टेकबहादुर मल्लका…
काठमाडौं : अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ को अफिसियल ट्रेलर सर्वाधिक रुचाइएको छ । सत्यघटनामा आधारित भइ बनेको यस फिल्मलाई करीब ३ करोडले हेरिसकेका छन । गत सोमबार सार्वजनिक भएको यस फिल्मको ट्रेलर अहिले धेरैले युट्युब च्यानलमा खोजी गरिरहेका छन । एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनमाथि बनेको यो फिल्ममा दीपिकाले मालती नामकी एक साधारण युवतीको भूमिकामा निर्वाह गरेकी छन् । उनलाई १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर विवाह गर्न नमानेको भन्दै एसिड प्रहार गरेका थिए। चलचित्र ‘छपाक’ मा दीपिका पादुकोणसगै विक्रान्त मेसीको पनि मुख्य भूमिका रहेको छ । एसिड अट्याक सर्वाइभर…
महोत्तरी: सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शीतले भिजेका पतिङ्गर बटुलेर आगो सल्काएपछि त्यसबाट निस्कने धुवाँको मुस्लोबीच हात फैलाएर यहाँका दलित बस्तीका बासिन्दा न्यानो खोजिरहेका छन् । मङ्सिर मध्ययता थुरथुर कमाउने पश्चिमी सिरेटो लगातार बहिरेपछि न्यानो कपडा र पोषिलो खानेकुरा नहुँदा दलित बस्तीका बासिन्दा बाक्लो धुवाँको मुस्लो निस्कने ‘घुर’ (पात पतिङ्गर बटुलेर बालिएको आगोलाई यहाँ घुर भनिन्छ) वरिपरि बसेर न्यानो खोज्ने गरेका हुन् । गरिबीले न्यानो लुगाको जोहो गर्न नसकेपछि निकै धुवाँ आउने ‘घुर’मै गरीब बस्तीका दलितले न्यानो खोज्नुपरेको हो । स–साना परालले झुप्रा भएका बस्तीपिच्छे अहिले यसरी बालिएका ‘घुर’ नै यहाँ जाडोबाट बच्ने उपलब्ध उपाय हो…
काठमाडौं : सन २०१९ मा गुगलमा सबैभन्दा धेरै खोजिएका फिल्मको सूचीमा ‘कबीर सिंह’ पहिलो नम्बरमा परेको छ । अभिनेता शाहिद कपूरको प्रमुख भूमिका रहेको यो फिल्म २०१९ को सबैभन्दा ठूलो हिट फिल्ममध्ये एक हो । फिल्मको गीतसंगीत पनि उस्तै सुपरहिट भएको थियो । रिलिजपछि फिल्मले इन्टरनेटमा धूम मच्चाएको थियो । यो फिल्म सन्दीप रेड्डी वांगाको तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक थियो । फिल्ममा शाहिदको अपोजिटमा अभिनेत्री कियारा आडवाणी थिइन् । त्यस्तै, गुगलमा सबैभन्दा धेरै खोजिएको फिल्मको लिस्ट ‘एभेन्जर्स इन्डगेम’ दोस्रो र ‘जोकर’ तेस्रो नम्बरमा परेको छ । ‘एभेन्जर्स’ दुनियाँभर सबैभन्दा धेरै कमाउने फिल्म हो । यसको व्यापारमा…
हेटौँडा: प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा मनाइने हरेक संस्कृति नेपालीका लागि सर्वमान्य भएको बताएका छन् । उधौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले साकिला पर्वसमेत भनिने उधौलीमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात समुदाय तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । सन्देशमा मुख्यमन्त्री पौडेलले विभिन्न जातजातिको साझा फूलबारीका रुपमा रहेको हाम्रो देशमा रहिआएको विगतदेखिको एकाअर्काबीचको सहिष्णुता र सद्भावकै कारण सबै जातजातिका संस्कृति सर्वस्वीकार्य भएको उल्लेख गरेका छन् । “चिसो मौसम शुरु भएपछि बेंसी अर्थात् उँधो झर्नुपर्ने प्रक्रिया शुरु गरिने दिनका रुपमा…
सुर्खेत: जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले शनिबार धुमधामसँग कूल देवता मस्टोको पूजा गर्दैछन् । पूजाको तयारीका लागि बस्तीदेखि शहर–बजारसम्म राउटेको व्यस्तता बढेको छ । अगुवा चामल र खसीको जोहो गर्न वीरेन्द्रनगर आइपुगेका छन् भने महिला बस्तीमै बसेर बाँकी तयारीमा जुटेका छन् । राउटेले खस समुदायझै कूल देवताको रुपमा भुयाँर र दारेमष्टोको पूजा गर्ने गर्दछन् । यो समुदायले मस्टो पूजा, साउने र माघे सङ्क्रान्ति पर्वलाई विशेष धुमधामका साथ मनाउने गर्दछ । राउटे अगुवा हरिबहादुर शाहीले खसी र चामलका लागि वीरेन्द्रनगर आइपुगेको बताए । “भत्ताले नपुग्ने भएपछि प्रदेश सरकारसँग खसी र चामल किनिदिन माग गरेका छौँ”, उनले भने, “मन्त्रीज्यूले तपाईहरुको…
काठमाडौं : हुम्लाको नाम्खा गाउँपालिका ५ स्थित पानी पाल्वाङ्गमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिल्सा नाकाबाट याल्वाङ्ग आउँदै गरेको बा५खा ५३४४ नम्बरको टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन । दुर्घटनामा थप दुई जना घाइते भएका छन । सञ्चारले राम्रो काम नगरेकोले विस्तृत जानकारी नआएको प्रहरीको भनाइ छ । हुम्लामा यसअघि पनि टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो ।
काठमाडौँ: शिक्षामा बढ्दो व्यापारिकरण रोक्न निजी विद्यालय क्रमशः बन्द गर्नुपर्ने सुझाव दिइए पनि ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ ले निजी लगानीको संरक्षण गर्दै सेवामूलक बनाउने मध्यमार्गी नीति अँगालेको छ । प्रारम्भिक बालविकासदेखि उच्च शिक्षासम्मको संरचना र नीतिमा पुनरावलोकन गरिएको सङ्घीय व्यवस्थापछिको पहिलो राष्ट्रिय शिक्षा नीतिले सरकारी र निजी क्षेत्रको साझेदारीलाई प्राथमिकता दिएको छ । नेपाल सरकारबाट पारित शिक्षा नीतिमा भनिएको छ, “शिक्षामा निजी क्षेत्रको लगानीको सुरक्षा, संरक्षण र सम्वद्र्धन गर्दै यसलाई सेवामूलक बनाउने र निजीरूपमा लगानी गर्ने व्यक्ति, कम्पनी, कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्थालगायतका संस्थाले कर्पोरेट सार्वजनिक उत्तरदायित्व बहन गर्नुपर्ने व्यवस्था गरिनेछ ।” यो व्यवस्थाले निजी विद्यालयको लगानी खतरामा…