Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पोखरा: नेपालकी सङ्गीता राईले १३औ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । तेह्रौँं दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरा –१२, माटेपानीस्थित एसआर केसी बैंक्वेटमा आजदेखि शुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड तोडेकी हुन् । २६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी हुन् । यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए । …

Read More

काठमाडौँ: स्थानीयस्तरमा महिलाका संरक्षण र सशक्तीकरणको जिम्मेवारी स्थानीय तहको भएसँगै महिला तथा बालबालिका विभाग खुम्चिँदै गएको छ । विभागको भवन र जनशक्ति दुबै खुम्चन थालेको हो । अहिले विभागमा कर्मचारीको सङ्ख्या न्यून रहेको विभागका निर्देशक अनिता अधिकारीले बताइन । विभागमा अहिले दरबन्दी नै कम रहेको र दरबन्दी भन्दा अझै कम जनशक्ति कार्यरत रहेका छन् । विभागमा अहिले १६ जना मात्रै कार्यरत छन् । विभागमा १९ जनाको दरबन्दी रहेकामा त्योभन्दा तीन जना कम कार्यरत छन् । गत वर्षसम्म ५४ जनाको दरबन्दी रहेकामा अहिले कम भएको उनले बताईन । विभागले पहिले जिल्लास्थित महिला तथा बालबालिका कार्यालयमार्फत स्थानीयस्तरमा महिलाका हितमा काम…

Read More

काठमाडौँ: नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ । काठमाडाँैको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितिन । उनले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक हात परेका हुन् । मगरले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्ड समय लगाउँदै पूरा गरिन । साइक्लिङमा नेपालले यससँगै तेस्रो स्वर्णपदक जितेको छ । बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जितेको थियो । त्यस्तै सोही विधामा नेपालकी उषा खनालले रजत पदक जितिन । उनले १ मिनेट ३५.५२ सेकेण्डमा खेल पूरा गर्न सफल भएकी थिइन । भारतकी…

Read More

प्याजको बजार भाउ बढेसंगै नेपाली भान्सामा पाक्ने तरकारी मा प्याज को प्रयोग न्युन हुन थालेको छ । प्रति किलो ५० देखि ६० को हाराहारीमा पाइने सुकेको प्याज बिना भान्साका तरकारी प्राय जसो कमै पाक्छन तर प्याजको बजार भाउ प्रति किलो २०० देखि ३०० सम्म बढे पछि उपभोक्ता मारमा परेका छन् । चटपटे व्यबसाय कृष्ण ढुंगेल बताउछन्, “चटपटेमा प्याज नभई हुदैन र एस्तो प्याजको महंगीले हामी जस्तो चटपटे व्यबसाईहरुलाई धेरै मर्का पारिरहेका छ” । हप्तामा एक किलोको हाराहारीमा प्याज खपत गरिरहेका काठमाडौँ निवासी प्रमिला थापा मगरले अहिले मुस्किलले दुइ हप्तामा एक किलो खपत गर्ने गरेको सुनाईन । त्यस्तै…

Read More

कास्की ः कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग¥यो । नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद९साग०मा ट्रायथोलनअन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदकसमेत प्राप्त भयो । भारतमा सम्पन्न १२औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो । सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउनुपरेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा ट्रायथोलनमा महिलातर्फ सोनी गुरुङ र पुरुषतर्फ टमाटा स्वर्ण पदकमा हासिल गर्न सफल भए । अन्तरराष्ट्रिय प्रतियोगितामा स्वर्ण चुम्ने टमाटाको सपना यस पटक साकार…

Read More

रामपुर: पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको सडकदेखि करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनास्थलमा दुई पुरुषको शव फेला परे पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

Read More

काठमाडौं : सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको केराबारी र चौबिस माइलको बीचमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ नम्बरको जीप सडकबाट खोलामा खसेको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छैन । दुई जनाको शव अप्ठ्यारो भीरमा झुण्डिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी रामप्रसाद शाहले बताए । सडकबाट करिब पाँच सय मिटर तल खसेको जीप टुक्रा(टुक्रा भएको छ । जीपमा कतिजना सवार थिए भन्नेसमेत यकिन नभएको डीएसपीशाहले बताए । प्रारम्भिक जानकारी अनुसार बुटवलमा मर्मत गरेर फर्किंदै गरेको जीप दुर्घटना भएको हो । दुर्घटना भएको सडकको अवस्था हेर्दा सडकका…

Read More

पर्वत: पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् । जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् । जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने सङ्ख्या गत वर्ष ९०१ रहेको बताउँदै सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै देखिएको जानकारी दिए । गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा प्रयोग हुन थालेको भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् । पर्वत अस्पतालका प्रमुख डा शिशिर देवकोटाले परिवार नियोजनका साधन प्रयोग गर्नभन्दा गर्भपतन गर्न सजिलो मान्ने गरेको भन्दै यसले समस्या निम्तिने खतरा रहेको बताए । डा देवकोटाका अनुसार परिवार नियोजनका अस्थायी साधनको प्रयोगको…

Read More

काठमाडौं : ग्लोबल आईएमई बैंकसंग भर्खर मर्जर भएको जनता बैंकले आफ्ना ग्राहकलाई नयाँ खाता खोल्न बाध्यकारी नियम ल्याएको छ। भोली मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेको बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ खाता नम्बर लिनपर्ने सूचना जारी गरेको छ । बैंकले संयुक्त कारोबार पश्चात हाल कायम रहेको खाता नम्बर परिवर्तन हुने भएकोले आफुलाई पायक पर्ने ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा सम्पर्क राखी नयाँ खाता नम्बर लिनुपर्ने भएता पनि साविककै जनता बैंकको पुरानो चेक तथा एटीएम कार्डहरु भने प्रयोग गर्न सकिने जनाएका्े छ । चेक र एटीएमको अवधि समाप्त नभएसम्म सुचारु रुपले प्रयोग गर्न सकिने बैंकले जनाएको छ।…

Read More

१३ औं साग गेम अन्तर्गत दुइ दिन हुन गइरहेको Cycling Race Championship लाई व्यवस्थित बनाउन कलंकीदेखि कोटेश्वर सडक खण्ड प्रभावित हुने भएको छ । महानगरीय ट्राफिक प्रहरीले आज  र भोलि शनिवारको दिन बिहान ११ बजे देखि ३ बजे सम्म खेल हुने सडक खण्ड अवरुद्ध हुने जानकारी दिएको छ । आज कलंकीदेखि कोटेश्वर सडक खण्डमा हुने हुँदा उक्त सडक खण्डमा आवतजावत गर्ने सडक प्रयोगकर्ताहरुले सर्भिस लेन प्रयोग गर्नु पर्ने छ । शनिवार कलंकीदेखि सुर्यविनायक सडक खण्डमा उक्त खेल हुने हुँदा कलंकीदेखि कोटेश्वर सडक खण्ड प्रयोग गर्ने सडक प्रयोगकर्ताहरुले सर्भिस लेन मात्रै प्रयोग गर्नु पर्ने हुन्छ । त्यसदिन…

Read More