Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : भुकम्पपछि अत्याधिक रुपमा आकाशिएको निर्माण सामाग्रीको मूल्य घटेको छ । पुनर्निर्माणको कामहरु लगभग सकिँदै गएको तथा अन्य विकास निर्माणका कार्यहरुले गति नलिँदा निर्माण सामग्रीको माग अत्याधिक रुपमा घट्दा सामग्रीको मूल्य पनि घटेको निर्माँण व्यवसायी बताउँछन । एक वर्षको अवधिमा फलामे डण्डी, सिमेन्ट, बालुवा, गिट्टी र इँटाको मूल्यमा भारी गिरावट आएको छ । हाल फलामे डण्डी प्रतिकिलो ६० रुपैया, सिमेण्ट, प्रतिबोरा ५५० देखि ६५० रुपैयाँमा उपलब्ध भइरहेको छ । गत वर्ष डण्डी प्रतिकिलो ८० थियो भने सिमेण्ट प्रतिबोरा ८५० देखि ९०० रुपैयाँ सम्म बजारमा बिक्रि हुने गरेको थियो । निर्माण व्यवसायीका अनुसार अघिल्लो साल ३५ हजार प्रति…

Read More

पोखरा: मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृत्यु भएको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : कप्तान ज्ञानेन्द्र मल्लको शतकसंगैं १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गतको पुरुष क्रिकेटमा नेपालले पहिलो जीत दर्ता गरेको छ । टियु क्रिकेट मैदानमा नेपाल दिएको २ सय ३६ रनको लक्ष्य पच्छ्याएको भुटान २० ओभरमा ६ विकेटको क्षतिमा ९५ रनमा समे।टियो । ४ ओभर खेलेका पारस खड्काले भुटानको २ विकेट झार्दा, करण केसी, ललित राजवंशी र पवन सर्राफले १(१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो। टि ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको खेलमा हालसम्मकै सबैभन्दा ठूलो लक्ष्य दिने क्रममा नेपालका कप्तान ज्ञानेन्द्रले ५३ बलमा शतक प्रहार गरे।…

Read More

लहान: जबर्जस्ती करणी मुद्दामा फरार एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीप्रसाईंका २५ वर्षीय धर्मेन्द्रकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले उनलाई इटारीप्रसाईंबाट पक्राउ गरिएको हो । मण्डललाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिने प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: १३औं सागमा निमा घर्तिमगरले उसुको नानछ्वान अलराउन्डबाट स्वर्ण जितेकी छिन्। पहिलो राउन्डमा ९.१३ अंक जोडेकी निमाले बिहीबार भएको दोस्रो राउन्डमा ९.६० अंक ल्याइन्। निमाले समग्रमा १८.९१ अंक प्राप्त गरिन्। यो स्पर्धामा बंगलादेशकी मोरजिना अख्तरले रजत र श्रीलंकाकी सन्जु कुमारी भइन्। योसँगै निमाले सागमा लगातार दुई स्वर्ण जितिन्। उसुबाट सागमा लागतार दुई स्वर्ण जित्ने निमा पहिलो खेलाडी बनिन्। निमाले भारतमा भएको १२औं सागमा पनि स्वर्ण जितेकी थिइन्। त्यो नेपालले जितेको तीन स्वर्ण मध्ये एक थियो।

Read More

काठमाडौँ: नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन खुलाएको छ । बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको अवधि आगमी पुस ७ गते सकिँदैछ । उनको कार्यकाल सकिनुभन्दा २० दिन अघि बोर्डले सीईओका लागि आवेदन खुलाएको हो । बोर्डले सीईओ हुनका लागि नेपाली नागरिक, स्नातकोत्तर उत्र्तीण, कम्तीमा १० वर्षको अनुभव, ३५ वर्ष पूरा भइ ६५ वर्ष ननाघेको, फौजदारी अभियोग नलागेको, विदेशमा पीआर नभएको हुनुपर्ने उल्लेख छ । बुधबार बिहान मात्रै प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन खुलाएको पर्यटन बोर्डले बुधबार दिउँसो प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल तीन महिना थप गरेको छ । भ्रमण वर्षको मुखैमा बोर्ड अभिभावकविहीन हुने र…

Read More

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशमा कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादनमा अभिवृद्धि गर्नका लागि ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’ सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत नमूना कृषिगाउँ स्थापनाका लागि कैलाली र कञ्चनपुरमा १५ स्थानीय तहलाई छनोट गरिएको छ । प्रत्येक स्थानीय तहमा बालीको छनोट गरी रु ५० लाखका दरले बजेटको व्यवस्था मिलाइएको छ । कृषि उपजको आन्तरिक माग पूर्ति गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताउनुभयो । “कार्यक्रमअन्तर्गत कृषि पूर्वाधार, बीउबिजन, सिँचाइ, ढुवानी, कृषि उपज सङ्कलन केन्द्र र बजार प्रवद्र्धनलगायतका कार्य गरिनेछन्”, उहाँले भन्नुभयो, “किसानको क्षमता विकास, एकीकृत घुम्ती…

Read More

काठमाडौं : सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन फेरि प्रक्रिया थालेको छ। पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि चिनियाँ गाई भित्र्याउने पहल भएको थियो। पशुसेवा विभाग र पशु विज्ञहरूले चिनियाँ गाई नेपाली हावापानी अनुकूल नभएको निष्कर्षसहित सुझाव दिएपछि सरकार पछाडि हटेको थियो। यसपटक भने प्रदेश सरकारमार्फत चिनियाँ गाई ल्याउन लागिएको हो। नेपालमा उन्नत जातका चिनियाँ गाई भित्र्याउने परियोजनाका लागि चीनले ३२ अर्ब रुपैयाँ अनुदान दिन लागेको छ। अनुदान रकम चीनले नेपाललाई प्रतिबद्धता गरेको सहायता रकमबाटै कट्टा गरिनेछ। प्रदेश सरकारमार्फत कार्यान्वयन गर्न लागिएको परियोजनाअन्तर्गत चीनबाट १७ हजार ‘होलेस्टिन फ्रिजियन’ जातका गाई ल्याइनेछ। नेपालमा विदेशी गाईबस्तु असफल भएको…

Read More

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रबार र शनिबार साइकल दौड प्रतियोगिता रहेकाले सो दिन कलङ्कीदेखि सूर्यविनायकसम्मको सडक क्षेत्रमा सर्भिस लेन प्रयोग गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । महाशाखाले आज एक सूचना जारी गरी आगामी शुक्रबार कलङ्कीबाट कोटेश्वरसम्म र २१ गते शनिबार कलङ्कीबाट सूर्यविनायकसम्मको सडकखण्डमा सर्भिस लेन प्रयोग गरिदिन सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमी, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गरी सहयोग गर्न आग्रह…

Read More

काठमाडौँ: प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल शुरु भएको छ । शुरुमा पेश भएको मूल विधेयकमा तीन पटकसम्म परिमार्जन गरिएको उक्त विधेयकमाथि समितिको आजको बैठकमा दफावार छलफल शुरु भएको हो । समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा भएको बैठकले विधेयकको प्रस्तावनादेखि दफा ५ सम्मका विषयमा सामान्य फेरबदलसहित पारितका लागि सहमति जनाएको छ । विधेयकले ‘रेडियोधर्मी स्रोत’ भन्नाले रेडियोधर्मी पदार्थ र आयनिकरण गर्ने विकीरण उत्सर्जन गर्ने वा फैलाउन सक्ने उपकरणलाई परिभाषित गरेको छ । रेडियोधर्मी पदार्थ एवं प्रविधिको सुरक्षित तथा शान्तिपूर्ण उपयोग गर्न, अध्ययन अनुसन्धान गर्न र आयनिकरण गर्ने विकीरणबाट पर्न सक्ने…

Read More