Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: विदेशिएका नेपालीहरूको हक–हितका लागि भनेर स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म सञ्चालन हुनेछ । एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट महाधिवेशन उद्घाटन गराउने तय भएको जनाएको छ । हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएले नवौं महाधिवेशन गर्न लागेको हो । सिट ४२, आकांक्षी धेरै नवौं महाधिवेशनले आगामी कार्याकालका लागि नयाँ नेतृत्व चयनलगायतका महत्त्वपूर्ण सांगठनिक निर्णय गर्नेछ । एनआरएनएमा अध्यक्षसहित कुल १२ पद छन् । यी पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने विधानमा व्यवस्था छ । तर, सीमित पदहरूमा धेरैले…
काठमाडौं : बहुप्रतीक्षित काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ। चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका दौरान यसमा चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल-चीन अन्तरदेशीय रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको हो। चीनकै सहयोगमा पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ। ठूला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नुअघि पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन गर्ने गरिन्छ। पूर्वसम्भाव्यता अध्ययनले उक्त रेलमार्ग निर्माण सम्भव देखाएको छ। त्यो अध्ययनलाई थप प्रभावकारी बनाउन सम्भाव्यता अध्ययन गर्न खोजिएको विभागले जनाएको छ। त्यसका आधारमा डीपीआर र निर्माण मोडालिटीको…
काठमाडौँ: विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम होम खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा नेपाल र जोर्डनबीचको खेल सुरु हुनेछ । पाँच पटक विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग ५-० गोलको हार ब्यहोरेको नेपाल त्यतैबाट जोर्डन पुगेको हो । जोर्डनलाई उसैको घरेलु मैदानमा रोक्ने लक्ष्यमा नेपाल रहेको छ । त्यसो त सन् २०११ को जुलाई २३ मा विश्वकप छनोटको दोस्रो चरणमा जोर्डनसँग उसैको घरेलु मैदानमा ब्यहोरेको ९-० को हारको बदला लिने दाउमा पनि नेपाली टिम छ । नेपालले आफ्नो पहिलो खेलमा कुबेतसँग ७-० को हार ब्यहोरेको थियो भने दोस्रो खेलमा…
गौर : १२ वर्षअघि बम विस्फोटका मृतक तथा घाइतेलाई जलाएको भनिएको इँटाभट्टाको चिनोबानो छैन। त्यो स्थान खेतमा परिणत भइसकेको छ। विस्फोट भएको घरमा कोही बस्दैनन्। जहाँबाट इँटाभट्टाको दूरी करिब ५ सय मिटर छ। घटनाको दुई वर्षपछि इँटाभट्टा बन्द भएको थियो। पहिलो संविधानसभा चुनावको अघिल्लो दिन राजपुर फरदवामा बम विस्फोट भएको थियो। प्रमाण लुकाउन मृतक तथा घाइतेलाई भट्टामा जलाएको आरोप निलम्बित सांसद मो अफताब आलमविरुद्ध लागेको छ। रौतहट प्रहरीले आइतबार आलमलाई पक्राउ गरेको छ। अदालत बन्द रहेकाले मंगलबार मात्रै म्याद थप गर्ने प्रहरीको तयारी छ। भट्टा सञ्चालक पूर्वसभासद मुस्ताक राजाबाबुको केही वर्षअघि हृदयघातका कारण मृत्यु भएको थियो। उनी आलमका भान्जा…
काठमाडौं : नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आर्थिक तथा औद्योगिक क्षेत्रका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ । आइतबार साँझ परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको हो । भेटका क्रममा प्रधानमन्त्री ओलीले आर्थिक, औद्योगिक तथा व्यावसायिक क्षेत्रका वर्तमान समस्याबारे आफू गम्भीर रहेको बताउँदै समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । चीनका राष्ट्रपति सि जीनफिङको भ्रमणको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसरहरु प्राप्त भएकाले त्यसको उपयोग गर्न निजी क्षेत्र तत्पर हुनुपर्ने बताए । परिसंघका अध्यक्ष मोरले चीनका राष्ट्रपतिको भ्रमण अत्यन्तै सफल भएकोमा प्रधानमन्त्रीलाई…
काठमाडौँ: जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई सात दिनभित्र कानुनी कारबाही नभए सबै उडान बन्द गर्ने नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ। उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ। राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहले सोमबार बिहान बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड गरेको संघले आरोप लगाएको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यदि कारबाही नभए असुरक्षाको कारण उडान बन्द गरिने जानकारी गराएको छ। काठमाडौं: राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण…
काठमाडौँ: समयमा जहाज नआएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहले बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड गरेका छन्। उनले काउन्टरमा बसेका कर्मचारीलाई धकेलेका पनि थिए। सोमबार बिहान ११:४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि उनी आवेशमा आएका थिए। व्यवस्थापन पक्षले लापरबाही गरेका कारण यात्रुले दु:ख पाएको भन्दै उनी बुद्ध एयरका कर्मचारीसँग आक्रोशित बनेका थिए। आक्रोशकै क्रममा भनाभन भएपछि सांसद साहले मुक्का बजार्दै कर्मचारीलाई धकेलेको प्रहरीले जनाएको छ। अढाइ बजे बल्ल बुद्ध एयरको जहाज आएपछि सांसद साह शान्त भए पनि बुद्ध एयरका कर्मचारीले चढाउन मानेका थिएनन्। तर, प्रहरी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले…
काठमाडौं: दशैंलगतै बढ्ने अपेक्षा गरिएको शेयर बजार अझै पनि सुधार हुन सकेको छैन। सोमबार शेयर बजार दोहोरो अंकले ओरालो झरेको छ। नेप्से परिसूचक १२ दशमलब ५ अंकले घटेर एक हजार एक सय ३६ दशमलब ९६ अंकमा कायम भएको छ । बजारमा तरलता अभाव हुँदा ठुला लगानीकर्ताहरु सँग पैसा कम हुँदै गएको छ। १५४ कम्पनीको २१ करोड ८६ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ८ लाख ३३ हजार ७५३ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएकामध्ये म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । वाणिज्य बैंक समूह १३.४५ अंकले घटेको छ । कारोबार रकममा प्रभु…
काठमाडौँ: नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफल हुने छ। ऊर्जा सचिव दिनेशकुमार घिमिरेले छलफलपछि यसैमा सहमति जुटाउन प्रयास गरिने बताए। बैठकमा नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन’ निर्माणलगायतका विषयमा सहमति जुटाउने लक्ष्य राखेको छ । ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइन निर्माण भई सञ्चालनमा समेत आइसकेको सन्दर्भमा दोस्रो अन्तर्देशीय प्रसारणलाइन निर्माणको ढाँचा बैठकले तय गर्ने नेपाली अधिकारीहरुले बताएका छन्। समितिको अघिल्ल्लो बैठक गत माघ ९ र १० मा पोखरामा सम्पन्न भएको थियो। बैठकमा नेपालका तर्फबाट ऊर्जा घिमिरे र भारतका ऊर्जा…
मोरङ दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक नेपाली महिलाको हत्या भएको छ। विराटनगर-११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो। उनको शव शव सीमावर्ती बजार जोगवनीदेखि तीन किलोमिटर दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । हत्या भने शुक्रबार नै भएको अनुमान छ । मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएकाले हत्या नै भएको प्रहरीको ठहर छ । दाइजोका कारण रञ्जनाको हत्या भएको भारतको जोगबनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले बताएका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु…