Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति गुनासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफ्नो जग्गा वा सम्पत्ति बिक्री गर्दा राज्यलाई कम राजश्व तिर्न परोस् भन्ने मान्यता राख्ने, तर सरकारसँग लिन परे भने असाध्यै धेरै माग्ने प्रवृत्ति हावी भयो । यस्तो प्रवृत्तिले विकास निर्माणको काममा ढिलाइ हुने गरेको छ ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट ‘माथिल्लो त्रिशुली थ्री ए जलविद्युत्’ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय हितका आयोजनामा नियमानुसार कम मात्रै मुआब्जा तथा क्षतिपूर्ति लिनेतर्फ आम नागरिकसमेत लाग्नुपर्ने बताउनुभयो । सरकारको हैसियतअनुसार नै मुआब्जा माग्ने र विकास निर्माणको कामलाई सहज बनाउनेतर्फ…
सुरुङ्गा : गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा दुई जनाको एकै साथ मृत्यु भयो । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ निवासी १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम राई रहेका छन् । उनीहरुलाई वुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर करेन्ट लागेको थियो । त्यस्तै हिजो मङ्सिर १ गते आइतबार पनि मेचीनगर–९ निवासी ५७ वर्षीय बुद्धिमाया तामाङको हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परी करेन्ट लागेर मृत्यु भयो । गाई वस्तु धपाउने क्रममा तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार…
काठमाडौं : काठमाडौं-तराई/मधेश द्रुतमार्गका प्राबिधिक सहायक रथी तथा आयोजना प्रमुख सरद लाल श्रेष्ठलाई आयोजना प्रमुखको जिम्मेवारीमा पुनर्बहाली गरिएको छ । द्रुत मार्ग आयोजना निर्माणका क्रममा अन्तर्राष्टिय परामर्शदाता छनौट गर्ने ठेक्का प्रक्रियाको कागजात ठेक्का आवेदन खोल्नु अघि नै सूचना चुहिएको आरोप लागेका श्रेष्ठसहित अन्य ६ जनालाई सैनिक मुख्यालयले सचेत गराउँदै उनीहरुलाई जिम्मेवारीबाट विमुख गराएको थियो । एक महिनाअघि गठन भएको छानबिन बोर्ड( कोर्ट अफ इन्क्वायरी बोर्ड) ले उनीहरु माथि लागेको आरोप प्रमाणित नभएपछि सचेत मात्रै गराउने निर्णय प्रधानसेनापतिको सचिवालयलाई सिफारीश गरेको थियो । सेनाले एक विज्ञप्ति जारी गरी श्रेष्ठलाई पूनर्वहाली गरेको जनाएको हो ।…
काठमाडौं : कृषि विकास बैंकले २ अर्ब ५० करोड रकम बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले मंसिरको दोश्रो सातादेखि ७ वर्षे एडिविएल कृषि बैंक ऋणपत्र २०८३ जारी गर्न लागेको जनाएको छ । १०.३५ प्रतिशत व्याजदरमा बैंकले ऋणपत्र जारी गर्न लागेको हो । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अन्तिम स्विकृतिका लागि पठाएको छ । ऋणपत्र जारी गर्न नेपाल राष्ट्र बैंकले अनुमति दिइसकेको छ । ऋणपत्र जारी गर्न लागि कृषि विकास बैंक र एनआइविएल एस क्यापिटलबीच सम्झौता भइसकेको छ ।
काठमाडौं :नेपाल बैंकले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २३ वर्षपछि लाभांश वितरण गर्न लागेको हो । बैंक सञ्चालक समिति बैठकले मंसिर १ गते सम्पन्न सञ्चालक समिति बैठकले उक्त लाभांश घोषणा गरेको हो। सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको हो। बैठकले १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। बैंक सञ्चालक समितिको २४ औं बैठकले बैंकको एफपिओ बिक्रीपछि कायम भएको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँबाट १५ प्रतिशतका दरले एक…
बनियानी: झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति–५ का ३५ वर्षीय रामकुमार थारू चौधरी घाइते भएका हुन् । उनको बाँया हातमा चोट लागेको छ । मेचीनगर–९ का ३६ वर्षीय दीपक तामाङ र निखिल भन्ने सुरज तामाङलगायत ४÷५ जनाको समूहले चौधरीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । घाइते चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल…
काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ । लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको आज एक सूचना जारी गरी जनाएको छ । लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि शुरु भएको अभियानअन्तरगत शनिबार पहिलो दिन ३४५ चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । उनीहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारवाही हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । महाशाखाले अन्य मापसे जाँच तथा ट्राफिक…
काठमाडौं : नेपाली भूमि अतिक्रमणका विरुद्धमा भारत विरोधी क्रियाकलाप बढेपछि पूर्व भारतीय राजदूत श्याम शरण नेपाल आएका छन। सिमा विवादबारे छलफल गर्न हिजो नेपाल आएको एक नेताले बताएका छन । उनले नेपालमा भारत र नेपालको सिमा विवादबारे प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ । यसअघि भारतले राजनीतिक नक्शामा कालापानी क्षेत्रलाई समेत समेटेपछि सरकारले त्यसलाई अस्विकार गरेको छ भने जनस्तरबाट ब्यापक विरोध भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना फिर्ता लैजान सार्वजनिक अपिलसमेत गरेका छन्। काठमाडौँ बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष…
काठमाडौँ: सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जना इच्छुकको नाम सिफारिस समितिले सार्वजनिक गरेको छ । सिफारिस समितिको आइतबार बसेको बैठकले आज अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेअनुसार आज नाम सार्वजनिक गरिएको समितिका सदस्य शर्मिला कार्कीले जानकारी दिनुभयो । सत्य निरुपण तथा मेलमिलापमा अध्यक्ष हुन चाहनेमा कमलनारायण दास र मधुप्रसाद रेग्मी रहनुभएको छ भने दुई आयोगका अध्यक्ष हुन चाहनेमा युवराज सुवेदीको नाम रहेको छ । त्यसैगरी दुवै आयोगका अध्यक्ष तथा सदस्य बन्ने इच्छुकमा दशजनाको नाम रहेको छ । ती नामहरुमा सलाहुद्दीन अख्तर सिद्दिकी, दुर्गाबन्दु पोखरेल, दुमनसिंह…
काठमाडौं:नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको अधिकारको विषय भएको भन्दै पुनर्गठन गर्न सैद्धान्तिक सहमति दिएको हो। ‘सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्रीले आफ्नो विशेष अधिकार प्रयोग गर्नुपर्छ। त्यसका लागि तपाईंलाई ढोका खुला छ तर छिटो गर्नुस्। बाहिर मन्त्रिपरिषद् पुनर्गठनको धेरै हल्ला भएको छ। यसले सरकारको कामलाई ढिलासुस्ती गराउँछ’, बैठकमा सचिवालय सदस्यहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुर्नगठन गर्न ढिला नगर्ने बताएका थिए। ‘प्रधानमन्त्रीले ढिला नगर्ने भन्नुभएको छ। उहाँको विशेष अधिकार भएकाले जति बेला पनि मन्त्रिहरु…