Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले घटनाबारे बयान दिन आनाकानी गरेका छन्। पक्राउपछि उनलाई प्रहरीले प्रारम्भिक सोधपुछ गरेपनि सरकारी वकिलको उपस्थितिमा थप बयान दिन भने मानेका छैनन्। बरू स्वास्थ्यका कारण अहिले बयान दिन नसक्ने चिठी अस्पतालबाट प्रहरीलाई दिन लगाएका छन्। अस्पतालबाट त्यस्तो पत्र आएको काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले पुष्टि गरे। स्वास्थ्यमा गम्भीर समस्या भन्दै उनी नर्भिक अस्पतालमा उपचार गर्न बसेका छन्। शरिरमा सुगरको मात्रा,अनिद्रा र तनाव बढेको नर्भिक अस्पतालले जनाएको थियो। असोज १९ गते पक्राउ परेका उनी २३ गते देखि नर्भिकको क्याविनमा बसिरहेका छन्। अनुसन्धानको म्याद थप्न…
काठमाडौँ: नेपाल टेलिकमले डाटा र भ्वाइसमा विशेष अफर ल्याएको छ। टेलिकमले बिहिबारदेखी लागु हुने गरी शरद ऋतु(अटम) अफर ल्याएको हो। अब ग्राहकले बिहान ६ बजेदेखी बेलुका ६ बजेसम्म १० रुपैंयाँमा १० एमबी डाटा प्रयोग गर्न सक्छन्। यस्तै भ्वाइसतर्फ बिहान ५ बजेदेखी बेलुका ५ बजेसम्म १० रुपैंयाँमा १०० मिनेट टेलिकमको नेटवर्किङ भित्र कल गर्न सक्ने कम्पनीले जनाएको छ। यसैगरी १५ एमबीपीएसको कम्बो प्याकको मूल्य घटाइएको कम्पनीले जनाएको छ। पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार…
काठमाडौँ: परीक्षणको नाममा संकलन गरिएको सुन नै ‘गायव’ भएको विषय बाहिर आएपछि छानबिन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन समिति बनाएको छ । विभागका कानून उपसचिव भगवान श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । कमिटीमा अधिकृत दीपक पोखरेल, निराजकुमार खत्रीसहित गुणस्तर विभागका प्रनिनिधिसमेत रहेको महानिर्देशक गौचनले बताए । गायब गरिएको भनिएको सुनको अवस्थाबारे अध्ययन गर्न समितिलाई जिम्मेवारी तोकिएको छ । एक महिनाको समयावधि पाएको समितिले पूर्ववत सबै फाइलको खोजी गर्ने र आवश्यक कानुनी राय लिएर थप अगाडि बढ्ने महानिर्देशक गौचनले बताए । सुन र चाँदीमा मिसावट हुने गरेको विषयमा २०६९…
काठमाडौं–गैरआवासीय नेपाली संघ एनआरएनको मतदानस्थलमा फेरि तनाव भएको छ । निर्वाचन समितिले फेक मतदातालाई समेत भोट हाल्न दिएको भन्दै कूल आचार्य समूहले विरोध गरेपछि मतदानस्थलमा फेरि तनाव भएको हो । आचार्य समूहले मतदान रद्द गर्न गर्न माग गर्दै नाराबाजी गरिरहेका छन् । एनआरएन चुनावी प्रक्रिया सु्रु भएसँगै मतदानस्थलमा पटक पटक तनाव हुँदै आएको छ । बुधबार पनि एनआरएनहरुले मतदानस्थलमा राखिएका कुर्सीहरु तोडफोड गरेका थिए । एनआरएनमा ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि विद्युतीय मेसिनबाट मतदान हुने भनिएपनि प्राविधिक समस्या आएपछि मतपत्रबाटै बिहीबार साढे ११ बजेदेखि मतदान सुरु भएको छ । अहिले तनाव र विवादका…
काठमाडौँ: गैरआवासी नेपाली संघको निर्वाचन विद्युतीय भोटिङ मेसिनबाट नहुने भएको छ । भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिन मध्य २ वटाले मात्रै काम गरेको भन्दै निर्वाचन समितिले अब कागजी प्रक्रियाबाट मतदान सुरु हुने जानकारी दिएको छ । बुधबार करिब १ सय जनाले विद्युतीय मेसिनबाबाटै मतदान गरेका थिए । तर प्राविधिक समस्या आएको भन्दै राति ११ बजे मतदान रोकिएको थियो । कागजी प्रक्रियाबाट अब केहीबेरमा मतदान सुरु हुने एनआरएन नेताहरुले बताएका छन् । उपाध्यक्षका लागि उम्मेद्वारी दिएका नरेन्द्र भाटले सबैको सहमतिमा म्यानुअल प्रविधिबाट मतदानको तयारी भइरहेको जानकारी दिए ।
काठमाडौँ: नेपाल प्रहरीले दाङमा चलाएको अपरेशनका क्रममा पक्राउ पर्ने विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग) पनि रहेको खुलेको छ । नेपाल प्रहरीले बिहीबार बिहान १ बजे पक्राउ गरेका २१ जना नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू बैठक बसिरहेको अवस्थामा पक्राउ गरेको हो। ५ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले समूहको राप्ती ब्युरो बैठकमा छापा हानेको थियो । सो बैठकमा विप्लवका दाइ चन्द्र बहादुर चन्द ‘वीरजंग’सहित साविक राप्तीका पाँच जिल्लाहरु दाङ, सल्यान, प्यूठान, रोल्पा र रुकुमका इन्चार्जहरू पनि पक्राउ परेको हुनसक्ने प्रहरीको भनाइ छ।
काठमाडौँ: सन् २०२० देखि सञ्चालमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेसँगै फिनिसिङको काम सुरु भएको छ। विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणअन्तर्गतका भौतिक संरचना निर्माणको काम सकिएको छ। टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडानको काम सुरु भएको उनको भनाइ छ। सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो। सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी- जिरो एक’ अन्तर्गतका भौतिक…
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि बुधबार अबेर सुरु भएको मतदान स्थगित भएको थियो भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित भएको हो। गैर आवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको चुनावको मतदान ‘प्रविधिमा आएको समस्याको कारण असोज ३० गते (बिहीबार) बिहान १० बजेसम्मका लागि स्थगित भएको’ निर्वाचन समितिले सूचना निकालेर जनाएको छ। बुधबार राति ९ बजे निर्वाचन समितिले जारी गरेको सूचना ‘उम्मेदवार तथा मतदातामा पर्न गएको असुविधा प्रति निर्वाचन समिति क्षमाप्रार्थी छ’, सूचनामा भनिएको छ। मतदान बिहीबार बिहान १० बजे पुनः सुरु हुनेछ।
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घको विधान संशोधनमा विवाद भएको छ । मुलुकको परिवर्तित संरचनाअनुसार प्रादेशिक प्रतिनिधित्वसहित, संशोधनको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने, कार्यकाल, वस्तुगत क्षेत्रको मतभार सङ्ख्या, नयाँ बनेका जिल्ला नगर सङ्घ, तिनलाई सदस्यता दिन मापदण्ड परिमार्जन गर्नुपर्नेलगायत ३५ बुँदाका मस्यौदामा व्यवसायीले संशोधन माग गरेका छन् । महासङ्घको आगामी कात्तिक २७ गते बस्ने साधारणसभामा यस विषयमा छलफल गरी बहुमत सदस्यको भावनालाई सम्मान गरी विधान संशोधनको प्रक्रिया अगाडि बढाइने महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका तथा सरकारलाई आवश्यक परेका बेलामा आर्थिक सुझाव दिने निकायका रुपमा महासङ्घले…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ । उनलाई ज्यान मार्ने उद्योगमा जारी पक्राउ पूर्जी जारी गरिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाले पूर्जी तामेल गरेको छ । २०७४ बैशाखमा वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो । खड्काले सांसद गुरुङबिरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएका थिए ।